20150201

मैले कहिलै कुनै बादका लागि काम गरिन र गर्ने पनि छैन, मात्र नेपाल र नेपालीका लागि काम गरेकी छु र गर्छु जहाँ रहे पनि - रमा सिँह

रमा सिँह लाई म "जब्बर सिँह" पनि भन्छु । उनी पत्रकारिताका दौरान भेटिएकी मेरी एउटी पुरानी साथी पनि हुन । नेपाल टेलिभिजनमा पनि करिब आठ नौ बर्ष सँगै काम गरेकी यि "जब्बर सिँह" महिला हुँँ भन्ने कुरा कहिलै हेक्का राख्दिनन र भन्छिन "म के गर्न सक्दिन ? के कुरा मा कम छु र ?" मैले संगत गरेका धेरै साथीहरु जो राष्ट्रिय अन्तरराष्ट्रिय रुपमा आफ्नो पहुँच राख्छन त्यो लिस्टमा यिनको नाम अली जब्बर नै छ र माथि पनि । मान्छेहरु रमा लाई समाचार बाचिका मात्र भन्छन त्यो सरासर गलत हो । उनी समाचार बाचिका भन्दा पहिला शशक्त महिला    पत्रकार हुन जसले नेपाल टेलिभिजन स्थापना काल अर्थात २०४१ साल देखी रिपोर्टर देखी बाचक सम्म, समाचार सम्पादक देखी नेटिभी को समाचार महाशाखाकी प्रमुख अर्थात निर्देशक सम्म बनेर सफल ढंगले काम गरेको देखेको म एउटा प्रत्यक्ष दर्शी, सहकर्मी र उनको अशल साथी  पनि हुँँ ५० को दशक पछी । हक्की स्वभाब, अगाडि कुरा गर्नु पर्ने, भन्नु पर्ने, मनमा कुरा राख्न नसक्ने, साथी भाई भने पछी ज्यान पनि दिने, रिस उठे कुकुरले हड्डी छोडे जस्तै छोडिदिने यिनी पनि राष्ट्र भने पछी खुत्रुक्कै मर्न तयार हुन्छिन तर अहिलेको नयाँ नेपालमा यस्ता राष्ट्रप्रेमीहरु कहाँ अट्नु ?? उनी पनि नयाँ नेपालमा न अटेपछि अमेरिकामा अाइन र यतै बस्न थालिन तर उनी पनि शरीर अमेरिकामा भएकी तर २४ घण्टा मन मुटु नेपाल तिरै डुलाउने म जस्तै "लाहुरे" हुन मलाई त्यस्तो लाग्छ । नेपालको पहिलो महिला फुटवल कप्तान समेत रहेकी रमा सिँह अहिले अमेरिकामा हुन गैरहेको एन आर एन अमेरिकाको चुनावमा अध्यक्षमा उमेदवार बन्दैछिन । उनलाई मैले ८ वटा लिखित प्रश्न पठाएर नेपाल मदर डट कमको लागि उत्तर पठाउन आग्रह गरे । मैले जस्तै युनिकोडमा टाइप गर्ने साथी रमाले उत्तर यसरी फर्काइन ! हेर्नुस तल जस्ताको तस्तै :  (युनिकोडमा टाइप गर्दा कती पय शब्द र अक्षर अशुद्ध पनि छन । भाषा सुद्धी छैन । कृपया प्राबिधिक कठिनाई बुझिदिनुहोला - रामप्रसाद खनाल)                    
१ - NRN NRN USA को आसन्न निर्वाचन मा अध्यक्षमा उमेदवारी दिन लाग्नुभएको छ, किन नि ? 
- किन भने हाल म अमेरिका मा बस्छु र NRN USA अमेरिका भरी छरिएर बसेका नेपाली र नेपाली सँग आबद्ध  संस्था को प्रतिनिधि मुलक छाता संगठन हो । र यस्लाइे सबै बर्ग , सबै जाती ,सबै ब्यबसायी र सबै खाले आर्थिक श्रोत भएका ब्यक्तिको प्रतिनिधि संस्था को रुपमा बिकसित गर्ने

प्रयासमा हामी छौ ।

२ - NRN मा त कांग्रेस र एमाले नभै जित्न त के उठन पनि गार्हो छ भन्छन नि ?

- मैले पनि त्यही कुरा बुझेको छैन । NRNUSA लाइे बिषुद्ध गैर राजनैतीक संस्था बनाउनु पर्छ र यस्ले सम्पूर्ण नेपाली को प्रतिनिद्धित्व गर्नु पर्छ भन्ने मेरो मान्यता हो । र मेरो बिचार  सँग अमेरिकामा रहेका सबै नेपाली पनि शाहअंअत हुनुहुन्छ होला । नेपालमा बिहानको ४ बजे मतदान केन्द्र कब्जा गर्न माओवादीले आफ्ना कार्यकर्ता  पठाएँ जस्तै NRN को चुनाव हुन लागेको संकेत देखा परेको छ । संसारको सबै भन्दा ठुलो प्रजातान्त्रिक देशमा बस्ने ,अनी आफुलाई महान प्रजातन्त्रको ध्योतक पनि मान्ने तर गैर प्रजातान्त्रिक चरित्र देखाउदै आफ्ना लागि जे पनि सहि र ,अरुका लागि जे पनि गलत देख्ने मानसिकता बोकेर समाजको नेत्रित्व गर्छु भन्नेहरुलाई यती मात्रा भन्न सकिन्छ , कसैले पनि आफ्नो धरातल बिर्सन हुँदैन । हाम्रा मतदाता जागरुक छन आफुलाइे  मात्रै प्रजातन्त्रको हिमायाती ठान्नेहरुलाई मेरो विचारमा मतदाताले आफ्नो मत आँफै खसाल्न पाए भने पराजित गर्छन् । र हामी सबैले त्यस्तो खाले प्रब्रितिलाइे निरुत्साही गर्नै पर्छ । 

३ - NRN USA मा बढी राजनीति छ भन्छन, कस्तो लाग्छ तपाईंलाई  ? 

- तेसैले त एक स्वत्रन्त्र र कुनै पनि राजनैतीक पार्टी सँग आबद्धता नभएको ब्यक्तिको रुपमा मैले उम्मेद्बारी दिएकी छु । NRN भनेको त्यस्तो घर हो जहाँ पस्दा मुल दैलो बाटै हामीले पैले म नेपाली हुँ तेस्पछी गैर आबासिय नेपाली ,तेस्पछी मात्रै जाती र पार्टिका कुरा उठछ । तेसैले नेपाल र नेपाली सिद्धान्त अनुरुप यो चल्न पर्छ । अरु कुनै बाद र सिद्धान्त यस्मा लागु हुनु हुँदैन भन्ने मेरो आफ्नो अडान हो र यो नै सत्य पनि हो ।
४ - निर्वाचन लड्न त थाल्नु भएछ, सदस्य सँख्या कती पुर्‍याउनुभयो त     ?

-मैले मेरो मात्रै नबिकरण गरे । तेस्पछी सबै मतदातालाई आ-आफ्नो परिवारको सदस्यला मतदाता बनाउन आग्रह गरे । गत हप्ता १ दिनमा ५० जन देखी ९९ जना सम्मलाई फोन गरे । 
   ५ -  सुनिन्छ यहाँ त एउटै ब्यक्तिले १००/२०० भोट् गोजिमा बोकेर हिंडेका छन रे नि ? तपाईंएको गोजिमा कती छ ?


- मेरो गोजिमा मेरा मतदाताहरुको माया छ उहाहरुले दिनु भएको उत्साह र हौसला छ । यती धेरै माया, उत्साह र हौसला बोकेर हिंड्ने मान्छेलाइे कसैको नाममा अरुलेनै खोलेको E mail ID र सापट लिएको फोन नम्बर ले अप्रजातान्त्रिक तवर बाट बनाएको भोट् को डर हुँदैन । जस्ले माया गरेर सद्भाव दर्साउनु भएको छ उहाहरुले भोट् अबस्य हाल्नु हुन्छ । रह्यो कुरा गोजिको भोटको आफुलाइे प्रजातन्त्रको हिमायाती पनि पनि बताउने अनी मुठा का मुठा भोटको E mail ID र pass word गोजिमा बोकेर हिंड्ने प्रबिती के साँच्चिकै प्रजातान्त्रिक आचरण हो त ..? यस्तो कृयाकलापको हामी सबैले बिरोध  गर्नै पर्छ । यस्तो आचरणले संस्थालाइे निस्पक्ष भएर अगाडि बढाउन सकिन्दैन जस्तो मलाई लाग्छ ।

६ - त्यसो भए मतदाताले भोट् हाल्नै पाउदैनन भन्ने हो ?

- हैन मैले तेसो पनि भनेकी हैन । तर केही ब्यक्तिले १००/२०० भोट खल्तिमा बोकेर हिंडेको परिप्रेक्ष्यमा कतै त्यो भोट एकै ब्यक्तिले खसाल्ने त होइेन भन्ने मात्रै  मेरो जिज्ञासा र चसो हो ..? यदी यस्तो हुन्छ भने ,यस्तो गलत कार्यको बिरोध गर्नै पर्छ र यो प्रब्रितीलाइे सबैले  निरुत्साही पनि गर्नै पर्छ । यस्तो मतदाता को रुजु गर्ने क्रममा एउटा टेलिफोन र एउटै ब्यक्तिको Debit / credit कार्ड बाट परिवारका सदस्यला  मात्रै बनाउन पाउने र त्यो पनि ५ जना ६ जना भनेर सख्या तोक्नु पर्छ । तेसो भए मात्रै स्वत: स्फुर्त सहभागिता हुन्छ र निर्वाचन पनि निस्पक्ष हुन सक्छ । 


७ -  त्यसो हुन सकेन र  त्यस्तै भोटले हार जितको फैसला गर्‍यो भने नि ?

- हैन सत्य त सत्य नै हो नि हैन र ? म सत्यको जित मा विश्वाश गर्ने मान्छे । र मला के पनि विश्वाश छ भने यदी कसैको नाममा  अरु कसैले भोट हाल्न लागेको छ भने जस्को भोट हो उहाले प्रतिकार अबस्य गर्नु हुन्छ । अमेरिका जस्तो ठाउमा बसेको मा गर्ब गर्ने अनी अरुको नाममा गलत कामा पनि त गर्न हुँदैन नि । यो त अमेरिकी कानुनको खिलाफ पनि त हो नि हैन र ..? यस्तो गैर कानुनी काम गर्न ब्यक्तिको नैतीकतामा भर पर्छ । समाज लाइे नेत्रित्व गर्छु पनि भन्नेले आफ्नो नैतीक धरातल प्रदर्सन गर्न पर्दैन त ...?

८ - तपाईंको भनाइ अनुसार त चुनाव जित्छु भन्ने लाग्याछ है ?

- हेर्नुस् अहिले सम्म म कुनै बाद र गुट मा लागेको छैन ।  मेरो 27 बर्षको नेपाल टेलिभिजनको इेतिहासमा मैले बिसुद्ध कर्मचारीको रुपमा काम गरे । पञ्चायत कालका  प्रधानमन्त्रीहरु लोकेन्द्र बहादुर चन्द , सुर्य बहादुर थापा , मरिच मान सिंह, कांग्रेसका प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला , कृष्ण प्रसाद भट्टराइ , शेर बहादुर देउबा , एमालेका प्रधानमन्त्रिहरु मन मोहन अधिकारी , माधव कुमार नेपाल र झलनाथ खनाल सँग काम गरे । मैले उहा हरु सँग कुनै बादको लागि काम गरिन , बिसुद्ध नेपालको लागि काम गरे ,शायद ति सबै प्रधानमन्त्रिले नेपाल को लागि काम गरेको भए । तेस हिसाबले म फेरी नेपाल र नेपालीको लागि काम गर्न अघी सरेको छु । मेरो होस्टेमा सबैले हैसे गरिदिनुहुन्छ भन्ने मैले आशा गरेकी छु । र फेरी म मतदाताहरुलाई के पनि भन्न चाहन्छु भने , केही गर्छु भन्ने मान्छेला अबसर दिनु पर्छु । मेरो कार्यसैली सबैले देख्नु नै भएको छ तेसैले म बढी आशाबादी पनि छु ।




*********************************

प्रश्न आफै सँग: के नेपाल म जस्तै जिउँदा लाशहरुको बास हो ??!! 

-रामप्रसाद खनाल 

राणाहरुले राम्रो गरेका भए 
२००७ साल किन आउँथ्यो ?
२००७ सालमा आएको प्रजातन्त्र 
२०१७ सालमा किन जान्थ्यो ?
२०१७ मा आएको पञ्चायत
२०४६ मा लखेटिन किन मान्थ्यो ?
यि त भए पुराना कुरा
भनौंला उहिलेका कुरा खुइलिएर गए !
अहिलेका कुरा पो गर्नु !
पुराना दिन सम्झिएर हुन्छ ??
२०४६ मा बहुदल आयो
गणेशमान को कुर्सी त्याग
किशुनजी अन्तरिम प्रधानमन्त्री
संबिधान आयो, वाहवाही भयो
२०४८ मा चुनाव
नेपाली काङ्रेसले बहुमत पायो
किशुनजी हट्ना साथ
गिरिजाबाबुको शासन
काङ्रेस भित्र किचलो
एकाउन्नमा मध्याबधी चुनाव
काङ्रेस गयो, एमाले आयो
टिकेन एमाले ९ महिना पनि
त्यस पछी शुरु भए
सत्ता साझेदारीका कुरा
मिलिजुली भागबन्डाको राजनीति
कुर्सी तानातान
टिकाउने खेल
गिराउने खेल
मुसाहरु सिंहदरवार छिरे
कोही छेरपाटे लागेर
थाइल्यान्ड पुर्याइए
कोही शंकर होटलमा थुनिए
प्रजातन्त्रका नाममा
अनेक जालझेल बुनिए
मात्र कुर्सीको खेल
जन्मियो माओवादी
बाउन्न फागुन एकमा
कुर्सी नपाएको झोंकमा
काङ्रेस भित्र छत्तिस र चवत्तर
माधव केपी छाडेर बामदेब अलग
बाम घटकहरु फुट्दै जुट्दै देखेकै हो
सत्ताको लागि जे पनि गरेकै हो
कङ्रेस, एमाले, माले, रा.प्र.पा देखी
मधेशबादी गज्जु बाबु पनि भोगेकै हो
यि सबैको कुशासन
कमजोर राजा बीरेन्द्र
देश भताभुंग लथालिँग देखेकै हो
यसैको फाईदा उठाउँदै
छबिलाल र बाबुरामहरु
रोल्पा रुकुम पुगेर
सोझा साझा, गरीब, बेरोजगार,
अशिक्षित जनता भड्काउँदै
सिँहदरबारको फोहोरी राजनीति देखाउँदै
छबिलाल बाबुराम लिनुसम्म फाईदा लिए
मागेर खाए, लुटेर खाए, कुटेर खाए
अपहरणमा लागे, मान्छेका घाँटी रेट्न थाले
जँगली राज झांगिँदै गयो
काठमाडौंको फोहोरी राजनीति
सत्ताको लुछाचुँडी
छबिलालाई फलिफाप भयो
कयौँ निर्दोश काङ्रेस मारिए
एमाले चुपचाप राम हेरेर बसे
काङ्रेस पछी एमाले, एमाले पछी अरु हरु
सबै छबिलालको निशाना बन्दै गए
रक्त पिपासुहरुको शिकार भए
खसी काटे जस्तै मान्छे काटिँदा
बुच्चरले खसी रेटे जस्तै रेटिंदा
काठमाडौं लाई कहिलै दुखेन
जब छबिलाल र बाबुराम आतंकले
राजाधानी मै धावा बोल्न थाल्यो
प्रहरी सेना सबै भुत्ते साबित भयो
बीरेन्द्रको बम्श नाश
मदन आश्रित गुमाएको देश
गणेशमान गुमाएको देश
मनमोहन गुमाएको देश
बिपी र पुष्पलाल नहुँदाको देश
महत्वाकांक्षी राजा ज्ञानेन्द्र
उनका तुल्शी गिरी र किर्तिबाबुहरु
पुराना असफल अनुहारहरु
राजा एक स्तर तल झरेर
मन्त्रिमन्डलको अध्यक्ष भएको देश
राजा देखी रँक सम्म
काङ्रेस देखी एमाले सम्म
मधेशी देखी अन्य दल सम्म
स्वार्थमा चुर्लुम्म डुबेको देश
आफ्नो कुर्सी फर्काउन
गिरिजा बाबु तात्नुभयो
माकुने जि र अरुजीहरु
दिल्ली दरवार जानुभयो
महाराजको कुबुद्धी
जँगली छबिलालको आतंक
हेर्यो भारतले आफ्ना भक्त
प्रणब मुखर्जीले
पेन्शीलले गरेको १२ बुँदे खेस्रा
महाराजको काल भो
शहरिया देखी जँगली सम्म
सबैलाई माल भो
देशको यो हाल भो
अर्बौँ पैसा सकियो
दुई दुई चुनाव
६०१ औंठाछाप बने माननिय
देश लुटिँदैछ, जनता लुटिँदैछ
न छ संबिधान, न त शान्ती !
देश चिर्ने सुर सार
सानो देश !
ककसलाई भाग बिलो पर्ने हो
भाग बिलो नपाउने ले के गर्ने हो ?
बिबेक नभएका नेता
आत्मियता हराउँदै गएका जनता
आखिर अवस्था जहाँको तहीँ छ
बिकास निर्माण आकाशको फल
युवा जनशक्ती बिदेश पलायन
उस्तै छ नेताको छल
गाउँहरु खाली छन
न त खेत बारीमा बाली छन
बुढा बुढी बाउ आमाको बिजोग
देशको देखिंदैन राम्रो योग
प्रहरी भाँडेर
प्रशासन भाँडेर
सेना भाँडेर
छबिलाल र बाबुराम प्रधानमन्त्री बनेर
लुट्न सम्म लुटेकै हुन
देशको सम्पत्ती
लुटको धन फुपुको श्राध्दे गरेकै हुन
कुर्सी गुमेर बेहोस् यो जोडी
यिनका मितहरु
आतंकका प्रितहरु
फेरी जँगलको ध्वाँस दिँदैछन
थाहा छैन यिनिहरु
देश र जनता सँग
कुन युगको बदला लिंदैछन
यो सबै देख्दा लाग्छ, म किन चुप छु ??
म जिउन्दो मान्छे हुँं या मुर्दा ??!!
म जिउँदो भए किन बोल्दिन ??
यती हुँदा पनि आवाज किन खोल्दिन ??
यता उता हेर्छु सबै म जस्तै !!!
के नेपाल म जस्तै जिउँदा लाशहरुको बास हो ??
सोध्छु प्रश्न आफै सँग !
बिचरा म,
आफ्नो प्रश्नमा आफै अनुत्तरित छु !!!

Photo

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक