20140622

लोक गायनमा भिजेका थानेश्वर अब आधुनिक गायनमा पनि जम्न थाले !

‘दिल दिन्छु भन्नेले दिल चिरा पारी
माया दिन्छु भन्नेले माया नै मारी
जुनी दिन्छु भन्नेले जोगी बनाई
ज्यानै दिन्छु भन्नेले खुत्रुक्कै पारी
यहाँ यस्तै हुन्छन् प्यारी..’

चर्चित लोक–आधुनिक गायक थानेश्वर गौतमको स्वरमा सजिएको यो गीतको यतिबेला अमेरीकामा भिडियो तयार हुँदैछ । अमेरीकास्थित नेपाली कोरियोग्राफर सविना ढकालले भिडियो तयार गर्दैछिन् । यो गीतसँगै गायक थानेश्वरको साँगीतिक उडानले नयाँ क्षितिज नाप्नेछ । लोक गायनमा भिजेका थानेश्वर अब आधुनिक
गायनमा पनि जम्न थालेको यसबाट स्पष्ट हुन्छ । त्यसैले त उनले हालै गाएका छन,
‘छुट्टै मजा छ साथी 
छलेर पिउन पाए’
कोही गायक आधुनिक गायनमा पोख्त हुन्छन् । कोही लोक त कोही पपमा । थानेश्वर गौतमको कुरा बेग्लै छ । उनी आधुनिक र लोक दुबै उत्तिकै मिठो गाउँछन् । सँगीतमा मास्टर्स डिग्री गरेका थानेश्वरको स्वरमा सजिएको गित ‘गाजल लगाइनछौ’ले लाखौं श्रोताको मन जितेपछि उनी हौसिएका छन् । अब उनी आफ्नो नयाँ एल्बमको तयारीमा जुटेका छन् ।
बागलुङको काँडेबास गाविस वडा नम्बर ५ ज्यामीरेमा जन्मिएका थानेश्वर गौतम १२ वर्षको कलिलो उमेरदेखी नै गायनमा भिजेका हुन । आमा विष्णुकुमारी र छविलाल गौतमका छोरा थानेश्वर सँगीत क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भएका छन् ।
उनलाई सानैदेखि संगीतमा रुची थियो । संगीत विषय पढ्न काठमाडौं छिरे । कठोर साधना र संघर्षपछि आखिर उनले लक्ष्य फेला पारेका छन् । त्रिभुवन विश्व विद्यालयको पहिलो व्याचमा संगीत विषयमा स्नातकोत्तर पास गरिसकेका थानेश्वर आफै गीत लेख्छन्, संगीत भर्छन् र गाउँछन् । उनले आधुनिक,
गजल, लोक, पप, भजन, बालगीत सबै प्रकारका गीतमा संगीत दिएका छन् । भर्सटायल गायक थानेश्वरको व्यवसायीक गायन यात्रा भने २०५८ सालबाट सुरु भएको हो । हालसम्म उनले तिन दर्जनभन्दा बढी गित गाइसकेका छन् ।
पहिलो एल्बम ‘सोधौं कसलाई’ बजारमा ल्याएपछि चर्चामा आएका थानेश्वरले आफ्नी स्वर्गवासी आमाको स्मृतीमा ‘मलाई जन्म दिने मेरी आमा महान्’बोलको गीत श्रोतामाझ ल्याइसकेका छन् । उनले ‘कान्छी सोल्टीनी’बाट गायन थालेका हुन । हालसम्म ‘सोल्टी सिंगापुर’, ‘ख्यालख्यालैमा’, ‘नाकैमा फुली ए मेरी ठुली’, ‘बाटो बन्द भो’, ‘कृष्ण बृन्दाबनैमा’, ‘आमा’, ‘सिन्दुर लाउनी हौली’, ‘सालैजो’लगायतका गीत गाइसकेका छन् । गौतम र लिला बुढाथोकीको स्वरमा रहेको ‘सालैजो’ले गएको वर्षको इमेज अवार्डसमा सर्वोत्कृष्ट दोहोरी गीतको पुरस्कार पाइसकेको छ । थानेश्वरकै एकल संगीतमा बाल गायीका साम्राज्ञी मल्लको स्वरमा फरक शैलीको एल्बम पनि बजारमा आउँदैछ ।
गत वर्ष बजारमा आएको गीत ‘गाजल लजाइनछौ’बाट भने थानेश्वरले आफुलाई आधुनिक गायनमा पनि उस्तै माझिएको गायकका रुपमा स्थापीत गरेका छन् । आलोक नेम्वाङले निर्देशन गरेको उक्त गितको भिडियो विश्वभरका नेपालीमाझ मात्र हैन, भारतीय श्रोतामाझसमेत हिट रह्यो । सोही कारण उनले केही हिन्दी गित पनि गाउने मौका पाएका छन् । पुरु लम्सालले लेखेको यो गीतको चर्चापछि थानेश्वरले हालै अर्को गित बजारमा ल्याएका छन् । पत्रकार कुसुम भट्टराईको शब्द र सँगीत रहेको गित ‘यहाँ यस्तै हुन्छन् प्यारी’को अमेरीकामा म्युजिक भिडियो तयार भइरहेको र केही सातामै प्रदर्शनमा आउने थानेश्वरले बताए ।
के भन्छन् थानेश्वर ?
गायक थानेश्वर आफ्नो सँगीत अनुरागबारे यसो भन्छन्, ‘जन्मदेखी नै मेरो रगतमा सँगीत मिसिएको हुनुपर्छ । सानैदेखी मलाई गीत गाउन निकै मनपथ्र्यो । अहिले त सँगीत बिना म बाँच्नै नसक्ने भइसकेको छु । जुनसुकै कुरामा पनि संघर्ष गर्नुपर्छ । सँगीतमा लाग्दा मैले धेरै संघर्ष गर्नुप¥यो । सफलता पाउन संघर्ष आवश्यक छ । तर सँगीतलाई पैसा कमाउने भाँडो बनाउनु हुँदैन । सँगीतको पुजा पो गर्नुपर्छ । यसलाई हामीले माया गर्न जान्यौं भने पैसा त आफै बर्षिन्छ । साधना, मेहनत र लगन भएमा सँगीतबाट बाँच्न सकिन्छ । गाजल लगाइनछौ श्रृंगारीक खालको गजल हो भने अब आउने ‘प्यारी’ बियोगपछिको स्वीकारोक्ती भावमा आधारित गजल हो । आधुनिक शैलीमा शास्त्रीय राग मिश्रीत गजल गाउन मलाई मनपर्छ । अब सँगीतमै आफुलाई समर्पित गरेको छु । मेरो लागि श्रोताको माया सबैभन्दा अमुल्य धन हो ।’ 
-Ratopati

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक