20140814

संसदमा लोकको अपमान, गुण्डाको वकालत !

- राजन कार्की (अतिथि सम्पादक - नेपाल मदर डट कम, प्रधान सम्पादक - गोरखा एक्सप्रेस साप्ताहिक)     

जनयुद्धले दशक लामो आतंक फैलायो, सबैभन्दा पीडित लोक बने । जनआन्दोलनमा लोक मारिए, अवसर मिल्यो नेताहरुलाई । यिनै नेताहरुले सुशासनको आश्वासन दिएर जनतालाई यसरी भ्रमित पारिरहेका छन् कि यिनीहरु त डन पालेर लोकतन्त्रलाई मजाक पो बनाइरहेका रहेछन् । दिनेश अधिकारी चरी वारेण्टेड अपराधी थियो । दोहोरो भिडन्तमा मारिनासाथ संसदमा हल्लाखल्ला भयो । एमाले सभासदहरु राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, गुरुप्रसाद बर्ुलाकोटी र धनबहादुर घलेले संसदमा चरीलाई मारेर फालिएको हो, इनकाउण्टर नाटकमात्र हो भनेर ठोकुवा गरे । सरकारका गृहमन्त्री इन्काउन्टर नै हो भनिरहेका छन्, गृहमन्त्री वामदेवकै पार्टर्ीी अध्यक्ष र सभासदहरु मान्न तैयार छैनन् । नमान्ने भए प्रमाण दिनु, राज्यलाई अविश्वास गर्ने भए त्यो पार्टर्ीीरकारमा किन टा“स्सिरहेको छ - अर्थात् संसद डनको चर्चामा समय खर्च गरिरहेको छ, डनमय बनेको छ । सिन्धुपाल्चोकमा पहिरो जा“दा जुरे र मान्मा दर्ुइ गाउ“लाई मसानघाट बनाइदियो । रामेछाप, दोलखातिर पहिरो गएर व्यापक धनजनको क्षति भइरहेको छ । कालिकोट, अछाम, जाजरकोटतिर चामल
नभएर भोकमरी सुरु भइसक्यो । ती जीवन बा“च्न छटपटाएका लोकप्रति संसदमा कुनै जरुरी प्रस्ताव कुनै सभासदले ल्याउन सक्दैन, ती जनताको राहतका लागि सरकारलाई कुनै सभासदले घचघच्याउ“दैन । चरी मारिएकोमो एमालेका सभासदहरु संसदीय छानबिन समितिको माग गरिरहेका छन्, नभए संसद चल्न दिइन्न भनेर धम्क्याइरहेका छन् । यो लोकतन्त्र हो कि गुण्डातन्त्र - सायद राजनीतिका नाममा गुण्डातन्त्र चलिरहेको छ । त्यसैले एमालेकै नेतृ रामकुमारी झा“क्री भन्छिन्- ' भोलि चक्रे मिलन मारिए अर्को एमाले समूहले र गणेश लामा मारिए विजय गच्छदारले संसदीय छानबिन माग गर्ने - पर्सर्ीीुमार घैंटेलाई केही भयो भने कांग्रेसले संसद अवरुद्ध पार्ने - संसदमा गुण्डालाई लिएर चिन्ता गर्ने कि लोकका बारेमा - गुण्डालाई यसैगरी वैधानिकता दिने र राजनीतिक संरक्षण्ँ गर्दै जाने हो भने हाम्रो राज्य कस्तो हुन्छ - चुनावमा आफूलाई पैसा उठाएर सहयोग गरेको छ भने मृतकका परिवारलाई भेटेर सामान्य सहानुभूति जनाउनु । तर, सदनमै हंगामा गर्नुचाहि“ चित्तबुझदो कार्य होइन । डनलाई यसैगरी संरक्षण्ँ गर्ने हो भने पार्टर्ीीे आधारभूमि के हो - मलाई त लाज लाग्यो ।' झा“क्रीलर्ँइ लाज लागेर के गर्नु, उनको पार्टर्ीीध्यक्ष केपी ओलीलाई लाज लागेन - संसदमा एमाले सभासदहरु र सरकारमा सामेल भएका एमाले मन्त्रीहरुलाई लाज लागेन - डनको पाल्न सकिएन भने नेता हुन सकिन्न, शक्तिशाली बन्न सकिन्न भन्ने मनोग्रन्थी कसरी विकास भएछ भने यो लोकतन्त्र आयो भनेको त लोकतन्त्रको आवरणमा डनतन्त्रले पो संस्थागत विकास गरिसकेछ । किन बन्नुपर्‍यो संविधान - संविधान बनेपछि बिधिमा चल्नुपर्ला, संविधान नबन्दा तीन पार्टर्ीीमल्यो, भागशान्ति जयनेपाल गर्‍यो । त्यही नै संविधान भइहाल्यो नि । तीन पार्टर्ीीे डनतन्त्रले नेपाललाई खोरिया बनाएर छाडिदिने भयो । २०६३ साल वैशाख ११ गते राजाले के संसद पुनर्स्थापना गरिदिएका थिए, ठूला दललाई पञ्जाछाप दिएजस्तो भएछ । माकुराले पहिले आफ्नै आमाबाबुलाई खान्छ भनेझैं राजनीतिक दलहरुले हिन्दू धर्म खाए, देशलाई चर्चमय बनाइदिए । राजा खाए, देशलाई गुण्डाराज बनाइदिए । अराजक पारिदिए, देशलाई अस्थिरताको बाढीमा हुलिदिए । राजनीतिक पहिरो गएर देश विपदमा छ । विपद व्यवस्थापन गर्नसक्ने व्यवस्थापक डनको छाया“मा गुडुल्किरहेका छन् । पहिलो संविधानसभाले चारवर्षा पनि एउटा संविधान किन लेख्न सकेन - यसको कारण राजनीतिक दलहरुको डन प्रवृत्ति हो । दोस्रो संविधानसभाले आगामी माघ ८ गते संविधान जारी गर्नेछ भनिएको छ । कसरी गर्छ संविधान जारी - डनको पछि लाग्दैमा र डन मरेकोमा आ“सु बगाएर रु“दैमा सभासदहरुलाई फर्ुसद छैन । सभासद बिक्री गर्ने पार्टर्ीीेताहरुले संविधान लेख्छन् कि संविधानमा लेखनमा पनि मुनाफा खोजिरहेका छन् - यसबारेमा ठूलै आशंका उठिसकेको छ । यही आशंकाका कारणले पनि संविधानसभाले संविधान लेख्छ र जारी गर्छ भन्न सकिन्न । भारतका प्रधानमन्त्री नेपाल आउ“दा कूटनीतिक चातर्ुयता देखाउन नसक्ने, नेपाली एकता छ भनेर एउटै राष्ट्रिय एजेन्डाहरु अगाडि र्सार्न नसक्नेहरु बामपुड्के बनेर अननय गरिरहेका थिए । मोदी नेपाललाई र्सार्वभौम भनिरहेका थिए, हाम्रा सभासदहरु टेबुल ठोकेर 'मोदी महाज्ञान पाइयो' भन्ने शैलीमा दङ्ग परिरहेका थिए । यी कतिसम्म अज्ञानी रहेछन् भने भारत दर्ुइसय वर्षअंग्रेजको गुलाम बनेर १९४७ मा मात्र स्वतन्त्र भएको हो, नेपाल सदैव स्वतन्त्र रहेको सामान्य ज्ञानसमेत यिनलाई थाहा रहेनछ । मोदीले सम्झाइदिनुपर्‍यो कि भारतको स्वतन्त्रतामा नेपालीको रगत बगेको छ । त्यही रगतको वास्ता दिएर नेपालले आफ्ना सकसहरु, आफ्ना समस्याहरु, आफूमाथि भएको भारतीय हस्तक्षेप र अतिक्रमणहरुको निदान खोज्न सक्थ्यो । तर, मोदीको कर्ुदाको फेरसम्म पुगेर फोटो खिचाउने लालचमा सरकार र सभासद, पार्टर्ीी नेताहरुले अवसर गुमाए । मौका गुमाउने र फर्ुसदमा पछुताउने नेपाली राजनीतिक नेताहरुको पुरानै बानी हो, त्यही दोहोरियो । मोदी गए, मोदीले नेपालीको मन जितेर गए, मष्तिष्कलाई झकझक्याएर गए । कुकुरको पुच्छर बाह्र वर्षढुंग्रोमा हाले पनि जस्ताको तस्तै भनेझैं हाम्रा लोकनेताहरु उही भाग शान्ति जय नेपालतिर लागिहाले । ऋषि मन लिएर संविधान बनाउनोस् भनेर मोदी गए, हाम्रा नेताहरु अपराधी मन लिएर अपराधको वकालत गर्न थालिहाले । लोक, लोकतन्त्र र देशको वकालत गर्ने पहिलो कर्तव्य हो भन्ने यिनले बिर्सिहाले । संविधान निमर्ँणमा जुटेको संसदमा 'डन चरी'को चिरविराहट पो सुनियो । आगोको भुङ्ग्रोजस्तो बनेको मुलुकलाई कसरी शान्ति र सुव्यवस्था दिने, सुशासनलाई संस्थागत गर्ने भन्ने बहस गर्नुपर्ने थलोमा गुण्डाको पक्ष लिएर राज्यलाई अपमानित गर्ने कार्यको पो थालनी भयो । निश्चय नै, गुण्डा पनि गैरकानुनी रुपमा मारिनु हुन्न । दण्डहीनताले प्रश्रय पाउनै हुन्न । प्रश्न छ, गुण्डा जन्माउने को, पाल्ने को - संरक्षण दिने को - राजनीतिक दलहरुले गुण्डालाई काखी नच्यापेको भए चरी उहिल्यै सद्मार्गमा लागिसकेको हुनेथियो, अन्य गुण्डाहरु सामाजिकीकरण भइसकेका हुने थिए । तर, गुण्डा आतंक बढेकै छ । शुद्धिकरण अभियानमा जुटेका एउटा प्रहरी अधिकृत रमेश खरेललाई डनकै दबाबमा सहन गर्न नसक्ने र राजनीतिक बर्गले गैरन्यायिक हत्याको फर्ूर्ति लाउनुको अर्थ छ र - संसदमा डनको पक्ष लिएर सरकारस“ग, सभामुखस“ग दोहोरी खेल्न कस्सिने सभासदहरु संविधान लेख्न, जारी गर्न र बिधिको शासन बसाल्न किन नौनाडी गलाएर उदासीन भइरहेका छन् - यसको अर्थ साधारण छ, सभासदहरु तत्कालको लाभ खोजिरहेका छन्, यिनलाई मुलुकको सुदूरभविष्यस“ग कुनै मतलव नै छैन । मुलुक सोच्नेले डनको पक्ष लिदैन । मुलुक सोच्नेले दिनहु“ दर्ुइ हजारका दरले विदेशीएका युवाहरुको लर्को रोक्ने उपाय खोज्थे । मुलुक सोच्नेले सुशासनका पक्षमा उभिने साहस गर्थे । मुलुक सोच्नेले मुलुकवासीको हाहाकार, आपतमा साथ दिन पुग्थे । त्यसकारण यो संसद, यी सभासदहरु 'खन्चुवा' हुन्, फाइदा हुन्छ भने कूफत हुने कूफल पनि खान बेर लाउ“दैनन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक