20150927

बाबुराम भट्टराईले २४ घन्टा पनि नबित्दै मधेसी मोर्चाका नेता राजेन्द्र महतोलाई टेलिफोन गरेर आफूलाई मधेस आन्दोलनमा सहभागी गराउन अनुरोध गरे

भारतले नेपालमा गरेको अघोसित नाकाबन्दी र मधेशी दलहरुले गरेको घोसित नाकाबन्दीमा बाबुराम खुलेरै लागे
भट्टराईलाई संविधानविरोधी आन्दोलन गरिरहेका मधेस केन्द्रित दलले भव्य स्वागत गर्ने भए
 एमाओवादी पार्टी छोडेर  स्वतन्त्र जीवन विताउने घोषणा गरेका बाबुराम भट्टराईले २४ घन्टा पनि नबित्दै मधेसी मोर्चाका नेता राजेन्द्र महतोलाई टेलिफोन गरेर आफूलाई मधेस आन्दोलनमा सहभागी गराउन अनुरोध गरेका छन् । भट्टराईले आइतबार नेपाल सद्भावना पार्टीका अध्यक्ष रहेका राजेन्द्र महतोलाई टेलिफोन गरी आन्दोलनमा
सहभागी हुने इच्छा राखेका हुन् । उनले आफूले मधेस आन्दोलनको समर्थनका लागि राजीनामा दिएको र मधेसी जनताको मुक्तिका लागि लड्न तयार रहेको महतोसँग बताएका थिए । एकीकृत माओवादी परित्यागको घोषणा गरेका बाबुराम भट्टराईलाई संविधानविरोधी आन्दोलन गरिरहेका मधेस केन्द्रित दलले भव्य स्वागत गर्ने भएका छन् । भट्टराईको पार्टी परित्यागले मधेस आन्दोलनप्रति पहाडी र मध्यम वर्गको समेत समर्थन बढेको भन्दै उनीहरुले मध्य तराईका हरेक जिल्लामा बाबुरामको स्वागत गर्ने भएका हुन् ।
‘बाबुरामजीको विद्रोहले मधेस आन्दोलनलाई ठूलो उर्जा मिलेको छ, हामी उत्पीडनविरुद्ध विद्रोहको झण्डा उठाउने बाबुरामको यो कदमको स्वागत र सम्मान गर्दछौं’, केही समयअघि एमाओवादी छाडेका रामकुमार शर्माले भने, ‘ मधेसी जनता खुसीले गदगद भएका छन् । बाबुरामजीलाई स्वागत गर्न आतुर छन् ।’
आगामी १२ असोजमा जनकपुरमा सभासहित भट्टराईको स्वागत गर्ने कार्यक्रम तय भइसकेको जानकारी उनले दिए ।
यसअघि बाबुरामको मधेस आन्दोलनमा ऐक्यबद्धता जनाउन शुक्रबार जनकपुर जाने कार्यक्रम मधेसी मोर्चाको अवरोधका कारण रोकिएको थियो ।
उनीहरुले मधेसविरोधी संविधानमा हस्ताक्षर गरेको भन्दै एमाओवादी परित्याग गरेर आए मात्र मधेसमा प्रवेश गर्न दिने सर्त राखेका थिए ।
शर्माले काँग्रेस, एमाले, एमाओवादी र मधेस केन्द्रित दलका हजारौं कार्याकर्ताले भट्टराईको नयाँ शक्ति निर्माण अभियानलाई साथ दिने दाबी गरे ।
सोही दिनबाट नयाँ शक्ति निर्माणको ढोका खुल्ने दाबी उनको छ । एमाओवादीको औचित्य सकिएको निष्कर्षसहित भट्टराईले शनिबार पत्रकार सम्मेलन गरी एमाओवादीको सम्पूर्ण जिम्मेवारीसहित व्यवस्थापिका–संसदको सदस्यसमेत परित्यागको घोषणा गरेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक