20140728

बोको हरामले क्यामरुनका उपप्रधानमन्त्री आमादोअ अलीकी पत्नीलाई अपहरण गरे

नाइजेरियाका चरमपन्थी संगठन बोको हरामले क्यामरुनका उपप्रधानमन्त्री आमादोअ अलीकी पत्नीलाई अपहरण गरेको छ । बोको हरामले अलीका पत्नीलाई उत्तरी शहर कोलोफाताबाट अपहरण गरेको नाइजेरियाली सेनाले जनाएको छ । घरमा आक्रमण गरेर बोको हरामले कार्यकर्ताले क्यामरुनका उपप्रधानमन्त्री पत्नी र घरमा काम गर्नेलाई लगेको सूचनामन्त्री इस्सा चिरोमाले बताएका छन् । अली भने आक्रमणबाट बचेर भाग्न सफल भएका छन् । बोको हरामले पछिल्लो दिनमा क्यामरुनको सीमामा प्रवेश गरेर चरपन्थी आक्रमण बढाएको छ । साथै विदेशी नागरिकहरुलाई अपरहण गर्ने गरेको बीबीसीले जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक