20160920

फेरि शुरु भएछ नेपालका बिद्यालयमा बम आतंक !


फेरि शुरु भएछ नेपालका बिद्यालयमा बम आतंक ! कती दु:ख लाग्दो कुरा- बिद्यालय जस्तो पवित्र ठाउँँ र विद्यार्थी लाई लक्षित गर्ने , बम राख्ने, पड्काउने, आतंकित पार्ने हरु आतंककारी, अपराधी मात्र होइनन उनिहरुको यसप्रकारको अपराध कुनै हालतमा क्षम्य हुनै सक्दैनन । आतंककै सहारामा छबिलाल दोस्रो पटक प्रधानमन्त्री पद मा आशिन छन, प्रधानमन्त्री बाट फुस्किएका बाबुराम नयाँ शक्तिको आबरणमा बिगतमा आफुले गरेका हत्या, आतंक, लुट बाट बच्ने प्रयास गर्दैछन । बिप्लब माओवादी युद्धको तयारीमा भूमिगत जस्तै छ, सुनिन्छ उसले आफ्नै सेना र हतियार सहित तालिम गरिरहेको छ, अब आक्रमण शुरु गर्ने अन्तिम तयारीमा छ । बैद्य देखी कयौँ माओवादी घटक युद्ध कै कुरा गर्दैछन । कठै मेरो देश ! आज फेरि जहाँ को तहीँ !! २०५२ साल फाल्गुन १ देखी
छबिलाल र बाबुरामको नेत्रित्वमा शुरु भएको नेपालको आतंकबाद झन पछी झन फस्टाउंदै छ । छबिलाल र बाबुराम अनी यिनका सेनामेनाको माग पुरा गर्दा गर्दै देश पुरै खोक्रो भैसकेको छ । हर क्षेत्रमा अराजकता बढ्दैछ । देशको युवा जनशक्ती देखी सबै सबै श्रोत र शक्ती बिदेश पलायन हुने क्रम बढ्दो छ । जब सम्म छबिलाल उर्फ प्रचन्ड र बाबुराम लाई हेग तानिदैन तब सम्म अब नेपालमा आतंक निरुत्साहित हुने छैन घटना क्रमले त्यही देखाउँदैछ । आतंक गर्नेहरु पुरस्कार पाउँदै जान थाले पछि किन बन्द होस् त आतंक ! नेपालमा होस वा नेपाल बाहिर होस यदी नेपाल र नेपालीलाई माया गर्ने कोही सत्य न्यायबादी छ भने अब अन्तरराष्ट्रिय अदालत हेगतिरको तयारीमा लाग किनकी नेपालमा आतंकबाद र आतंकबादीलाई अब कठघरामा उभ्याउन सक्ने कोही, कुनै निकाय देखिएन । होइन भने हामी मात्र होइन हाम्रा भाबी पुषताले पनि आतंककै छायाँ मा बाच्नु पर्नेछ । सबैलाई चेतना भया !

Video clip: Onlinekhabar

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक