20140215

एसएसपी सर्वेन्द्र खनाल ३७ देशका प्रहरी अधिकृतहरुलाई उछिनेर पहिलो भए !

नेपाल मदर डट कम श्री खनाल लाई हार्दिक बधाई ज्ञापन गर्दछ ।  
 नेपाल प्रहरीका एसएसपी सर्वेन्द्र खनाल आफुले पाएको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्न सदैव सफल भएका अधिकृत हुन ।  ०६२/ ६३ को जनान्दोलन पश्चात सम्पन्न पहिलो संविधानसभाको दौरान चुनौतिपूर्ण अवस्थाको काठमाडौको प्रहरी प्रमुख हुँदा होसकि जातीय र क्षेत्रिय समस्याले चुनातीपूर्ण बनेको समयमा बारा
, धनुषा जस्ता जिल्लाका प्रहरी प्रमुख रहेको अवस्थामा उनले आफुलाई पहिलो भएको प्रमाणित गरे । यसै क्रममा विदेश स्थित तालिममा रहेका एसएसपी खनाल ३७ देशका प्रहरी अधिकृतहरुलाई उछिनेर पहिलो भएका छन । इटालीको रोममा सम्पन्न प्रहरी सम्वन्धि तालिममा विश्वका ३७ देशका सहभागी मध्य नेपालका एसएसपी खनाल प्रथम भएका छन । प्रहरी अधिकृतहरुको वृति विकासको निम्ति संचालित उक्त तालिममा सहभागी देशहरुका अन्य अधिकृतहरु भन्दा आफुलाई अव्वल सावित गर्न सफल भएर एसएसपी खनालले नेपाल प्रहरीको मात्रै हैन समग्र नेपालकै गौरव राखेका छन । उनको योगदानको उचित मुल्यांकन होस , प्रहरी संगठनका केहि सिमित अधिकृतहरुको क्षमता उपयोग गरेर मात्रै सुरक्षा चुनौतिको समाधान खोज्ने वा खोज्नुपर्ने अवस्थाको अन्त्य होस, जनताले प्रहरी संगठनका केहि सिमित सदस्यहरुलाई देख्दा मात्रै सुरक्षित महसुस गर्ने वर्तमानको विडम्वना अन्त्य होस । देशको जुनसुकै कुनामा पनि प्रहरीको उपस्थितिले जनतालाई सुरक्षित महसुस गराउन सक्ने वातावरण निर्माणमा सवैको ध्यान पुगोस ।  एसएसपी खनाल प्रहरी संगठनप्रति जनताको अपेक्षालाइ पुरा गराउन सफलनै भएका छन । पछिल्लो अवस्थामा नारायणी अञ्चल प्रहरी प्रमुखको रुपमा उनले गरेका कार्यहरुको त स्थानीय जनता र नेपाली संचार माध्यमले मात्रै हैन भारतीय संचार माध्यमले समेत तारिफ गरेका छन ।

1 comment:

  1. नेपाल प्रहरीको इतिहासमा उदाउँदो तारा देखिईसकेको छ /
    तपाईको यो सफलताले संधै सगरमाथा चुमिरहने छ //

    अपराधको दुनियामा रमाउनेहरुलाई भुइचालो गइसकेको छ /
    साढे तिन करोड नेपालीको मन मस्तिष्कले सर्बेन्द्र सम्झीरहने छ //

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक