20140803

वाह प्रधानमन्त्री होस् वा नेता नरेन्द्र मोदी जस्तो ! जसले जे सुकै भनोस मोदी वास्तविक राजनेता र भिजन भएका नेता, महान नेता रहेछन भन्ने आज फेरी साबित गरे, हेर्नुस् सँसदमा उनको सम्बोधनको पुरा भिडियो !

नेपालका नेताहरुले मोदिबाट केही सिक्न सके कस्तो हुन्थ्यो होला हगी !
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको धर्मपुत्रका रुपमा उनीसँगै रहँदै आएका नेपाली युवक जीतबहादुर मगरलाई मोदीले उनका परिवारसँग पुनर्मिलन गराइदिएका छन् । इन्डियन एयरफोर्सको विशेष विमानमा जीतबहादुरलाई पनि आफूसँगै लिएर आएका मोदीले उनका परिवारलाई जीतबहादुरसँग मिलन गराइदिएका हुन् । 
मोदीको धर्मपुत्रका रुपमा उनीसँगै रहँदै आएका नेपाली युवक जीतबहादुर मगरलाई मोदीले उनका परिवारसँग पुनर्मिलन गराइदिएका छन् । इन्डियन एयरफोर्सको विशेष विमानमा जीतबहादुरलाई पनि आफूसँगै लिएर आएका मोदीले उनका परिवारलाई जीतबहादुरसँग मिलन गराइदिएका हुन् । भिडियो दश वर्षकै उमेरमा
नवलपरासीस्थित आफ्नो घर छाडेर हिँडेका जीतबहादुर बेवारिसे अवस्थामा अहमदावादमा एक मनकारीले भेटेर तत्कालीन गुजरातका मुख्यमन्त्री मोदीसमक्ष पुर्‍याएका थिए । मोदीले जीतबहादुरलाई आफ्नो परिवारको सदस्यका रुपमा पालनपोषण र रेखदेखमात्र गराएनन्, उच्च शिक्षासमेत दिलाए । तिनै जीतबहादुरको परिवारसँग सम्पर्क स्थापित भएपछि उनले जीतवहादुरसँग पुनर्मिलन गराउने घोषणा नै गरेका थिए । जीतबहादुरलाई भेट्न उनका आमाबुबा र परिवारका अन्य सदस्य काठमाडौं आएका थिए । मोदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बौद्धस्थित हायात रिजेन्सी होटलमा पुग्दा जीतबहादुरका परिवार त्यहाँ आइसकेका थिए । उनले त्यहाँ सबैभन्दा पहिलो काम नै परिवारको पुनर्मिलन गराएर सामुहिक फोटो खिचाएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता सइद अकबरुद्दिनले बताएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक