20160328

सिचाइ मन्त्री उमेश कुमार यादवले सिचाईसँग सम्बन्धित सूचना तथा जानकारी मैथिली भाषामा प्रकाशन तथा प्रसारण गर्न मातहतका निकायलाई निर्देशन दिए !

नेपाली भाषा नबुझ्ने भएछन नेपालीहरु ! कस्तो बन्दै छ नेपाल ?? कता जाँदैछ नेपाल ?? यो सानो समाचारले पनि ठुलो समाचार बोकिरहेको छ । 
  सिचाइ मन्त्री उमेश कुमार यादवले सिचाईसँग सम्बन्धित सूचना तथा जानकारी मैथिली भाषामा प्रकाशन तथा प्रसारण गर्न मातहतका निकायलाई निर्देशन दिए । महोत्तरी जिल्ला सिचाई डिभिजन कार्यालय तथा त्यस मातहतका कार्यलय अनुगमन गर्ने क्रममा त्यस्तो निर्देशन दिएका हुन ।  सिचाई कार्यालयबाट के के सुविधा पाईन्छ, माग फारम तथा अन्य फारमहरू कहाँ पाईन्छ भन्ने कुराको समेत जानकारी नभएकाले बुझ्ने भाषामा सूचना प्रकाशन गर्न उहाँले निर्देशन दिए । टाढा गाउँमा बस्ने किसानहरू एउटा फारमकै लागि कार्यालय
धाउनु पर्छ, त्यो राम्रो होइन, उहाँले भन्नुभयो, गाविस कार्यालय, पुस्तकपसलहरूमा पनि फारम पाउने व्यवस्था गर्नुस् । माग फारमहरू सहज रूपमा पाउनु पर्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक