20160407

नेपाली सेनाले अब एकैपटक १० हजारको हाराहारीमा आफ्नो सेनालाई द्वन्द्वग्रस्त मुलुकमा पठाउन सक्ने योजना सार्वजनिक गर्‍यो !


विश्व शान्तिका लागि ठूलो योगदान पुर्याउँदै आएको नेपाली सेनाले आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने भएको छ।
राष्ट्रसंघको आ≈वानमा विश्वका विभिन्न मुलुकमा शान्ति सेना पठाउँदै आएको नेपाली सेनाले अब एकैपटक १० हजारको हाराहारीमा आफ्नो सेनालाई द्वन्द्वग्रस्त मुलुकमा पठाउन सक्ने योजना सार्वजनिक गरेको छ।
विश्वमा नै शान्ति सेनाका लागि ख्याति कमाएको नेपाली सेनाले यसअघि एकैपटक ५ हजारको हाराहारीमा मात्रै शान्ति सेना पठाउँदै आएकोमा यसपटकबाट भने सरकारले कुल सैनिक संख्याको १० प्रतिशतसम्म सेना पठाउन जंगी अड्डालाई अनुमति दिएपछि सेनाले उक्त संख्यामा शान्ति सेना पठाउने तयारीलाई अन्तिम रूप दिन लागेको जानकारी नेपाली सेनाको शान्ति सेना सञ्चालन निर्देशनालयका निर्देशक सहायकरथी सुरेशराज थापाले जानकारी दिनुभयो। सन् १९५८ बाट शान्ति सेनामा आफ्नो सहभागिता जनाउँदै आएको नेपालले यसपटकबाट राष्ट्रसंघका लागि हेलिकोप्टर सेवासमेत उपलब्ध गराउन आफ्नो हवाई निर्देशनालयलाई समेत निर्देशन दिइसकेको छ।
सरकारले नेपाली सेनाका लागि एक वर्षभित्र ४ वटा आधुनिक हेलिकोप्टर किनिदिने आश्वासन दिएपछि नेपाली सेनाले राष्ट्रसंघको मिसनमा २ वटा हेलिकोप्टरबाट सेवा दिन सक्ने आश्वासनसमेत दिएको सहायकरथी थापाले जानकारी दिनुभयो।
भौतिक पूर्वाधारको हिसाबले पनि नेपाली सेना सक्षम हुँदै गएको र राष्ट्रसंघको मुख्यालयले समेत थप शान्ति सैनिक पठाइदिन गरेको आग्रह सरकारले स्वीकार गरेका कारण शान्ति सैनिकको संख्या बढ्न लागेको हो।
‘सेनालाई अब थप फौज पठाउन झन्डै ७ अर्ब रुपियाँ आवश्यक पर्ने र त्यो पनि सेनाले मिलाइसकेको छ’ –सहायकरथी थापाले भन्नुभयो। नेपाली सेनाले यसअघि इन्जिनियर कम्पनी र इन्फेन्ट्री बटालियन मात्रै राष्ट्र संघको अनुरोधमा शान्ति सैनिकका रूपमा खटाउँदै आएकामा अब भने स्पेसल फोर्स कम्पनी र हवाई सेवा कम्पनीसमेत उपलब्ध गराउने भएको हो।
सेनाले राष्ट्र संघको स्वीकृतिपछि थप फौज पठाउन ३० प्रतिशत काम गरिसकेको छ भने बाँकी काम पनि अगाडि बढाएको सहायक रथी थापाले जानकारी दिनुभयो। राष्ट्र संघको अनुरोधमा हाल विभिन्न १५ वटा मिसनमा ४ हजार ४ सय १० जना शान्ति सैनिकका रूपमा नेपाली सेना कार्यरत रहेका छन्। विश्वको छैठौं ठूलो शान्ति सैनिक तैनाथ गर्ने मुलुकका रूपमा नेपाल चिनिन्छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक