20150816

पहाडतिर पस, नत्र तिम्रो सखाप हुन्छ - उपेन्द्र यादब

सुदूरपश्चिमका नागरिक राजनीतिक दलहरुले सदियौं देखी मिलेर बसेका थारु समुदायलाई उक्साएर हिंसात्मक आन्दोलन गर्न प्रेरित गरेको भन्दै कारवाहीको माग गरे
संघीय समाजबादी लोकतान्त्रिक फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादबले पहाडी समुदायलाई तराई छोड्न चेतावनी दिएका छन् । कैलाली क्षेत्र न १,२ र ३ का थारु समुदायको सहभागितामा भएको विरोध सभालाई विहीबार सम्बोधन गर्दै अध्यक्ष यादबले कञ्चनपुर-कैलालीदेखि चितवनसम्म थरुहट र पर्सादेखि झापासम्म मधेसीको बृत्ता भएकाले यहाँ पहाडिया बाहुन र क्षेत्रीलाई शासन सत्ता गर्न नपाउने अभिव्यक्ति दिए । उनले भने-‘यदि तिमीहरु शासन सत्ता चलाउन चाहन्छौं भने पहाडतिर पस, नत्र तिम्रो सखाप हुन्छ ।’ उनको यस्तो अभिव्यक्तिपछि सुदूरपश्चिमका नागरिक राजनीतिक दलहरुले सदियौं देखी मिलेर बसेका थारु समुदायलाई उक्साएर हिंसात्मक आन्दोलन गर्न प्रेरित गरेको भन्दै कारवाहीको माग गरेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक