20160527

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज स्थापनाको २५ औं बर्षगांठ / रजतजयन्ती बिशेष समारोह आयोजना हुँदै । सबैलाई चुल्हे निम्तो

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीकोको तर्फ बाट र एक आयोजकका तर्फ बाट पनि हामी समुदायका सम्बन्धित सबैलाई यो कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौँ । यो खुल्ला कार्यक्रम हुने छ र जो कोहिले पनि प्रबेश पाउनुहुने छ जुन ५, बिहान १० बजेको कार्यक्रममा ।


आदरणीय महानुभाबहरु हरु,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज स्थापनाको २५ औं बर्षगांठको अबसरमा यही जून ४ र ५, २०१६ मा Best Western Battlefield Inn, 10820 Balls Ford Road, Manassas, Virginia 20109 मा रजतजयन्ती बिशेष समारोह आयोजना गरिने सहर्ष जानकारी गराउन चाहन्छौं । रजतजयन्ती समारोहमा विश्वका विभिन्न मुलुकका साहित्यकारहरुको उपस्थिति रहने र कार्यक्रममा बिशेष छलफल, विभिन्न सम्मान प्रदान, काब्य गोष्ठी आदि कार्यक्रमको आयोजना हुने सो अवसरमा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।
नेपाली साहित्यको विश्वब्यापिकरणको यो अभियानमा सशक्त यस संस्थाको आयोजनामा सम्पन्न हुने यस बिशेष समारोहमा यहाँको उपस्थितिले संसारभर रहेका नेपाली भाषा साहित्यकर्मीहरुमा थप उत्साह र मनोबल प्रदान हुने कुरामा विश्वस्त छौँ । कार्यक्रम सम्बन्धी जानकारी यसैसाथ संलग्न छ ।
सधन्यवाद,
भवदीय,
पदम विश्वकर्मा - अध्यक्ष,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमिति, फोन नं : ७२०-६२८-६३१३, www.inls.org
कार्यक्रम हुने ठेगाना:
Best Western Battlefield Inn
10820 Balls Ford Road,
Manassas, Virginia 20109
Date: June 5 2016
Time: 10 am






No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक