
आप्mनो मन्तव्य दिनुहु“दै अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतले साहित्य, कला, संस्कृतिमा अमेरिकाको बाल्टिमोर क्षेत्र निकै अगाडि रहेको अब नेपालीहरु अमेरिकी राजनीतितर्पm पनि संलग्न हुन थालेको कुरा बताउनु भयो । कार्यक्रममा स्वागत मन्तव्य दिनुहु“दै डा. श्याम कार्कीले अनेसासजस्तो साहित्यप्रति समर्पित संस्थाले नेपालीद्वारा अन्य भाषामा लेखिएका साहित्यलाई पनि खोजी गर्नुपर्ने साथै नेपाली साहित्यको व्यापक रुपमा अनुवाद हुनुपर्नेमा जोड दि“दै त्यसका लागि आवश्यक सहयोग गर्न आपूm तयार रहेको कुरा बताउनु भयो ।
अनेसासका संस्थापक अध्यक्ष एवं बोर्ड अफ ट्रस्टीका अध्यक्ष होमनाथ सुवेदीले प्रजातान्त्रिक पद्धतिबाट अनेसासको निर्वाचन प्रक्रियामा सहभागी भई निर्वाचन सम्पन्न गर्न डायस्पोरा र मातृभूमिमा रहेका सबै साहित्यकारलाई आग्रह गर्नुभयो । सुबेदीले लेखेको हालै प्रकाशित "नेपाली लोक कथाको परम ्परामा छन्त्याल लोक कथाको अध् ययन" पुस्तक देखाएर भन्नुभयो : यो अनेसासले नेपाल अरु जनजातीय भाषाको पनि सेवा गर्छ भन्ने कुराको प्रमाण हो। साथै उहाले अनेसास केन्द्रको निर्वाचन नजीक आएको छ यसमा मतदाता सुची , लेखा र आचार संहितामा परिमार्जन तथा भानु स्मारक भवन जुन अनेसासको कार्यालय हो त्यसको व्यवस्था गर्न ट्रस्टको स्थापना र सालिकको स्थापना गर्न बिधिविधानको आबश्यकता भएको र यसमा बाल्टिमोरमै श्याम कार्की जस्ता अनुभवी ट्रस्टी र सलाहकार भएकोले तपाइँहरू बाल्टिमोरबाट सुझाउ र क्रियाकलापमा सघाउ पुरौनुहुनेछ भन्नु भयो। उहाले नेपालको सस्कृति मन्त्रालयले गठन गरेको अनेरिकाको भानु द्वीशत बार्शिकी मनाउने समितलाई सहयोग गर्ने र स्वयम् पनि हरेक सस्थाले यो कार्यर्क्रममा सक्रियता देखाउन अनुरोध गर्नु भयो।
सो अवसरमा नेपालबाट आएका ईश्वरी गौतम, सावित्री अधिकारीलगायत इ.नेपलिज् डट् कमका सम्पादक विश्वराज थापा, प्रा. भीम कट्टेल र लेखक गुणराज लुइटेललाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा कविता वाचन गर्नुहुनुहुनेहरुमा पुरु सुवेदी, पारसमणि श्रेष्ठ, सूर्याेदय तिम्सिना, कल्पना सुवेदी, विमला निरौला, मोहन निरौला, भीम कट्टेल, ईश्वरी गौतम, सावित्री अधिकारी, श्याम कार्की र प्रकाश नेपाल हुनुहुन्थ्यो भने डी.बी. भण्डारी, चन्द्र विश्वकर्मा, अर्जुन हमालले पनि आप्mना विचार राख्नुभएको थियो ।
सोही अवसरमा प्रिया सुवेदीले सञ्चालन गरेको बालकविता गोष्ठीमा आलोक सुवेदी, विवेचना निरौला, कविता सुवेदी, आकाश सुवेदी र प्रिया सुवेदीले आआप्mना रचना वाचन गरेका थिए । - गुणराज लुइटेल
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक