20150815

बोल्यो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान ज्योति मगरको ढाडे बिरालो प्रकरणमा

म राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालका अध्यक्ष चन्द्र शर्मा, महा सचिब रमेश बिजी, उपाध्यक्षहरु बद्री पंगेनी, बिमल राज छेत्री, टिकाराम चपाइ सहित रिता थापा, सिरिस देबकोटा, पशुपती शर्मा र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान टिमलाई बिशेष धन्यवाद दिन चाहन्छु । ढिलै भए पनि यो कदम चाल्नु भएछ अती खुशी को कुरा । कलाकारिता क्षेत्रको बिसँगति र बिकृतिका बिरुद्ध म जहाँ भए पनि जहाँ रहे पनि तपाईं हरु सँग साथ हुने छु अगाडि बढ्नुस् । लोक दोहोरीको क्षेत्रलाई फोहोरी हुन नदिउँ । सकारात्मक
कुराले सकारात्मक परिवर्तन पनि आउँछ । ३- ४ दिन को मेरो आन्दोलन सार्थक भएको पनि मैले ठानेको छु आज । यो दर्शक श्रोता सबैका लागि खुशीको कुरा हो । बोल बोल गीत संगीत कलाकारिता सँग सम्बन्धित संस्थाहरु हो मुख खोल, संस्था मात्र होइन अब जुन सुकै क्षेत्रका कलाकार देखी निर्माता निर्देशक टिम मेम्बर हरु, उत्पादक बितरक कम्पनी र उत्ताउला उत्ताउली पन लाई प्रोत्साहन गर्नेहरुले पनि मनन गर्नुपर्ने, मुख खोल्नु पर्ने बेला आएको छ , अन्यथा हाम्रो कलाकारिता क्षेत्र धराशायी हुने छ बदनाम हुने छ । बिक्रिती र बिसँगतिका बिरुद्ध आवाज उठ्नै पर्छ अन्यथा केही छाडा र गलत कलाकारका कारण कलाकारिता क्षेत्र पुरै दुसित हुने छ हामी लाई दर्शक श्रोताले नराम्रो दृष्‍टिले होइन राम्रो दृष्‍टिले हेर्ने बातावरण अरु कसैले होइन हामी आफै स्रिजना गर्नु पर्छ । यस्तो बेला पनि नबोल्ने संस्थाहरु, कलाकारहरुको भूमिका माथि प्रश्न उठ्ने छ भोली । प्रश्न उठ्न नदिउँ । हेरौं के के हुँदो रहेछ !!! - Ram Prasad Khanal
**************
Some post From my Facebook wall:

किन बोल्नु भन्ने लागेको थियो, स्टाटस ले मात्र पुग्ला भन्ने लागेको थियो तर अहँ पुगेनछ । त्यसैले बोल्नै पर्ने भयो, मुख खोल्नै पर्ने भयो । अरु बोलुन नबोलुन त्यो उनिहरुको कुरा हो, तर म ज्यान जाला गलत कुरामा कम्प्रोमाइज गर्दिन गरेको पनि छैन र गर्ने पनि छैन । बाँकी यो भिडियोमा......
*********
फेसबुकको इन बक्समा मात्र करिब १ हजार मेसेज आएछन आज दिनभरमा । 99.9% सकारात्मक वा कस्तो राम्रो स्टाटस कस्तो राम्रो हजुर को बिचार, सबैले यस्तै सोँचिदिने भए नेपाल किन यस्तो हुन्थ्यो र ? भन्ने देखी 0.1% ए बाहुन अमेरिका बसेर तलाई नेपाल को के खाँचो ? पशुपतिमा गएर नाँगा बाबा ढोग्छस तलाई ज्योति मगर नाँगै नाचेको के मतलब ? सम्मका कम्मेन्ट रहेछन । यसै गरी तपाईंले देख्ने गरी फेस बुकमा र यु ट्युबमा झन्डै एक हजार कम्मेन्ट, झन्डै तिनहजार लाइक आएछन भने करिब पचास हजारले सबैतिर मेरो भनाइ भिडियोमा हेर्नुभएछ, झन्डै एक हजारले शेयर पनि गर्नुभएछ । । म सबै प्रती आभारी छु र धन्यवाद दिन चाहन्छु । एक एक गरी जबाफ फर्काउन सम्भब नभएकोले मैले सामुहिक रुपमा यसै मेसेज मार्फत धन्यवाद प्रकट गर्दछु । ज जसले जातियता को रङ दिँदै बाहुन भनेर गाली गर्नुभाछ वहाँहरुलाई झन धेरै धन्यवाद मलाई कुनै रिस द्वेस छैन । जसको जती छ उसले त्यती बिबेक प्रयोग गर्ने हो किन गुनासो गर्नु र !!! अझ हाँसो लाग्दो कुरा ति 0.1% गाली कर्ता कतीपय ए बाहुन भनेर मलाई गाली गर्नेले त मेरो फेस बुककै एल्बम मा भएका मेरा सार्वजनिक कार्यक्रम का कलाकार हरुसँग का फोटो लाई कटिङ गरेर एनिमेशन गरेर फेस बुकमै पोस्ट गरेर समेत मलाई गाली गर्न भ्याउनु पनि भएछ । वहाँ हरु प्रती मलाई दया जागेर आयो । म कलाकार हरुको अन्तरराष्ट्रिय संस्था अन्तरराष्ट्रिय कलाकार मँच को अध्यक्ष छु । अमेरिका आउने प्राय कलाकार हरु म सँग आउनुहुन्छ बस्नुहुन्छ कार्यक्रम हरु गरिरहन्छौँ यहाँ अमेरिकामा पनि । कलाकारहरु भेट घाट हुँदा फोटो पनि खिचिन्छन ति सबै सार्वजनिक रुपमा पोस्ट गरिएका छन । कती पय दर्शकले पनि हजुर सँग फोटो लिन सक्छु भनेर फोटो लिनुहुन्छ । त्यती कुरा जानेर बुझेर पनि बुझ पचाउने विद्वान हरु प्रती मेरो कुनै गुनासो छैन । ति जनहरुलाई म चुनौती दिन चाहन्छु - रामप्रसाद खनालले आज सम्म न कहिलै नाँगिएको छ न त नाँगिने छ न त नांगाहरु को अतीक्रमणलाई सहने नै छ । सहि कुरा बोल्न मुख खोल्न कहिलै पछाडि पर्ने छैन ।

*************************
ज्योति को तीज गीत प्रकरण पछी ......
हामी कर्म गर्न, बाध्यता बिबसता सँगै कोही साउदी कतार वा अमेरिका वा संसार को जुन सुकै कुना मा वा देश भित्रै जहाँ पनि रहन सक्छौं । राम्रो कुरा जसले जहाँ बाट गरे पनि हुन्छ, जहाँ बाट सिके पनि हुन्छ । बाहिर बसेर नेपाल को कुरा गर्ने ?? भन्ने तर्क हरु सँग म सहमत छैन । मलाई लाग्छ हामी जो जहाँ भए पनि सबैभन्दा पहिला नेपाली हौं । हाम्रो जात नेपाली हो, धर्म नेपाली हो, भाषा नेपाली हो । हामी "नेपाल र नेपाली" यि दुई शब्द भित्र अट्छौं र अट्नु पनि पर्छ । मेरो नजर मा हामी सबै मान्छे एकै जात का हौं । महिला र पुरुष अँग का हिसाबले मात्र फरक छौं । सबै सँग म समान व्यबहार गर्छु भन्नुस तर पनि पुरुष र महिला हामी जन्मिदै कतिपय कुरा प्रकृतिले निर्धारण गरेको कारण फरक छौं । आफ्नो सिमा मर्यादा कसैले पनि भुल्न हुँदैन, त्यसैमा पनि हामी कलाकार हरु त झन बढी सजक हुनुपर्छ । समाजमा बस्ने कलाकार होस् वा जो सुकै होस् हामी सबैले अनुशासन मर्यादा को ख्याल गर्नुपर्छ । संस्क्रिती परम्परा मुल्य मान्यता लाई पनि बिर्सिनु हुँदैन भन्ने मेरो मान्यता हो । त्यो म मा पनि लागु हुन्छ र अरुमा पनि । अर्थको अनर्थ लगाउंदै कसैले कसैलाई आरोपित गर्नु, जातिय रँग दिन खोज्नु, तल्लो स्तरको गाली गलौजमा उत्रनु पक्कै राम्रो कुरा होइन । अझ त्यस माथि कसैको चरित्र हत्या गर्नु, राजनीतिकरण गर्नु झनै जायज कुरा होइन । राजनीति, धर्म ब्यक्तिमा भर पर्ने कुरा हो, जसलाई जे मन लाग्छ उसले त्यो अँगाल्न सक्छ । कसैले कसैलाई त्यो फलानो बादी ढिस्कानो बादी भनेर लेबल लगाउनु, फलानो धर्म मान्नै पर्छ भनेर जबर्जस्ती गर्नु अर्को अपराध हो भन्ने मलाई लाग्छ । हामी नेपालीहरु अर्थको अनर्थ लगाउंदै किन तल झर्छौँ ?? किन बुझ्दै नबुझी लहलहैमा काग ले कान लग्यो भन्दा कानै नछामी काग का पछाडि दौडिन्छौं ?? सानो कुरा लाई अतिरन्जित गरेर किन कोहोलो मच्चाउँछौँ ?? मैले अझै बुझ्न सकेको छैन । कलाकार को साथ साथै एउटा संचारकर्मी भएको नाताले मैले संचार माध्यममा काम गर्ने सबै साथीहरुलाई भन्न चाहन्छु कि - समाचार बिकाउन इस्स्यु लाई अतिरन्जित गर्नु, हेडिङ बाटै आगो लगाउन खोज्नु, सकारात्मक सन्देश जाने हिसाबले कलम नचलाऊनु के हाम्रो पत्रकारिताको धर्म हो र ? यता पनि ध्यान जानु जरुरी छ । ज्योति प्रकरणमा मैले लेखेको स्टाटस लाई मिडिया देखी ब्यक्ती सम्म धेरै जसोले अतिरन्जित गरे । तर यसलाई सकारात्मक रुपमा लिने हो भने, मनन गर्ने हो भने त्यहा हामी सबै अनुशासन मा रहौ, मर्यादा सिमा को ख्याल गरौं भनेर मैले आफ्नै कलाकार जगत लाई स्मरण गराएको घच्घच्याएको मात्र थिएँ । न उनलाई नराम्रो बनाउन त्यो स्टाटस लेखिएको थियो न लेख्नै जरुरी छ । के हाम्रा हजुर बा हजुर आमा बाबु आमा परिवार छोरा छोरी सबै सँग सँगै बसेर पारिबारिक बाताबरणमा गीत हेर्न सुन्न इच्छुक छैनौँ र ? के तिजका गीत भनेका त्यस्तै हुन्छन र ?? यो घटना बाट पाठ सिकेर हामी सबै आफ्नो मर्यादा सिमा भित्र रहन सक्यौँ भने अबस्य त्यो सबै का लागि समाज का लागि फलदायी हुने छ । सबैको भलो होस् जय होस ।

*********************


मेरो स्टाटस लाई लाइक गर्ने, राम्रो वा नराम्रो भनी कम्मेन्ट गर्ने सबै प्रति म आभारी छु । हामी समाज मा बस्छौँ, समाजमा हरेक कुराको सिमा हुन्छ, मर्यादा अनुशासन हुन्छ, त्यो ज्योति ले मात्र होइन हामी कसैले पनि नाघ्नु हुँदैन । अझ त्यस माथि हामी जनताका गीत अर्थात लोकगीत दोहोरी गीत गाऊने लोक कलाकारले त झन सीमा मर्यादा अनुशासन ख्याल गर्नुपर्छ मात्र भनेर सबैलाई स्मरण गराउन खोजिएको हो । कसैलाई भ्रम नपरोस । सन्दर्भ उनको मात्र होइन त्यहा लोक दोहोरी क्षेत्रका हामी सबैलाई पनि इँगीत गरिएको छ । ज्योतिको सन्दर्भ बढी छ किन कि उनका गीत भिडियो त्यस्तै सन्दर्भ उठाउन पर्ने भएकाले हो ।
अनलाइन मिडियाकर्मी सबै साथीहरु, तपाईंहरुले मेरो स्टाटस प्रकाशन गर्नुभएकोमा धन्यवाद तर हेडिङ पनि मेरै अर्थात
* के कलाकार भनेको "देखाउने" मात्र हो ?? कलाकारको अनुशासन, मर्यादा हुँदैन ??
* यस्ता उत्ताउला उत्ताउली लाई हाइ लाइट गर्ने, चर्चामा ल्याइदिने मिडिया र मिडिया कर्मीहरु के तपाईंहरु ठीक गर्दै हुनुहुन्छ ?? वा यस्तै यस्तै मेरो लेखाइ भित्र बाटै सकारात्मक हेडिङ चुज गर्नु भए कती उत्तम हुन्थ्यो होला !
Thank you onlinekhabar.com and dozens of other online news portals.
http://nepaliheadlines.com/%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%…/
***************************
अनलाइन खबरले मेरो फेसबुक स्टाटस लाई प्रकाशित गरेछ, धन्यवाद । मेरो स्टाट्स फेरी पढ्नुस त त्यहाँ कती गम्भीर कुरा छन । "यो पवित्र क्षेत्रलाई तिम्रो नग्नता र उत्ताउलो पनले दुसित पार्ने ध्रिस्ठता नगर । चर्चा कमाउनकै लागि हो भने, देखाएकै भर मा हिट हुने भुत चढेको हो भने, तिमीलाई "निला फिल्म" खेल्दा चर्चित हुन झन छिटो होला बरु त्यतै लाग्छेउ कि नानी !" भनिएको छ । सन्दर्भ मिलाएर । सिधै तिमी निला फिल्म खेल भनिएको छैन । हामीले बिदेश मा बसेर पनि के के गरिरहेका छौं ? नेपाल मदर डट कम पनि हेर्नुस, हेर्नुस हाम्रा गतिबिधिहरु यि साइट हरुमा तपाईंका हरेक उत्तर यि लिंकहरुले दिने छन ।:www.nepalmother.com , www.iafamerica.com , www.inlsdc.blogspot.com ,https://www.youtube.com/user/rampdkhanal/videos ,https://www.youtube.com/user/nepalmother/videoshttps://www.facebook.com/rpkhanal , www.RamPrasadKhanal.com ...तपाईंका हरेक उत्तर यि लिंकहरुले दिने छन ।
********************************
फेसबुकमा कम्मेन्ट गर्दा लेखेको पुरा स्टाटस पढेर, भन्न खोजेको कुरा बुझेर अनी मात्र सभ्य भाषामा कम्मेन्ट गरिदिए कती राम्रो हुन्थ्यो होला ।

हामी कर्म गर्न, बाध्यता बिबसता सँगै कोही साउदी कतार वा अमेरिका वा संसार को जुन सुकै कुना मा वा देश भित्रै जहाँ पनि रहन सक्छौं । राम्रो कुरा जसले जहाँ बाट गरे पनि हुन्छ, जहाँ बाट सिके पनि हुन्छ । बाहिर बसेर नेपाल को कुरा गर्ने ?? भन्ने तर्क हरु सँग म सहमत छैन । मलाई लाग्छ हामी जो जहाँ भए पनि सबैभन्दा पहिला नेपाली हौं । हाम्रो जात नेपाली हो, धर्म नेपाली हो, भाषा नेपाली हो । हामी "नेपाल र नेपाली" यि दुई शब्द भित्र अट्छौं र अट्नु पनि पर्छ । मेरो नजर मा हामी सबै मान्छे एकै जात का हौं । महिला र पुरुष अँग का हिसाबले मात्र फरक छौं । सबै सँग म समान व्यबहार गर्छु भन्नुस तर पनि पुरुष र महिला हामी जन्मिदै कतिपय कुरा प्रकृतिले निर्धारण गरेको कारण फरक छौं । आफ्नो सिमा मर्यादा कसैले पनि भुल्न हुँदैन, त्यसैमा पनि हामी कलाकार हरु त झन बढी सजक हुनुपर्छ । समाजमा बस्ने कलाकार होस् वा जो सुकै होस् हामी सबैले अनुशासन मर्यादा को ख्याल गर्नुपर्छ । संस्क्रिती परम्परा मुल्य मान्यता लाई पनि बिर्सिनु हुँदैन भन्ने मेरो मान्यता हो । त्यो म मा पनि लागु हुन्छ र अरुमा पनि । अर्थको अनर्थ लगाउंदै कसैले कसैलाई आरोपित गर्नु, जातिय रँग दिन खोज्नु, तल्लो स्तरको गाली गलौजमा उत्रनु पक्कै राम्रो कुरा होइन । अझ त्यस माथि कसैको चरित्र हत्या गर्नु, राजनीतिकरण गर्नु झनै जायज कुरा होइन । राजनीति, धर्म ब्यक्तिमा भर पर्ने कुरा हो, जसलाई जे मन लाग्छ उसले त्यो अँगाल्न सक्छ । कसैले कसैलाई त्यो फलानो बादी ढिस्कानो बादी भनेर लेबल लगाउनु, फलानो धर्म मान्नै पर्छ भनेर जबर्जस्ती गर्नु अर्को अपराध हो भन्ने मलाई लाग्छ । हामी नेपालीहरु अर्थको अनर्थ लगाउंदै किन तल झर्छौँ ?? किन बुझ्दै नबुझी लहलहैमा काग ले कान लग्यो भन्दा कानै नछामी काग का पछाडि दौडिन्छौं ?? सानो कुरा लाई अतिरन्जित गरेर किन कोहोलो मच्चाउँछौँ ?? मैले अझै बुझ्न सकेको छैन । कलाकार को साथ साथै एउटा संचारकर्मी भएको नाताले मैले संचार माध्यममा काम गर्ने सबै साथीहरुलाई भन्न चाहन्छु कि - समाचार बिकाउन इस्स्यु लाई अतिरन्जित गर्नु, हेडिङ बाटै आगो लगाउन खोज्नु, सकारात्मक सन्देश जाने हिसाबले कलम नचलाऊनु के हाम्रो पत्रकारिताको धर्म हो र ? यता पनि ध्यान जानु जरुरी छ । ज्योति प्रकरणमा मैले लेखेको स्टाटस लाई मिडिया देखी ब्यक्ती सम्म धेरै जसोले अतिरन्जित गरे । तर यसलाई सकारात्मक रुपमा लिने हो भने, मनन गर्ने हो भने त्यहा हामी सबै अनुशासन मा रहौ, मर्यादा सिमा को ख्याल गरौं भनेर मैले आफ्नै कलाकार जगत लाई स्मरण गराएको घच्घच्याएको मात्र थिएँ । न उनलाई नराम्रो बनाउन त्यो स्टाटस लेखिएको थियो न लेख्नै जरुरी छ । के हाम्रा हजुर बा हजुर आमा बाबु आमा परिवार छोरा छोरी सबै सँग सँगै बसेर पारिबारिक बाताबरणमा गीत हेर्न सुन्न इच्छुक छैनौँ र ? के तिजका गीत भनेका त्यस्तै हुन्छन र ?? यो घटना बाट पाठ सिकेर हामी सबै आफ्नो मर्यादा सिमा भित्र रहन सक्यौँ भने अबस्य त्यो सबै का लागि समाज का लागि फलदायी हुने छ । सबैको भलो होस् जय होस ।



भखरै मित्र रामहरी सुबेदी जी ले पठाउनुभएको स्क्रिन शट ।
   



अनलाइन खबरको स्क्रिन शट आँफै बोल्छ   




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक