20150602

पण्डितले नेपालका विभिन्न १३ नेताको भविश्यबारे यसरी टिप्पणी गरे ! सनसनीपूर्ण भबिस्यबाणी : केपी प्रधानमन्त्री बन्दैनन् ,शुशील राष्ट्रपति, बाबुरामको ज्यानमै खतरा, प्रचण्डको शनि खराब !

 तपाईलाई ज्योतिष विद्यामा कत्तिको विश्वास लाग्छ ? ज्योतिषशास्त्रमा विश्वास नलागे तपाईले ज्योतिषी गोपाल कोइरालाको दाबीलाई एकजना ब्राह्मणको राजनीतिक टिप्पणी मात्रै ठान्न सक्नुहुन्छ । यी पण्डितले नेपालका विभिन्न १३ नेताको भविश्यबारे यसरी टिप्पणी गरे :
प्रधानमन्त्री सुशील कोइराला-
सुशील कोइरालाको ग्रहदशा बलियो छ । सूर्य, शुक्र र वृहस्पती एकै स्थानमा छ । महालक्ष्मी योगले उनलाई सत्तामा टिकाएको हो । सत्तामा लामो समय टिकिरहन्छन् । प्रधानमन्त्रीबाट हटेलगत्तै राष्ट्रपति बन्छन् ।  उनलाई हटाउने
चलखेल धेरै भए तर महालक्ष्मी योगले टिकायो । यही योगले उनलाई अब शक्तिमा राखिरहन्छ । यो राजकीय योग हो । एउटाले छलकपट गर्दा अर्काले बचाउँछ । शनि पनि उनकै पक्षमा छ ।
ग्रहदशा बलियो भएकाले सुशीलले वार्ता पनि मिलाउँछन् । संविधानको खाका पनि तयार गर्ने जस लिन्छन् । पूर्ण संविधान तत्काल जारी हुने अवस्थाचाहिँ छैन । सर्प पनि मर्ने, लठ्ठी पनि नभाँचिने शैलीमा काइते तरिकाले संविधानको खाका बन्छ ।
सुशीलले मृत्युलाई पटक-पटक जितेका छन् । काँग्रेसले सशस्त्र ‘क्रान्ति’ गर्दा होस् या क्यान्सर हुँदा नै किन नहोस् मृत्युलाई जिते । यसमा पनि उनको राजकीय योगले काम गरेको छ । विशिष्ट पदमा पुग्ने योग भएकाले क्यान्सर जस्तो रोगले समेत तत्काल जित्न सकेन ।
सुशीलको ग्रह नै यस्तो छ कि नबोली नबोली चाल चाल्छन् र सफल हुन्छन् । बाहिर हेर्दा केही भूमिका नखेलेको जस्तो देखिने तर भित्रभित्र धेरै चलखेल गरिरहेका हुन्छन् । गुप्तरूपमा नाटकीय ढंगबाट सत्ता चलाउँछन् ।
सुशीललाई पार्टीभित्रैबाट खतरा छ । बरु पार्टी बाहिरबाट वाध्यता र परिस्थितिवश सहयोग भइरहेछ । नसोचेका व्यक्तिहरूले सहयोगी भूमिका निभाइरहेछन् । असहयोगकै कारण भदौमा हुने भनिएको  कांग्रेसको महाधिवेशन सर्छ ।
प्रचण्ड पदमा पुग्दैनन्
प्रचण्डको शनि खराब छ । त्यसैले अलिकति बढ्न खोज्यो वा कडा बोल्यो कि विवादमा पर्छन् । उनी अब राष्ट्रपति पनि हुनेछैनन् ।
केपी ओलीको दशा
केपी ओलीको ग्रहदशा ठीक अवस्थामा छैन । राहु खराब छ । स्वास्थ्य झन् बिग्रँदै जान्छ । उच्च मनोबलले मात्र जर्बजस्ती काम गरेका हुन् । चुरो बलियो छ । प्रधानमन्त्री बन्ने योग थियो । तर, टर्‍यो । ओली अब प्रधानमन्त्री बन्दैनन् ।
देउवाको कालसर्प योग
देउवा पुनः प्रधानमन्त्री हुने योग छ । देउवाको एउटै लग्नमा तीनवटा योग भएको कालसर्प योग छ । यस्तो योग माधवकुमार नेपाल, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र कमल थापाको पनि छ । गिरिजाप्रसाद कोइरालाको पनि यस्तै योग थियो ।
माधव चाल चल्न खप्पिस
माधवकुमार नेपाल एमालेमा प्रभावशाली हुनेछन् । उनको योग बलियो छ । शनि, शुक्र र वृहस्पति एकै ठाउँमा छ । राजनीतिक चाल चाल्न खप्पिस छन् । बोल्नेभन्दा खेल्न सिपालु छन् । माधव लुकाएर काम गर्छन् । गोपनियता कायम गर्छन् । चलखेलमा माहिर छन् । तर, कसैले सुईंको पाउँदैन ।
झलनाथको भाग्य खोटो
झलनाथलाई भाग्यले साथ दिएर मात्रै प्रधानमन्त्री बनेका हुन् । उनको योग बलियोचाहिँ होइन । जतिसम्म पुगे, यतिमात्र हो । झलनाथ राष्ट्रपति हुन सक्दैननन् । होला होला जस्तो हुन्छ, तर अर्कैले खोस्छ ।
बाबुरामलाई खतरा
बाबुराम भट्टराईको ग्रह बलियो छैन । उनलाई ज्यानको खतरा छ । उल्का खराब छ । ग्रहले विवादास्पद बोल्न उक्साइरहन्छ ।
नारायणकाजी भाग्यमानी
नारायणकाजी श्रेष्ठको योग बलियो छ । वृहस्पति राम्रो स्थानमा बसेको छ । कुनै पनि समय प्रधानमन्त्री हुन सक्छन् ।
राष्ट्रपतिलाई स्वास्थ्यले साथ दिँदैन
राष्ट्रपति डा.रामवरण यादव २०७२ सालसम्म राष्ट्रपति रहनेछन् । उनलाई पनि स्वास्थ्यले साथ दिन छाड्नेछ । ०७३ सालमा राहु सुरु हुनेछ । स्वास्थ्यकै कारण अगाडि बढ्न असक्षम हुनेछन् ।
महत र सशांकको योग बलियो
काँग्रेसमा डा.रामशरण महत र सशांक कोइरालाको पनि योग बलियो छ । उनीहरू देशको मुख्य पदसम्म पुग्ने योग छ ।
गोकर्णले इतिहास कोर्नेछन्
युवा नेताहरूमध्ये एमालेका गोकर्ण बिष्टको कालसर्प योग छ । उनी देश हाँक्ने जिम्मेवारीमा पुग्नेछन् । वातावरण उनको अनकूल हुँदैछ । भाग्यले सधैं साथ दियो र दिइरहनेछ । गोकर्णले आफूलाई इतिहासमा सम्झनलायक नेताका रूपमा स्थापित गर्नेछन् ।
गगनको योग कमजोर
गगन थापाको योग कमजोर हुँदै गएको छ । उनी जुन उचाइसम्म पुग्नुपर्ने हो, त्यो अवस्थासम्म एक वर्षभित्र पुग्नेछन् । त्यसपछि उनको अवन्नति शुरू हुनेछ । विवादमा मुछिनेछन् ।
देश हाँक्ने योग गगनमा छैन । उनलाई पारिवारिक समस्याले पिरोल्नेछ । साथीभाइले धोका दिनेछन् । काम गर्न खोज्छन्, फत्ते गर्न सक्दैनन् । - source: Asia Samachar

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक