20150204

बौलाएकै हुन केपी ओली !

- रामप्रसाद खनाल

लुटेर 
मारेर खान पल्केकाहरु जब लुटेर खान पाउँदैनन् !
चुनाव हारे, सत्ता छाडे, बोलाउँदा जनता सडकमा अौंउँदैनन् 
चुनाव जितेकाहरु बहुमत छ भन्दै, टेर पुच्छर लाउँदैनन् 
अनि ३० नाम मात्रकै सहि, दलहरुको मोर्चा बनाउँदा पनि
अब हिँडियो सडकमा, बरु जंगल फर्किन्छ भनाउँदा पनि
५२ देखी ६२ सम्म, ६२ देखी ७१ सम्म डुङ्डुङ्ती गनाउँदा पनि
केही बोल्नै हुन्थेन, उनिहरुका पोलहरु खोल्नै हुन्थेन !
यस्तो मर्का परेको बेला, कुन्नी किन बौलाएछन केपी ओली ??
ड्याङ ड्याङ्ती गोली हानी मान्छे मार्ने छबिलाललाई
खोइ किन हानेछन कुन्नी बचन र टुक्काका गोली ??
मलाई पनि छबिलाललाई जस्तै लाग्न थाल्यो
मानसिक अस्पताल लैजाउ छिटो, बौलाएकै हुन केपी ओली !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक