20140610

सहमति जुटन नसक्दा १६ गते सुरु भएको संसद बैठक सातौ पटक अबरुद्ध भएर बुधवार सम्मका लागि स्थगित !

नेतृत्व सम्बन्धी विबादका कारण व्यबस्थापिका संसदको बैठक सातौ पटक पनि अबरुद्ध रहयो । संविधानसभा निर्वाचन लगत्तै भएको चारबुदे सहमति अनुसार उच्चस्तरिय राजनीतिक संयन्त्र गठन गर्नुपर्ने र त्यसको नेतृत्व आफैले पाउनु पर्ने एमाओवादीको जिद्दीका कारण संसद गतिरोध लम्बिएको हो । संविधान निर्माणका क्रममा संविधानसभा बाहिर रहेका दललाइ समेत विश्वासमा ल्याउन सक्र्ने सामर्थवान नेता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मात्र रहेको जीकिर सहित माओवादीले संयन्त्रको स्थाइ नेतृत्व दावी गरको छ । ‘गिरिजाप्रसाद कोइरालाको निधनपछि त्यो स्तरको नेतृत्व गर्ने क्षमता प्रचण्डजीमा छ, त्यसैले हामीले प्रचण्डलाइ नै अध्यक्ष बनाउन प्रस्ताव गरेका हौ, एमाओवादी मुख्य सचेतक गिरिराजमणि पोखरेलले भने–विकल्पमा मधेशवादी दलका नेतालाइ सहमत गर्न सकिन्छ ।’ नेपाली कागे्रस र नेकपा एमालेले भने प्रचण्डलाइ संयन्त्रको स्थाइ नेतृत्व दिन नसकिने बताएका छन् । ‘रोटेशनमा नेतृत्व गर्नु उपयुक्त हुन्छ, कागे्रस सभासद रमेश लेखकले भने–प्रचण्डलाइ स्थाइ नेतृत्व दिनेकुरा संभव छैन ।’ माओवादीलाइ नेतृत्व दिने बिषयमा कागे्रस लचिलो भएपनि एमाले लचिलो बनेको छैन । संयन्त्रको नेतृत्व विपक्षीलाइ दिन एमाले सकारात्मक
नबन्दा गतिरोध लम्बिएको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद रामजनम चौधरीले बताए । ‘एमाले भीत्रको महाधिवेशनको रिफ्लेक्सन पनि देखिएको छ, पोखरेलले भने–कागे्रस लचिलो छ ।’ कागे्रस एमालेले भने प्रचण्डलाइ संयन्त्रको नेतृत्व दिदा संविधानसभाको राजनीतिक संवाद समितिको औचित्य सकिने र प्रचण्ड हावी हुने खतरा रहेको बताउछन् । ‘उनिहरु (माओवादी÷मधेशवादी)दलले आफू अनुकुल भएन भने संविधान रोक्ने खतरा रहन्छ, सत्तारुढ दलका एक नेताले भने–माओवादी नियतमा प्रष्ट खोट देखिन्छ ।’ सहमति जुटन नसक्दा १६ गते सुरु भएको संसद बैठक सातौ पटक अबरुद्ध भएर बुधवार सम्मका लागि स्थगित भएको छ । ससंद अबरुद्ध हुदा गणतन्त्र स्थापनापछि संसदमा पहिलो पटक प्रिबजेट छलफल गर्ने कार्यक्रम समेत प्रभावित भएको छ । ‘हामी प्रिबजेट छलफलका बिरोधी होइनौ, पोखरेलले भने–हामीहरुका माग संविधन बनाउने संग सम्बन्धीत छ ।’ आफूलाइ नेतृत्व नदिइए मधेशी दलका नेतालाइ संयन्त्रको अध्यक्ष बनाउने प्रचण्डको मनसाय छ । प्रचण्डको महत्वकाक्षाका कारण नै संसद गतिरोध लम्बिएको देखिएको छ, सतहमा तपशिलका कुरा देखिएपनि ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक