20160329

बरिष्ठ पत्रकार टंक पन्तलाई नेपाल सरकारले नेपाल टेलिभिजनको संचालक समितिको सदस्यमा नियुक्त

काठमाडौ / हाम्रा सहकर्मी, बरिष्ठ पत्रकार  टंक पन्तलाई  नेपाल सरकारले नेपाल टेलिभिजनको संचालक समितिको सदस्यमा नियुक्त गरेको छ ।   नेपाल सरकारले ख्यात्रि्राप्त ब्याक्ति मध्येबाट टेलिभिजनमा नियुक्त गर्ने कोटामा बरिष्ठ पत्रकार पन्तलाई नियुक्त गरेको सुचना तथा संचार मन्त्रालयले जनाएको छ । पन्तले यसअघि पनि सचालक सदस्य रहेर नेपाल टेलिभिजनकै इतिहासमा  सगठन सरचना कस्तो हुनर्ुपर्छ भनी अध्ययन गरी प्रतिबेदन दिनुभएको थियो । त्यतिबेला प्रभाबकारी र सफल भुमिका निर्बाह गरेकै कारण उहालाई  ४ बर्षा लागि नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।  ०४८ साल देखि दैनिक समाजबाट पत्रकारिता प्रारंभ गर्नुभएका बरिष्ठ पत्रकार टंक पन्तले दैनिक समाजमा गर्दा गर्दै पछिल्लो समयमा  मातृभुमि साप्ताहिक र प्रजातन्त्र साप्ताहिकमा पनि  आबद्ध भएर  काम गर्नुभएको थियो   । ०५२ साल पुस २७ गतेबाट प्रकाशन प्रारभ भएको  नेपाल समाचार दैनिकमा  प्रकाशन  हुनुभन्दा दर्ुइ दिन अघि अर्थात पुस २५ गतेबाट आबद्ध हुनुभएका पन्तले सो पत्रिकामा दर्ुइ दशक बढी बिताउनुभयो    ।
नेपाल समाचारपत्र दैनिकको महत्वपर्ुण्ा जिम्मेबारीमा हुदा हुदै पन्तले  नेपाल टेलिभिजनको सचालक
समितिको सदस्यका रुपमा तोकिएको समयअबधि भरि आपनो भुमिका निर्बाह गर्नुभएको थियो । यसअघि   टेलिभिजनमा रहंदा उहाले  निर्बाह गरेको   रचनात्मक भुमिका प्रति टेलिभिजन परिबारले सधै सम्झने गरेको छ । साथी पन्त लाई हाम्रो पनि बधाई र सफल कार्यकालका लागि शुभकामना । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक