20140404

आफूहरुलाई अन्तराष्ट्रिय अदालतमा पुर्‍याएर कारबाही गर्ने षड्यन्त्र भइरहेको भन्दै प्रचण्डले दिए अदालतलाई चेतावनी !

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले द्वन्द्वकालका मुद्दाहरुमा ‘सुपर पावर’ प्रयोग नगर्न अदालतलाई चेतावनी दिएका छन् । सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग बनाउने कुरामा अलिकति पनि गल्ती गर्‍यो भने संविधान निर्माण प्रक्रिया प्रभावित हुने र संविधानसभाबाट संविधान नै नबन्ने ग्यारेन्टी हुने खतरा रहेको उनले बताए । शुक्रबार कीर्तिपुरमा अखिल क्रान्तिकारीको १९ औं राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै प्रचण्डले चेतावनी पूर्ण भाषामा भने-’हाम्रा अदालतहरुले देउताको अदालत जस्तो बनेर काम गर्न थाले भने यो देश फेरि एउटा ठूलो द्वन्द्वमा जाने खतरा छ ।’ अदालत, सरकार, राजनीतिक पार्टी सबै १२ बुँदे समझदारी, अन्तरिम संविधान, शान्ति सम्झौताद्वारा निर्देशित रहेको भन्दै उनले भने-’यदि त्यो भन्दा बाहिर गएर कसैले निर्णय गर्न खोज्यो । कोही राजनीतिक नेतृत्वले त्यसो गर्न खोज्यो वा कुनै अदालतले त्यस्तो सुपर पावर प्रयोग गर्न खोज्यो वा कुनै तत्वले खोज्यो भने नेपाली समाज निकै ठूलो द्वन्द्वमा जाने खतरा छ ।’ आफूहरुलाई अन्तराष्ट्रिय अदालतमा पुर्‍याएर कारबाही गर्ने षड्यन्त्र भइरहेको भन्दै उनले भने-’हिजो माओवादी आन्दोलनका नेताहरुको टाउकोको मूल्य तोक्ने मान्छेहरु अहिले पनि टाउकै खोजिरहेका छन् । टाउको काट्न खोजेका छन् यो कुरा हामीले बिर्सियौं भने इतिहासमा हामीबाट ठूलो भूल हुने खतरा छ ।’ संख्यात्मक रुपमा कम भएपनि आफूहरु संविधान निर्माणमा प्रतिवद्ध रहेको उनले बताए । मजदुर, किसन,
महिला, मधेसीसँगको सम्वन्ध कमजोर भएको स्वीकार गर्दै माओवादी अध्यक्ष प्रचण्डले भने-’हामी अलिकति फटाहहरुसँग दलालहरुसँग नोकरशाहहरुसँग समान्तहरुसँग उठबस हिडडुल गर्दा हामी सिंहको बच्चा भएपनि विस्तारै भेडो जस्तो भयौं । गम्भीर गल्ती भयो ।’ प्रचण्डले यसो भनिरहँदा समारोहमा सहभागीहरुले ताली पिटेका थिए । अध्यक्ष भएका नाताले आफूले जिम्मेवारी लिने भन्दै उनले केन्द्रीय कार्यलयका नेताहरुले पनि सोपानक्रम अनुसार जिम्मा लिनु पर्ने बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक