20150808

आङकाजी शेर्पा भन्छन "बाहुनवादी राज्य ध्वस्त बनाउन आफूहरुको अभियान", कमल थापा, खुमबहादुर र ज्ञानेन्द्रलाई बन्दुकको निसाना बनाउने आङकाजीको सार्वजनिक चेतावनी !

ankaji"नेपालका सबै भन्दा अराजक, सन्काहा र पागल" समेत भनेर मान्छेहरुका बिच टिप्पणी हुने कथित  "आदीवासी जनजाति नेता" आङकाजी शेर्पाले राप्रपा नेपालका अध्यक्ष कमल थापा, कांग्रेस नेता खुमबहादुर खड्का र पूर्व राजा ज्ञानेन्द्र शाहलाई बन्दुकको निसाना बनाउने सार्वजनिक चेतावनी दिनुभएको छ ।
२१ औं आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति महासंघ, जनजाति युवा र महिला संघले संयुक्त रुपमा आज इटहरीमा गरेको कार्यक्रममा नेता शेर्पाले हिन्दु धर्मको वकालत गर्दै आएका तीन जनालाई सार्वजनिक रुपमै बन्दुकको निसाना बनाउने चेतावनी दिनुभएको हो ।
आदीवासी जनाजाति सभालाई सम्बोधन गर्दै उहाले लिम्बुवानमा भारतबाट जोगि ल्याएर हिन्दु धर्मको नाममा प्रदर्शन गराउने कमल थापा, खुमबहादुर खड्का र ज्ञानेन्द्र शाह विरद्ध दार्जेलिंग, बेलायत र भारतको सेनामा भएका गोर्खाली ल्याएर प्रदर्शन गरेभने हतिगत ठिक नहुने भन्दै बन्दुकको पहिलो निसाना बनाउने चेतावनी
दिनुभएको हो ।
नेता शेर्पाले आफूहरुले मागिरहेको धर्म निरपेक्ष, समानुपातिक सहभागीता, सिंमाकंन र नामाकंन सहितको प्रदेश लगायत मधेषी, दलित र जनजातिका मुद्धा सबै सिंहदरबार बाहिर रहेको पृथ्वी नारायण शाहको शालिक मुनी फाल्ने काम भएको आरोप लगाउदै बाहुनहरुले सिंहदरबार भित्र बसेर अहिले पनि पृथ्वीनारायण शाहको शासन आफूमाथि थोपारीरहेको बताउनुभयो ।
नेता शेर्पाले आफूहरुमाथि जातियताको आरोप लगाइएपनि सदियौंदेखि रहेको एकल जातिय बाहुनवादी राज्य ध्वस्त बनाउन आफूहरुको अभियान चलेको बताउनुभयो । उहाले जनताले चुनेका सभाषदहरुलाई थांनामा सुताएर, मुखमा ललिपप झुण्टाएर, कसैलाई मन्त्री र सभामुख बनाएर मौन बसाएर तीन जना बाहुनले नौ अर्ब खर्चेर पनि संविधान दिन नसकेको आरोप लगाउनुभयो ।
कार्यक्रममा अन्य जनजाति नेताहरुले समेत आदिवासी जनजातिका सवालमा राष्ट्र मौन बसेको भन्दै आपत्ति जनाएका थिए । कार्यक्रममा आदीवासीहरुले आफ्ना जातिय संस्कृति, भेषभुषा र नाँचगान प्रस्तुत गर्नुका साथै बिहान इटहरीमा झाँकी सहितको नगर परिक्रमा समेत गरेका थिए । धर्म निरपेक्ष जिन्दावाद, धार्मिक सर्वसत्तावाद मुर्दावाद, सिंमाकंन र नामाकंन सहितको संविधान जारी गर लगायतका प्लेकार्ड बोकेर आदीवासीहरुले प्रदर्शन गरेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक