20151116

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी (मेट्रो) अमेरिकाको आयोजनामा अमेरिकाको भर्जिनियामा तिहार पर्बको अबसरमा खेलिने देउँसी भैलोको सँस्कृती परम्परालाई निरन्तरता दिँदै यसरी खेलियो देउँसी भैलो !



INLS deusi bhailo
Posted by Pushpa Ghimire on Monday, November 16, 2015
बुढी आमाले भनिन - अमेरिका आए पछी यस्तो राम्रो देउँसी भैलो मैले बल्ल देखेँ, सुने, मनै रमायो अर्को साल पनि आउनुहै बाबु नानीहरु !    
 कती खेर अनेसासका वाशिँगटन डिसी मेट्रो उपाध्यक्ष रोल्पाली भुपनारायण घर्तीमगर र उनकी छोरी बिना देउँसिरे भन्दै छमछमी नाच्थे त कतिखेर गुल्मेली प्रकाश नेपाल । मादल बजाउन छोडेर नाच्ने मात्र होइन प्रकाश नेपाल देउसिरे पनि मिलाएर भन्न भ्याउँथे । अनेसास देउँसी भैलो सँयोजक पुश्पा घिमेरेको को टुक्का मात्र होइन
परिवार नै नाच्न देउसिरे छोप्न मग्न देखिन्थे भने उपाध्यक्ष बिमला निरौला परिवार पनि । अनेसास पूर्व अध्यक्ष पुरु सुबेदी देखी सदस्य  रबिन्द्र श्रेष्ठ सम्म, अनेसासका पिता होमनाथ सुबेदी देखी प्रेम सङ्रौला, मँजु कार्की, रघु सुबेदी, मौसम श्रेष्ठ र वहाँको परिवार सम्म सबैले अनेसासका वाशिँगटन डिसी मेट्रो अध्यक्ष रामप्रसाद खनालको देउसी भैलो भट्ट्याइ र देउँसी गीतमा मज्जाले कम्मर भाँचे । अरु त अरु कहिलै ननाच्ने गोबिन्द मन्दिरा मैनालीले समेत यस पटक देउसी भैलो मज्जा सँग सँग नाचे । कल्पना सुबेदी, प्रज्ञान सुदु मैनाली, लोक कुमारी, गोमा, खेम सङ्रौला, श्याम सुन्दर देखी दर्जनौ लाई पनि यो पटक देउसी भैलो मज्जाले लाग्यो । नाच्ने गाउने बजाउने देउसीरे भन्ने सम्म साथ दिएर यस पटक अनेसासले अमेरिकामा पहिलो पटक आयोजना गरेको तिहारको देउसी भैलोमा सबै रमाए । दक्षिणा समाए तर त्यो दक्षिणा अनेसासका कार्यक्रमहरुमा खर्च गरिने अध्यक्ष रामप्रसाद खनालले सुनाए र यो देउसी भैलो सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । एकजना बुढी आमा नन्दादेबी भन्दैहुनुहुन्थ्यो - अमेरिका आए पछी यस्तो राम्रो देउँसी भैलो मैले बल्ल देखेँ सुने मनै रमायो अर्को साला पनि आउनुहै बाबु नानीहरु !



































                         

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक