20160102

एउटा अर्को खनाल जो काठमाडौं हल्लाइरहेछन !

एसएसपी सर्वेन्द्र खनाल अर्थात काठमाडौं महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख। यिनलाई दृढ र बहादुर प्रहरी अफिसर भनेर चर्चा बढेको छ। यी तिनै प्रहरीअधिकृत हुन् जसले मधेसमा काम गर्दा सशस्त्र समूहलाई निरस्त्र पार्ने काम गरे। अहिले राजधानीमा कार्यरत छन् र गुण्डाहरुको सातो लिन सफल भएका छन्। इन्काउण्टर यिनको विशेषता हो, त्यही कारण पनि यिनको चर्चा छ। खासगरी गुण्डा नाइकेहरु सर्वेन्द्र खनाल भनेपछि सातो गएको अनुभव गर्छन्। अहिले राजधानीमा उठ्ती, कालोधन्दा गर्ने, अपहरण, दादागिरी गर्नेहरु हायलकायल छन्। कतिपय गुण्डानाइकेहरु त राजधानीबाट बाहिर पलायन भएका छन्। यिनको भ्रष्टाचार चरित्रको कुरो सुनिएको छैन। यिनी भन्छन् जनताको राजस्व खाएर देशमाथि गद्धारी गर्नेलाई सहन सकिन्न। प्रमाण पाएसम्म कसैलाई छाड्दिन।
राजधानीको गुण्डा नाइके कुमार घैंटेको इन्काउन्टर र फुटबलको म्याच फिक्सिङ प्रकरणमा यिनले देखाएको बहादुरीपूर्ण कर्तवले जनस्तरमा खुबै चर्चा पायो। रिमोटबाट कम तेल दिएर भ्रष्टाचार गर्ने प्रकरण पनि यिनकै खुलासा हो। ललितपुर बडीखेलको हत्याकाण्ड, वैंकको नक्कली एटीएम काण्ड, अवैध कन्सल्टेन्सी काण्ड, युनिटीका सञ्चालकको पक्राउ, यिनले सहसचिव स्तरसम्मका कर्मचारीलाई पनि छाडेनन्।  ६ महिनामा १ सय ३३
अपरेसन गर्ने यी प्रहरी अधिकारी प्रशंसाका पात्र बनेका छन्। प्रहरीले चाह्यो र उसमा केही गर्ने इच्छाशक्ति जगाउन सकियो भने कानुन व्यवस्था बनाइराख्न नेपाल प्रहरी कति सक्षम रहेछ भन्ने उदाहरण हुन् यिनी। यद्यपि लामो समयदेखि राजनीतिकरण भएको नेपाल प्रहरीमा एकाध अफिसरमात्र यसरी काम गरिरहेका छन्। आइजीपी नै भ्रष्टाचार चरित्रमा मुछिएको, कतिपय अफिसरहरु नाकावन्दी र हाहाकारको लाभ लिन ग्यास, पेट्रोल कालोबजारी गर्न हिडेको कलंक यही नेपाल प्रहरीभित्र व्याप्त रहेको छ। अभावको स्थितिमा आमनागरिक हप्तौंदेखि सवारी साधन, भााडाबर्तन लाइनमा राखेर इन्धनको क्यू बसिरहेको स्थितिमा नेपाल प्रहरी र सशस्त्रका खटिएका जवान, अधिकृतहरुले आफैले कालोबजारी गरिरहेको पनि देखिएकै हो। सडकमा सवारी साधन पार्किङमा समेत हप्ता उठाउने प्रहरीभित्र यति सानो चित्त भएकाहरुको बोलवाला छ। त्यो गलत कृयाकलापलाई चिर्दै एउटा उत्प्रेरणा बनेका छन् सर्वेन्द्र खनाल। सकल दर्जाका प्रहरीले इमान र जिम्मेवारीको पालना गर्ने हो भने नेपालका प्रहरी विश्वका प्रहरीभन्दा धेरै उच्चकोटीका र सक्षम छन् भनेर प्रमाणित गर्न सक्छन्। तर दुर्भाग्य राजनीतिले त्यो क्षमतामा निरन्तर हस्तक्षेप गरेर खिया लगाइरहेको छ र एकाधमात्र कर्तव्यपथमा देखिन्छन्।
हो, व्यक्ति प्रशंसा गरेर देश विकास हुन्न। तर नेपालमा भनसुन र मनसुन अझै पनि हावी भइरहेको छ। आफ्नालाई अयोग्य भए पनि योग्य देख्ने र योग्यलाई पन्छाउने चलन जारी छ। यो समस्या सशस्त्र र नेपाल प्रहरीमा झन बढी छ। यो त्यही नेपाल प्रहरी हो जहाा ४४ करोडको युएन मिसनको खरिदमा २८ करोड भ्रष्टाचार भएको थियो र पूर्व ५ आइजीपीहरुले दण्डित हुनुपरेको थियो। यसको अर्थ नेपाल प्रहरीभित्र व्यापक भ्रष्टाचार कायम छ र नैतिक मूल्य र कर्तव्यको पालना साह्रै कमजोर स्थितिमा छ। यो त्यही प्रहरी हो, जहाा सुन्तली धामीजस्ती महिला प्रहरीमाथि प्रहरीले नै सामुहिक बलात्कार गरेका थिए। अव त सुध्रेला नि भन्दा पनि नेपाल प्रहरीभित्र सुधार आएको छैन। एकाध प्रहरी ज्यान हत्केलामा राखेर कर्तव्यमा जुटेका छन्, तिनले नै प्रहरीको इज्जत जोगाइरहेका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक