20140425

माधवकुमार नेपालले १५ वर्षसम्म प्रमुख भएर पार्टी सञ्चालन गरिसकेकाले पुनः उहाँ पार्टी प्रमुख हुने चाहना राख्नुुहुन्न : केपी शर्मा ओली

नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीको आसन्न नवौं महाधिवेशनमा पार्टी शब्दमा मात्र नभई व्यवहारमैै सशक्त र एकताबद्ध हुने बताउनुभएको छ । युवा संघ नेपालको केन्द्रीय अभियानको बिहीवार उद्घाटन गर्दै उहाँले अहिले पार्टीमा शाब्दिक रुपमा मात्र एकताको कुरा चले पनि नवौं महाधिवेशनपछि पार्टी व्यावहारिक रुपमैै एकढिक्का भएर अगाडि बढ्ने बताउनुभयो । ‘माधवकुमार नेपालले १५ वर्षसम्म प्रमुख भएर पार्टी सञ्चालन गरिसकेकाले पुनः उहाँ पार्टी प्रमुख हुने चाहना राख्नुु हुन्न’ उहाँले भन्नुभयो –‘उहाँको इच्छा के छ मैले बुझ्न पाएको छैन, नेपाल आफैं नेतृत्वमा आउन नचाहेको , केही व्यक्तिले उहाँलाई नेतृत्वमा ल्याउने प्रयास गरेका छन् । जनताको बहुदलीय जनवाद गतिशील सिद्धान्त भएको भन्दै जबजको बारेमा नक्कली वैचारिक बहस गर्नुको कुनै अर्थ नभएको उहाँको टिप्पणी छ । पार्टीको नवौं महाधिवेशनपछि नेकपा (एमाले) नेपालका सबै कम्युनिष्ट पार्टीको केन्द्र बन्ने दावी गर्दैै उहाँले त्यसपछि एमाले अहिलेको भन्दा गतिशील सिद्धान्तसहित अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । नेकपा एमालेका सचिव शंकर पोखरेलले
पार्टीको आसन्न नवौं महाधिवेशनपछि पार्टी वैचारिक र व्यावहारिक रुपमा एकताबद्ध हुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नुभयो । युवा संघ उत्पादन र निर्माणमा लाग्नु सकारात्मक भएको भन्दै अबका युवा व्यावसायिक बन्नुपर्ने आवश्यकता औंल्याउनुुभयो । पार्टीका केन्द्रीय सदस्य एवं युवा फाँट प्रमुख शेरबहादुर तामाङले एमालेको नवौं महाधिवेशनपछि एमाओवादी लगायतका कम्युनिष्ट पार्टी क्रमिक रुपमा खुम्चिदै जाने दावी गर्नुुभयो । युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले संघले अब संगठन सुदृढीकरण, रचनात्मक, व्यावसायिक, जनसरोकारका विषयलाई वकालत गर्ने र कार्यकर्तालाई वैचारिक रुपमा सशक्त बनाउँदै लैजाने बताउनुभयो ।
सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य भीमप्रसाद आचार्यले पार्टीको आगामी महाधिवेशनबाट बर्तमान अध्यक्ष झलनाथ खनाल नै सर्वसम्मत वन्ने दावी गर्नुभएको छ ।
नेकपा एमालेलाई संविधानसभा निर्वाचनमा दोस्रो ठूलो पार्टी बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने खनालको नेतृत्व अझै आवश्यक रहेको उहाँको तर्क थियो । “बरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओलीवीच प्रतिस्पर्धा छ” रिपोर्टर्स क्लबले वुधवार आयोजना गरेको साक्षात्कारमा मन्त्री आचार्यले भन्नुभयो, “उहाँहरुवीच सहमति हुननसके खनाल नै सर्वसम्मत अध्यक्ष बन्नुहुनेछ ।”
मन्त्री आचार्यले सरकारले क्यासिनो सञ्चालकहरुबाट जसरी पनि बक्यौता रकम असुल गर्ने दावी गर्नुभयो । “बारम्बार अवसर दिंदा समेत अटेर गर्दै रोयल्टी नतिरी बन्द गर्ने क्यासिनो सञ्चालकवाट सरकारले जसरी पनि रकम अशुल्छ,” उहाँले भन्नुभयो, “एक साताभित्र बक्यौता नबुझाए कानूनी प्रक्रियाबाट असुल उपर गर्ने प्र्रक्रिया थाल्छौं ।”
सरकार क्यासिनो बन्द गर्ने सोचमा नरहेको स्पष्ट पार्दै मन्त्री आचार्यले पुराना सञ्चालकहरु वाहिरिए नयाँ सञ्चालकहरुलाई आब्हान गरी व्यवस्थित रुपमा क्यासिनो पुनः सञ्चालनमा ल्याइने वताउनुभयो ।
हिम पहिरोका कारण पाँच दिनको लागि मात्रै आरोहण बन्द गरेको जानकारी दिदै उहाँले राष्ट्रको गौरव सगरमाथा आरोहण नरोकिने स्पष्ट पारे । मन्त्री आचार्यले आरोहणको क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई तीन लाखवाट वढाएर सरकारले पाँच लाख र वीमाले १० लाख रुपिया क्षतिपूर्ति सहित आरोहरणको क्रममा मारिएकाको परिवारको शिक्षा र भरण पोषणको ब्यवस्था सरकारले गर्ने जानकारी पनि दिनुभयो ।
पर्यटन बोर्डको रिक्त कार्यकारी निर्देशक छिट्टै नियूक्त गर्ने प्रतिबद्धता ब्यक्त गर्दै उहाँले आवेदक १२ जना मध्येबाट नियुक्ति गरिने बताउनुभयो । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक