20150125

"मलाई अमेरिकी डेमोक्रेटिक पार्टीका थुप्रै नेता तथा कार्यकर्ताहरुले नेपालमा के भएको त्यस्तो ? किन त्यसो गरेको ? प्रजातन्त्रमा पनि त्यस्तो अराजकता हुन्छ ? भनी प्रश्न गरिरहेका छन म के भनेर उत्तर दिउँ कती सम्झाउँ कसरी सम्झाउँ ! दिक्क भैसकेँ"

- हरि शर्मा
अमेरिकी डेमोक्रेटिक पार्टीका युवा नेता, लऊडेन काउन्टी डलस डिस्ट्रिक चियरमेन सिपिए हरि शर्माले नेपालमा माघ ८ मा पनि संबिधान जारी हुननसकेको र उल्टै संबिधान सभा भित्र सभासदहरुको अराजक व्यबहार देखेर आफु निकै लज्जित भएको बताउनुभएको छ । नेपाल मदर डट कम सँग कुरा गर्दै शर्माले भन्नुभयो "मलाई अमेरिकी डेमोक्रेटिक पार्टीका थुप्रै नेता तथा कार्यकर्ताहरुले नेपालमा के भएको त्यस्तो ? किन त्यसो गरेको ? प्रजातन्त्रमा पनि त्यस्तो अराजकता हुन्छ ? भनी प्रश्न गरिरहेका छन म के भनेर उत्तर दिउँ कती सम्झाउँ कसरी सम्झाउँ ! दिक्क भैसकेँ"

श्री शर्माले भन्नु भयो "हामीले पढेका थियौं- सभासद बन्न योग्य हुनुपर्छ, कुनै बात या कसुर नलागेको, मगज नबिग्रिएको हुनुपर्छ आदी आदी तर सँसद भित्रको त्यो कुक्रित्य देख्दा म नेपाली हुँ भन्न पनि लाज लाग्ने हर्कत देखाइदिए सभासदहरु ले, म अमेरिका मा भए पनि नेपाली अमेरिकन हुँ त्यसैले म दुखित छु स्तब्ध छु र लज्जित पनि छु त्यो घटना बाट"
सके सहमति बाट संबिधान बने राम्रो हो तर सहमति भएन भने बहुमतिय प्रणालीमा जानु प्रजातन्त्रको नियम हो प्रकृया हो । नेपाल मा त खोइ कस्तो प्रजातन्त्र आएछ कुन्नी म आस्चर्यचकित भएको छु भन्दै श्री शर्माले सँसद मा तोडफोड गर्ने अराजकता मच्याउने सभासदहरु लाई कारबाही गर्नुपर्ने अन्यथा गलत नजिर बस्ने छ । यदी बहुमतको निर्णय कदर नहुने भए दुई दुई पटक संबिधान संबिधान अकाट्य हुँदैन बेला बेला मा परिवर्तन गर्दै जान सकिन्छ भन्दै श्री शर्माले चाँडो भन्दा चाँडो नेपालमा संबिधान जारी हुनुपर्ने, दण्डहिनता अन्त्यहुनु पर्ने, अपराध गरेकाहरुलाई न्यायको कठघरामा मा ल्याउनुपर्ने, सयौँ बर्ष देखी मिलेर बसेका जात जाती भाषा भासी बीच फुट ल्याउन नहुने बताउँदै अन्यथा नेपाल पनि पूर्ण रुपमा असफल हुने छ भन्नु भयो ।      
           

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक