20160710

खस क्षत्री–बाहुनका यी कुरा अरू जातिले पनि सुनुन् !

वल्लो किराँतका ‘मुखिया’, माझ किराँतका ‘राई’ र पल्लो किराँतका सुब्बाको म ‘रैती’ थिएँ !

1468056254Raghu-mainali.jpg  राणाकालमा ठेक्का थितिअनुसार ३० रुपियाँ उठ्ती हुने ६० मुरी खलाखेत सरकारलाई बुझाउनेलाई ‘सुब्बा’को दर्जा र १५ रुपियाँ उठ्ती हुने ३० मुरी खलाखेत बुझाउनेलाई ‘राई’ दर्जा दिए । अहिले त्यही राणा शासकले दिएको (‘राई’) दर्जा कमरेड अशोक राईहरूको चिनारी भएको छ । त्यसैगरी विजय सुब्बा, चैतन्य सुब्बाहरू पनि राणाकालमा बाबुबाजेले पाएको शासकीय उपाधीको सोही ‘पहिचान’ कल्की लगाएर मलाई भन्दैछन्, तिमीहरू शासक हौ र शोषक हौ । वल्लो किराँतका ‘मुखिया’, माझ किराँतका ‘राई’ र पल्लो किराँतका सुब्बाको म ‘रैती’ थिएँ ।          

  - रघु मैनाली 
कुरा नयाँ होइन, तर सान्दर्भिक भयो । त्यसैले केही लेख्नु जरुरी ठानेँ । म लिङ्ग, नश्ल, वर्ण र रंगका आधारमा समाज र राज्यको परिभाषा खोज्ने प्राचीन मानव चेतनाको पक्षधर होइन । वर्तमानका मेरो सर्वजाति अभिभावक, संगी र भावी सन्ततीहरूवीच परस्पर घृणा फैलाउने र बदलाको भावना सिर्जना गर्ने कुरा म सोच्नसम्म पनि सक्तिनँ । तसर्थ मेरै विगत र सन्निकट इतिहासको अतिब्याख्या, अल्पब्याख्या र अपब्याख्या भइरहेकोले तथ्य र यथार्थको उजागर गर्नु यो लेखको पहिलो अभिलाषा हो । इतिहासका नाममा चर्को स्वरले आफ्ना मनोगत स्वार्थहरूलाई भरमार ब्याख्या गर्ने वर्तमानको नाङ्गो राजनीतिक प्रवृत्तिलाई खबरदारी गर्नु दोस्रो अभिलाषा हो ।                                                                              
कुरा वर्तमानबाटै थालौँ । म नेपालको मेची महाकाली फैलिएर जुगौँदेखि बसोबास गरिरहेको खस बाहुन, क्षेत्री । एनेकपा (माओवादी) र केही कम्युनिस्ट कलेबरका जनजाति नेताहरूले हिजोआज चित्रण गर्ने गरेको सदिऔँदेखिको शासक र शोषकको पर्याय । नेपालको अन्तरिम संविधान २०६३ को (शुरूका) शब्दमा
‘अन्यजाति’ (आजकाल ‘खस आर्य’ भनी परिभाषित) । मेरो परिचय सत्ता राजनीतिको उन्मादले पटकपटक परिवर्तन गरिरहन्छ जसले गर्दा मेरो विगत, वर्तमान र भविष्यको परिचय सत्ता स्वार्थका उन्मादी ब्याख्याताहरूले आफ्नो अनुकूल ब्याख्या गरे, गरिरहेका छन् र गरिरहने पनि छन् । भविष्यमा म कसरी परिचित हुन्छु ठ््याम्मै थाहा छैन । तर मेरो इतिहास, विगत र वर्तमानका बारेमा तपाईँलाई भन्नैपर्ने अब मसँग केही तथ्य, यथार्थ र सन्दर्भहरू छन् ।
अढाइसय वर्षअघिको नेपालको कुरा गर्ने हो भने यहाँ बाइसी–चौबिसी राज्य थिए । ती राज्यमा वंशजका आधारमा राजा हुन्थे, शाहवंश, सेनवंश, मल्लवंश इत्यादि । वंशजका आधारमा राजा हुनु भनेको जात वा सम्प्रदायको प्रतिनिधित्व गर्नु होइन । त्यसैले यस्ता राज्य व्यवस्थालाई इतिहासकारहरूले जहानिया शासन भने । त्यसबेला मेरो परिचय वंशीय राज्यको रङ्क थियो ।
२०६४ सालमा त अबचाहिँ नागरिक भएँ भनी मख्ख परेका बेला मेरो परिचय अचानक फेरि बदलियो र म सदिऔँदेखिको शासक र शोषणको पर्याय बनेछु । तिनै मलाई रङ्क, रैती, प्रजा बनाउनेहरू नै यो आरोप लिएर चर्को स्वरमा कराउन थाले । कस्तो बिडम्बना ! यसै बेला मौकाको फाइदा उठाउन तराईका बाहुन–क्षेत्री मैमाथि खनिए— खस बाहुन–क्षत्रीहरू शोषक हौ भनेर । तिमी मधेसी बाहुन क्षत्री अर्थात वैदिक बाहुन । हिन्दूशास्त्रका हेपाहा थिति तिमीले बसाल्यौ, जयस्थिति मल्ललाई नेपालमा वर्णाश्रम व्यवस्थाको सुरुआत गर्न तिमीले सिकायौ, मुलुकी ऐन तिमी झा बाहुनहरूले लेख्यौ । यु.एन्.डी.पी. नेपालले निकालेको मानव विकास प्रतिवेदनमा नेपालको सबै हिसाबले अतिसम्पन्न जातिको सूचकांकमा पनि तिमी तराई बाहुन–क्षत्री एक नम्बरमा छौ । कस्तो गज्जब ! धान खाने मुसो चोट पाउने भ्यागुत्तो ।

मलाई पढाइएको इतिहासकै शब्दमा भन्दा बि.सं. १८३० को सुरुआतसम्ममा गोरखाका शाहवंशीय राजा पृथ्वीनारायण शाहले बाइसी–चौबिसी राज्यहरू एकीकरण गरी नेपाल देश बनाए । राजा पृथ्वीनारायणले १८३१ साउन २२ गते मुलुकी लालमोहरमा ‘किराँत–लिम्बुवान क्षेत्र लिम्बू कुल–भाईलाई दियौँ’ भनी लेखिदिए । यसै गरी रणबहादुर शाहले १८४३ सालमा लालमोहर लगाई तिरो लिने अख्तियारी उनीहरूलाई दिए । राणाकालमा ठेक्का थितिअनुसार ३० रुपियाँ उठ्ती हुने ६० मुरी खलाखेत सरकारलाई बुझाउनेलाई ‘सुब्बा’को दर्जा र १५ रुपियाँ उठ्ती हुने ३० मुरी खलाखेत बुझाउनेलाई ‘राई’ दर्जा दिए । अहिले त्यही राणा शासकले दिएको (‘राई’) दर्जा कमरेड अशोक राईहरूको चिनारी भएको छ । त्यसैगरी विजय सुब्बा, चैतन्य सुब्बाहरू पनि राणाकालमा बाबुबाजेले पाएको शासकीय उपाधीको सोही ‘पहिचान’ कल्की लगाएर मलाई भन्दैछन्, तिमीहरू शासक हौ र शोषक हौ । वल्लो किराँतका ‘मुखिया’, माझ किराँतका ‘राई’ र पल्लो किराँतका सुब्बाको म ‘रैती’ थिएँ ।
पुरानो ‘किपट प्रथा’ मा किपटीयाले आफ्नो किपटमा चलानीद्वारा अरु जातका मानिसलाई बसाउन पाउँथे । यसरी बसाइएका मानिसलाई ‘रैती’ भनिन्थ्यो । उनीहरू ‘रैती’ बाट तिरो असुल्थे । तिरोका अतिरिक्त ‘सुब्बा’ जिम्मावालहरूले रैतीबाट असुल्ने ठेकीबेठी, नगद–नजराना, झारा, दशैँ भाग पर्थे । त्यस बेलाका अरू नानाभाँती थितिको अहिले धेरै बयान नगरौँ । कमरेड सूर्य कन्दङ्वाले किसान मुक्तिका लागि सुब्बा जिम्मावालको यही शोषणका विरूद्ध आठराई भेगमा संघर्ष गरेर आफ्नो कम्युनिस्ट राजनीतिक यात्रा सुरु गरेका थिए । यसरी नेपालमा जग्गा नापी सुरु नभएसम्म म रैती थिएँ । र, मैले चिठी पाउने ठेगाना थिए— ‘वल्लो किराँत’, ‘माझ किराँत’, ‘पल्लो किराँत’ आदि इत्यादि । मलाई कतै सुब्बा, कतै राई, कतै घलेले शासन गरे, कतै मुखियाले अनि कतै चौधरीले । २०३५/३६ सालसम्ममा नेपालका धेरै भागमा नापी भइसकेको थियो । नापीपछि ती भेगमा मेरो परिचय शाहवंशीय राजाको प्रजामा बदलियो र म ‘प्रजा’ भएँ ।
म सुब्बाहरूको थिचाइमा परेँ, तर लिम्बूहरूको होइन । म राईहरूको पेलाइमा परेँ तर किरातीहरूको होइन, म मुखिया, घले र चौधरीको मिचाइमा परेँ तर मगर, गुरूङ् र थारूहरूको होइन । त्यस बेला धेरै लिम्बू, धेरै किराती, धेरै मगर, गुरूङ्, थारुहरू मजस्तै निरिह जीवन बाँच्न बाध्य थिए, जुन वंशीय, जातीय शासनको स्वभाव पनि हो । 

यी थरिथरिका वंशीय शासन र तिनका साँठगाँठ गरेर राज्य चलाइरहेका सुब्बा, राई, मुखिया, घले र चौधरीका बिरूद्ध म इतिहासभरि मुक्तिको संघर्ष गरिरहेँ । ‘मकै पर्व’ मैँमाथि आइलाग्यो, राजद्रोहको भागीदार पनि ठूलो संख्यामा मै बन्नुप¥यो । सर्वश्वहरण, देशनिकाला, जेल सँजाय आदि इत्यादि सजायँ मैमाथि आईपरे । यसरी म मुक्तिको आन्दोलनमा वंशीय शासनका बिरूद्ध अग्रिम मोर्चामा डटिरहेँ । १९९७ साल होस् कि ००७ साल, २०३६ साल होस् कि २०४६ साल अनि २०६३ साल । २०४६ सालको जनआन्दोलनपछि म जनता भएँ भनी गर्व गर्न थालेँ । २०५८ सालमा फेरि मलगायत सबै नेपाली जनतामाथि अनिष्ट आइलाग्यो । २०६१ सालमा त बज्रपातै भयो । फेरि २०६३ सालमा शाहवंशको बिरूद्धमा अन्तिम लडाईँमा सामेल भएँ । २०६४ सालमा त अबचाहिँ नागरिक भएँ भनी मख्ख परेका बेला मेरो परिचय अचानक फेरि बदलियो र म सदिऔँदेखिको शासक र शोषणको पर्याय बनेछु । तिनै मलाई रङ्क, रैती, प्रजा बनाउनेहरू नै यो आरोप लिएर चर्को स्वरमा कराउन थाले । कस्तो बिडम्बना ! यसै बेला मौकाको फाइदा उठाउन तराईका बाहुन–क्षेत्री मैमाथि खनिए— खस बाहुन–क्षत्रीहरू शोषक हौ भनेर । तिमी मधेसी बाहुन क्षत्री अर्थात वैदिक बाहुन । हिन्दूशास्त्रका हेपाहा थिति तिमीले बसाल्यौ, जयस्थिति मल्ललाई नेपालमा वर्णाश्रम व्यवस्थाको सुरुआत गर्न तिमीले सिकायौ, मुलुकी ऐन तिमी झा बाहुनहरूले लेख्यौ । यु.एन्.डी.पी. नेपालले निकालेको मानव विकास प्रतिवेदनमा नेपालको सबै हिसाबले अतिसम्पन्न जातिको सूचकांकमा पनि तिमी तराई बाहुन–क्षत्री एक नम्बरमा छौ । कस्तो गज्जब ! धान खाने मुसो चोट पाउने भ्यागुत्तो ।
म सुब्बाहरूको थिचाइमा परेँ, तर लिम्बूहरूको होइन । म राईहरूको पेलाइमा परेँ तर किरातीहरूको होइन, म मुखिया, घले र चौधरीको मिचाइमा परेँ तर मगर, गुरूङ् र थारूहरूको होइन । त्यस बेला धेरै लिम्बू, धेरै किराती, धेरै मगर, गुरूङ्, थारुहरू मजस्तै निरिह जीवन बाँच्न बाध्य थिए, जुन वंशीय, जातीय शासनको स्वभाव पनि हो ।

सत्रौँ शताब्दीसम्म विश्वमा जातीय शासन थियो । त्यहाँ रंगले, नश्लले र लिंगले शासन गथ्र्यो । त्यसबाट मुक्तिका लागि पूँजीवादी, समाजवादी आन्दोलनहरू सुरु भए । प्रजातान्त्रिक र साम्यवादी व्यवस्थाको सुरूआत र वकालत हुनथाल्यो । शोषण, अन्याय, असमानता र विभेदबाट मुक्तिका लागि अनेकन सिद्धान्त प्रतिपादन भए । माक्र्सवादी विचारधाराले समाज वर्गीय हुन्छ र शोषण पनि वर्गीय हुन्छ भन्ने कुरालाई अघि सा¥यो । अर्को संरचनावादी विचारधारा आयो । यस विचारधाराअनुसार राजनीतिक तथा राज्य संरचनाले स्रोत र शक्तिको असमान वितरणका कारण समुदाय गरिब हुन्छ भन्ने मत सुरु ग¥यो । अर्को ‘स्थान–विचारधारा’ भनी सुरु भयो, जसअनुसार मानिस गरिब हुन्छन्, किनभने उनीहरू कमजोर स्रोतको आधार भएको अनकन्टार स्थानमा बसोबास गर्छन् । यस विचारधाराले स्रोतलाई सीमित गरी मान्छेका आवश्यकताहरू खुम्च्याउने प्रकृतिले गरिब बनाउँछ भन्ने मत अघि सा¥यो । अर्को सामुदायिक विचारधाराले परम्परागत समुदायमा आफ्नैखाले मूल्य, मान्यता र वर्ग संरचना हुन्छन्, ती मूल्य, मान्यता र वर्ग संरचनाअनुसार नै त्यहाँको भौतिक, प्राकृतिक, वित्तीय र मानव पूँजी एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ । सामुदायिक विचारधाराले सीमित र अपर्याप्त यिनै पूँजीहरूका कारण समुदायका बासिन्दा गरिब र विपन्न हुँदै जान्छन् भन्ने मान्यता स्थापित ग¥यो ।
२००७ सालमा राई र सुब्बाहरूले पूर्वी नेपालमा अन्य जाति लखे्ट्ने अभियान थाल्दा त्यसका बिरुद्धमा धेरै लिम्बू र किरातीहरू ध्यानबहादुर राई, मुलुक सिँह राई, बयानसिंह राई, रामप्रसाद राई, अक्कलबहादुर कन्दङ्वा, सेतु कन्दङ्वा, जयप्रसाद लिम्बू, हर्कजंग मादेन र रामबहादुर नेम्वाङ्हरू सशक्तरुपमा उभिएका थिए । अहिले त चेतनाले बरु उल्टै भनिरहेछ— तिमी नेताका अहिलेसम्म सार्वजनिक भएका बुद्धि  र भूगोलको क्षितिजमा समान गुण छन्, यी दुवै भ्रम हुन् ।  

यी सबै मत र विचारधाराहरू असमानता, विभेद, अन्याय र शोषणबाट मुक्तिका लागि उपायका रुपमा समस्यालाई बुझ्न सुरु गरिएका थिए । अहिले यहाँ केही माओवादी र जनजाति नेताहरूले भनेजस्तो जातीय राज्य असमानता, विभेद र शोषणबाट मुक्तिको उपाय हो भन्ने सिद्धान्त वा विचारधारा कतै फेला पर्दैन । यदि मुक्ति हुने भए डा. कृष्ण भट्टचनहरूले अन्याय र शोषणमा परेको गिडगिडाहट गर्नुपर्ने थिएन, किनभने ०६४ सालमा नेपालबाट राजतन्त्रको समाप्ती नभएसम्म मुस्ताङ्मा जिग्मे परवर विष्ट राजा थिए, र यो पूर्ण स्वायत्त पनि थियो, जसको प्रमाण हो उपल्लो लोमन्थाङ् जान विदेशीहरूले जिग्मे परवरबाट छुट्टै प्रवेशाज्ञा लिनुपथ्र्यो ।
नीति, सिद्धान्त र जनताको सामुहिक तागतभन्दा अन्तैबाट आनन्द खोज्ने नेताहरूका बानीले अहिले जातीय राज्य नै मुक्तिको बाटोको रुपमा चित्रित हुँदैछ । नेता हूँ भन्ने हठबाट जन्मेका यस्ता इच्छा धेरै खतरनाक हुन्छन् । मैले सुनेको थिएँ, बुद्धि खारिएको हुन्छ, भाँडिएको होइन । तर शक्ति र सुख भोग गर्ने हडबडे इच्छा नै हाम्रा नेताको चेतना रहेछ । हाम्रा नेताहरूमा बुद्धिभन्दा बड्ता आवश्यकताहरू रहेछन्, जसले उनीहरूलाई मूर्ख बनाइरहेछ । त्यसैले अहिले मानव मुक्तिका लागि होइन, आत्मस्वार्थको होसियारीले हाम्रा नेताहरू चिच्याइरहेछन् । तिमी नेताहरूले हामी जनतालाई त्यस्तो बालकझैँ ठानेका छौ, जो क्षितिजलाई अकास र धर्ती जोडिएको ठान्छ । तर नेताहरूले नेपाली जनताको चेतनालाई कमजोर ठानेर विरोल्न सक्छु भन्ने दुःस्वप्न नदेखे हुन्छ । २००७ सालमा राई र सुब्बाहरूले पूर्वी नेपालमा अन्य जाति लखे्ट्ने अभियान थाल्दा त्यसका बिरुद्धमा धेरै लिम्बू र किरातीहरू ध्यानबहादुर राई, मुलुक सिँह राई, बयानसिंह राई, रामप्रसाद राई, अक्कलबहादुर कन्दङ्वा, सेतु कन्दङ्वा, जयप्रसाद लिम्बू, हर्कजंग मादेन र रामबहादुर नेम्वाङ्हरू सशक्तरुपमा उभिएका थिए । अहिले त चेतनाले बरु उल्टै भनिरहेछ— तिमी नेताका अहिलेसम्म सार्वजनिक भएका बुद्धि  र भूगोलको क्षितिजमा समान गुण छन्, यी दुवै भ्रम हुन् ।  
- sadawahar

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक