20160423

अन्तर्राष्ट्रिय कलाकार मञ्च कुवेत, शाखाको प्रथम अधिवेशन एवं साँस्कृतिक कार्यक्रम भब्य रुपमा यसरी सम्पन्न भयो !

 केन्द्रिय समितिका तर्फबाट अध्यक्ष रामप्रसाद खनालद्वारा कुवेत शाखा परिवारलाई धन्यवाद र बधाई ब्यक्त !
  image
- आकाश शेर्पा, कुवेत
अप्रिल २३- “मौलिक कला र संस्कृतिको साथमा कलाकारको जगेर्ना गरौ “ भन्ने मुल नाराका साथ आयोजना गरिएको अन्तर्राष्ट्रिय कलाकार मञ्च  कुवेत, शाखाको प्रथम अधिवेशन एवं मञ्चको अन्लाईन पत्रीका iafkuwait.com को उद्घाटन बिबिध संस्कृतिक कार्यक्रमको साथमा हिजो अप्रिल २२ तारिख मुर्गाब स्थित
प्यारागन होटलमा सम्पन्न भएको छ ।

image
म्हेन्दोमाया गायक तथा मञ्चका अध्यक्ष पुष्प वाइबा तामाङको सभापतित्वमा र गैर आवसिय नेपाली संघ कुवेत शाखाका अध्यक्ष अर्जुन तामाङको प्रमुख अतिथिमा सम्मान उक्त कार्यक्रममा आइसिसी मध्य पुर्ब उप-संयोजक धर्मराज गिरी, नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपाने लगाएत कुवेतमा  क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरु  स्थानीय मिडियाका पत्रकारहरु , समाज सेवि बुद्धिजीवी  साथै नेपाल बाहिर बाङ्लादेश, श्रीलंका , भारतका कलाकार र  नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।
image
कार्यक्रमलाई मञ्चका  महासचिव सुरेश घ्याबा तामाङले नेपालीमा र सदस्य आकाश तामाङले अङ्ग्रेजी भाषामा संचालन गरेका थिए भने प्रमुख अतिथि र बिशेष अतिथिहरुले संयुक्त रुपमा पानासमा बत्ती बालेर उद्घाटन लगातै राष्ट्रिय गान बाट कार्यक्रम सुरु भएको थियो । मञ्चका महिला उपाध्यक्ष इन्दिरा शाही ठकुरीले स्वागत मन्तव्यबाट उपस्थित सबैलाई स्वागत गरेका थिन । मञ्चका कलाकारहरुले सामुहिक स्वागत गित “यो नेपाली शिर उचाली” बोलको गान गाएर नेपालीको शिर ठाडो पर्नुका साथै हलमा रौनक बढाएका थिए । अन्तर्राष्ट्रिय कलाकार मञ्चका केन्द्रिय अध्यक्ष रामप्रसाद खनाललाई कुवेत शाखाले निमन्त्रणा गरेता पनि उहाको  कार्य ब्यास्ताताको करण प्रतक्षमा उपस्थित हुन नसकेमा दुख प्रकट गर्दै यस खुशीको अवसरमा भिडियो मार्फत कुवेत शाखालाई शुभकामना संदेश  दिएका थिए भने कतार शाखाबाट पनि लिखितरुपमा पठाएको शुभकामना सन्देशलाई उपाध्यक्ष इन्दिरा शाही ठकुरीले वाचन गरि सुनाएकी थिइन ।
image
निर्धारित समय  भन्दा केही समय ढिला सुरु भएको कार्यक्रममा नेवार समुदायको चर्चित लाखे नाच, लिम्बु हरुको धान नाच , किरात राईहरुको साकेला नाच, गुरुङहरुको सोराठी नाच, लालीगुराँस साँस्कृतिक मञ्चबाट पञ्चे बाजाको साथमा बाङ्लादेशका कलाकारहरुले स्थानीय भाषाको कला प्रस्तुत गरेको थिए भने  भारतीय गायक इलियसले पनि आफ्नो प्रस्तुति दिएका थिए । त्यसैगरी श्रीलंकाका गायक युसुफ द्वारा गाएको गितमा “वान्स मोर” पाएका थिए । गायिका इन्दिरा शाही ठकुरी र गायक माधव शर्माको दोहोरीले माहोल गुञ्जयमन भएको थियो साथमा लाक्पा लामा ,कुमार पाख्रीनले गित र श्याम पाख्रीनले  नृत्य प्रस्तुति दिएका थिए । मंचका अध्यक्ष पुष्प लामा वाइबाले बाङ्लादेश र श्रीलंकाका कलाकारलाई नेपाली ढाका टोपी द्वारा सम्मान गरेका थिए  भने बाँकी  कलाकारहरुलाइ  हरेकको प्रस्तुति पछी सबैलाई खादा ओढाएर सम्मान गरेका थिए । नेपाल बाहिरका  कलाकारले नेपाली समुदायको प्रस्तुतिलाई तारिफ गरेका छन ।
image
मञ्चका नयाँ कार्य समितिहरु यसप्रकार रहेका छन
अध्यक्ष               पुष्प वाइबा तामाङ
उपाध्यक्ष             इन्दिरा शाहि ठकुरी
कोषाध्यक्ष           रत्न मोक्तान
सह- कोषाध्यक्ष    रेशम लामा
महासचिव           सुरेश घ्याबा तामाङ
सचिव                राजु तामाङ , नवराज आचार्य
प्रवक्ता                इष्टमान वाइबा”लामा भाइ”
सदस्यहरु:- इलिएस विन सकात,विश्व तामाङ ,कुशुम राई, अनिल लामा,चन्द्रा तामाङ, डोल्मा पाख्रीन,मोनिया मुखिया, राजकिसान चौधरी,अविनाश तामाङ, कुमार पाख्रीन,श्याम पाख्रीन,नुमा राई, राजु थापा
image
संरक्षक :- लोक गायाक डिबी लोप्चान
बरिस्ठ सल्लाहकारहरु :-
मुरलिवीर(भारतीय)
युसुफ महम्मद (श्रीलंका)
नैनाकला राई (नेपाल)
सल्लाहकारहरु :-
श्याम लामा
धनप्रसाद गुरुङ
दिलकुमार पाख्रीन
सुधीर राई
रामकुमार तामाङ
नवीन लोप्चान 
image
कार्यक्रमलाई सभ्यभब्य बनाउन आर्थिक, नैतिक र भौतिक हरेक तवरले सहयोग गर्ने संघ संस्था र ब्यक्ति विशेष सबैलाई  धन्यवाद दिदै सभापति तामाङले कार्यक्रम समापन गरेको थियो ।







































No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक