20170306

राजविराजमा मधेसी मोर्चा र प्रहरीबीचको झडप, प्रहरीको गोली बाट ४ को मृत्‍यु, दर्जनौँ घाइते, २२ प्रहरी पनि घाइते, एमालेका नेता सशस्त्र प्रहरीको ब्यारेक भित्र

राजविराजमा मधेसी मोर्चा र प्रहरीबीचको झडपले हिंसात्मक रुप लिएपछि ४ जनाको ज्यान गएछ । ४० भन्दा बढी घाइते भएछन । प्रहरी तर्फ २२ भन्दा बढी घाइते भएछन । एमालेले आफ्नो मेची-महाकाली अभियान ३ दिनका लागि स्थगित गरेर एमाले नेताहरु सशस्त्र प्रहरिको ब्यारेकमा बस्नु पर्ने स्थिती उत्पन्न भएछ । कति दु:ख लाग्दो कुरा ! आखिर किन होला त यस्तो ? सबै केलाउँदै जानुस, जरो खोतल्दै जानुस, कुरो उहीं दिल्ली मै पुग्छ । मुडभेड गराउने, लडाउने, भँडाउने, मराउने, सत्ता परिवर्तन गराउने सबै सबै खेल उतै बाट भएकोछ नेपालका
नेताहरुलाई मोहरा बनाएर । भोली के हुन्छ नेपालमा ? दिल्लीलाइ बाहेक कसैलाई थाहा छैन, हाम्रा नेताहरु त दिल्लीका पाल्तु कुकुरहरु मात्र हुन । कुकुरहरुलाई दिल्लीले हड्डी फालिदिन्छ र कुकुरहरु हड्डीका लागि लडिरहेका छन, जनता तिनै कुकुरहरुको पछी लागेर मरिरहेका छन । १२ बुँदे दिल्लीको प्रतिफल एमाले नेताहरुले सशस्त्र प्रहरीको क्याम्पमा बल्ल लेखाजोखा गर्दैहोलान ! लेखेर राख्नुस - अब सम्प्रदायिक दँगा गराउने र हजारौँ नेपालीहरुलाई मराउने, मधेश अलग बनाउने र नेपाल लाई सिध्याउने षड्यन्त्र भैरहेको छ । तर हामी नेपाली जनता कुम्भकर्ण निन्द्रामा छौँ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक