20170307

पोहोर सालको टिकापुर नरसंहार र हिजोको राजविराज गोलिकाण्ड, एक चिरफार - डा. बिजय पौडेल

नेकपा (एमाले)ले शुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान यही फागनु २१ गते शनिबार मेचीको सीमानाबाट शुरु भयो । यो दिन नेकपा(एमाले)को जीवनमा गहीरो भावनासंग जोडिएको छ– शहीद दीवसको रुपमा । देशमा गणतन्त्र स्थापना भएको छ । सबैले खुलारुपमा आफ्ना धारणाहरु राख्न पाएका छन्, तिनै शहीदहरुको बलिदानबाट यो संभव भएको छ । मेची–महाकाली राष्ट्रिय अभियान शुरु गर्नका लागि यो दिन रोज्नु क्रान्तिकारी भावनात्मक, वस्तुगत र उपयुक्त देखिन्छ । यो कार्यक्रम ब्यवस्थित, भद्र र मर्यादितरुपमा अगाडि बढिरहेको थियो । यो कार्यक्रम सबै नेपाली जनतामा रहेको एकताको भावनालाई अझै बलियो बनाउने उद्देश्यले शुरु गरिएको थियो । यस कार्यक्रममा सबै नेपालीहरु– पहाडी, तराईवासी, सबै जाति–जनजातिको उल्लेख्य उपस्थिति थियो । नेताहरुले अत्यन्त संयमित भाषण गरेका थिए । यस कार्यक्रमलाई तराईका सबै भागमा पु¥याउन सक्दा एमालेको दृष्टिकोणलाई देशको सबैभागका जनताले राम्रोसंग बुझ्ने थिए । एमालेका विरुद्ध जे–जस्तो गलत प्रचार गरिएको थियो, त्यो आफैं
खण्डित हुने थियो । यति भब्य र सभ्य कार्यक्रम स्थगित गर्न बाध्य पारिएको छ ।

एमालेलाई तराईमा प्रवेश गर्नै नदिने भनेर फतवा (अरु विचारका मानिसलाई मार्ने आदेश) जारी गर्नेहरु तत्कालका लागि सफल भएका छन् । देशको गणतान्त्रिक क्रान्तिको एक मुख्य नायक पार्टी नेकपा (एमाले) लाई आफ्नै देशमा शान्तिपूर्ण गतिविधि गर्नबाट रोक लगाउने प्रयास गरिएको छ । परिस्थितिलाई “मधेशी मोर्चा”को तर्फबाट जानाजान उत्तेजित बनाइएको छ । एमालेको कार्यक्रम गर्नै नदिने अडानमा रहेकाहरुको अहंका अगाडि पछाडि सर्नु तर आफ्नो कार्यक्रम गर्नु नै बुद्धिमानी हुने थियो । त्यही प्रयास गरियो ।

राजविराजको शुरुको कार्यक्रम रंगशालाबाट सारेर औद्योगिक क्षेत्रमा आयोजना गरियो । यसो गर्दा एमालेका विरुद्ध फतवा जारी गर्नेहरुको घमण्ड शान्त होला र कार्यक्रम सफल होला भन्ने नै आशा थियो । तर पहिचानको वकालत गर्नेहरुले अरुको अस्तित्व स्विकार गर्न चाहेनन् । नेपाल र नेपालीको हित हेर्न नचाहनेहरुले जातीय विद्वेश फैलाउने कुरामा फेरी आंशिक सफलता प्राप्त गरे ।
जर्मनीका हिटलरले सत्तामा रहेर यहुदीहरुका विरुद्ध जाति विनाशको अभियान नै चलाए । उनका नजरमा यहुदी जातमा जन्मिनु नै अपराध थियो । “मधेशी मोर्चा” बनाउनेहरुका नजरमा नेपालको एकताको कुरा गर्ने, हिमाल–पहाड–तराई जोड्ने गरी प्रदेश बनाउनु पर्दछ भन्ने, हिमाली–पहाडी–तराईवासी सबै जनता मिल्नु पर्छ भन्नु नै अपराध हो । उनीहरुका नजरमा राष्ट्रवादी हुनु नै अपराध  हो । पोहोर सालको टिकापुर नरसंहार र हिजोको राजविराज गोलिकाण्डले यही प्रमाणित गर्दछ ।

कसैलाई लाग्न सक्छ– “मधेशी मोर्चाले फतवा जारी गरेको जान्दाजान्दै एमालेले किन सुरिएर तराईमा जानु परेको ?”
प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई पनि त्यही शैलीमा भनेछन्– “मुठभेड बढाउने कि रोक्ने समीक्षा गर्नोस् !”
जनताको प्रश्न छ– “प्रधानमन्त्री प्रचण्ड नेपाल देशको सरकारका प्रधानमन्त्री हुन् या मधेशी मोर्चाका प्रवक्ता ?”

यो देशमा क्रान्तिका लागि रगत बगाउने पार्टीले शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न पनि नपाउने ? हिटलर र “मधेशी मोर्चा”मा केही भिन्नता छैन । यो हिटलरी मोर्चालाई साथ दिनेहरु र हिटलरमा पनि कुनै भिन्नता छैन ।बोल्न, लेख्न, बिना हातहतियार शान्तिपूर्णरुपमा सभा–संगठन गरी आफ्ना विचार जनतालाई बुझाउन पाउने अधिकार प्राप्त गर्नका लागि नै शहीदहरुले बलिदान दिएका थिए । वि.सं. १९९७ सालका शहीदहरुको बलिदानको गर्भबाट नै २००६ सालमा नेकपाको जन्म भएको थियो ।
वि.सं.२०२९ साल फागुन २१ गते सुखानीको जंगलमा मारिएका शहीदहरुको रगतको गर्भबाट नै विभाजित कम्युनिष्ट आन्दोलनमा एकीकरणको लहर चलेको थियो । त्यही दिनको संझना गर्दै नेकपा(एमाले)द्वारा “मेची–महाकाली राष्ट्रिय अभियान” शुरु गरिएको थियो । हिँजोका दिनमा पञ्चायती शासकहरुको अनुमति बिना कुनै पनि सभा–समारोह गर्न पाईंदैनथ्यो । आज आएर तराइमा कार्यक्रम गर्नका लागि नेपालका कम्युनिष्टहरुले हिँजोका जमिन्दार र ठालुहरुको अनुमति लिनु पर्ने भयो । उनीहरुको अनुमति र आदेशबिना तराईमा एमालेले कार्यक्रम गर्न नपाउने  भयो ।
विदेशी डलर खानेहरुले एमालेको कार्यक्रम विथोल्न जानेहरुको गल्ति देख्ने छैनन्, शान्तिपूर्णरुपमा सभा गर्ने एमालेको गल्ति देख्ने छन् । उनीहरुले प्रहरीमाथि जाइलाग्नेहरुको गल्ति देख्ने छैनन्, कार्यक्रममा सुरक्षा दिने प्रहरीहरुको गल्ति देख्ने छन् ।
कसैलाई लाग्न सक्छ– “मधेशी मोर्चाले फतवा जारी गरेको जान्दाजान्दै एमालेले किन सुरिएर तराईमा जानु परेको ?”
प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई पनि त्यही शैलीमा भनेछन्– “मुठभेड बढाउने कि रोक्ने समीक्षा गर्नोस् !”
जनताको प्रश्न छ– “प्रधानमन्त्री प्रचण्ड नेपाल देशको सरकारका प्रधानमन्त्री हुन् या मधेशी मोर्चाका प्रवक्ता ?”

टिकापुर काण्डका खलनायकले संसदीय समितिमा वामदेव गौतमलाई गरेको च्यालेन्जको आशय यस्तो थियो रे – “मैले टिकापुरमा साम्प्रदायिक भाषण गरेकै हो । लौ हिम्मत भए मलाई कारवाही   गर ।” जब खुल्लमखुल्ला हिंसात्मक भाषण गरी मधेशी र पहाडी जनतालाई भडकाउनेहरुमाथि कुनै कारवाही हुँदैन, फेरी पनि गौर, टिकापुर र राजविराजकाण्ड घटित भैरहन्छन् ।

यस्ताखाले प्रतिक्रियामा तमाम नेपालीहरुको प्रतिप्रश्न छ– “के एमालेले शान्तिपूर्ण कार्यक्रम पनि गर्न नपाउने ? तथाकथित मधेशी मोर्चाका नेताहरु पहाडका हरेक कुना–काप्चामा सुरक्षित छन् । उनीहरु काठमाडौंमा बसेर “मधेशबाट एमाले हटाउने” फतवा जारी गर्दछन् । यो ज्यादती हो कि होइन ?पञ्चायती शासकहरुले त बहुदलवादीहरुलाई जेल हाल्थे, यी “मधेशवादीहरु”ले त कहिले गौर काण्ड, कहिले टिकापुर काण्ड त कहिले राजविराज काण्ड गरेर नरसंहार मच्चाउँछन् ।
यो देशका मानवअधिकारवादी, पत्रकार, सुरक्षा निकाय र देशका प्रमुख पार्टीहरुसंग टिकापुर काण्ड हुनुभन्दा केही दिन अघिको सभामा उत्तेजक भाषण गर्नेहरुको भिडियो रेकर्ड छ कि छैन ?
वर्तमान गृहमन्त्री विमलेन्द्र निधिले केही दिन अघिको एक सभामा एमालेका विरुद्ध दिएको उत्तेजक र आपत्तिजनक अभिव्यक्तिको भिडियो रेकर्ड छ कि छैन ?
गौर काण्डका खलनायकहरुलाई कुनै कारवाही नभएपछि टिकापुर काण्ड गर्नेहरुलाई हौसला मिलेको हो । टिकापुरकाण्डका खलनायकहरुलाई कुनै कानुनी कारवाही नभएपछि उनीहरुलाई राजविराज काण्ड गर्ने हौसला मिलेको हो ।

जनता प्रश्न गर्न चाहन्छन् नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई– “तपाईं लोकतन्त्रवादी हो कि होइन ? हो भने तत्काल विमलेन्द्र निधिलाई गृहमन्त्रीबाट फिर्ता बोलाउनुस् ।

टिकापुर काण्ड गराउनका लागि खुल्लमखुल्ला भाषण गर्ने एकजनाले तत्कालिन गृहमन्त्री वामदेव गौतमलाई संसदीय समितिमै च्यालेन्ज गरेका थिए भन्ने सुनिएको हो । हो कि होइन, त्यो संसदीय समितिमा रहनुभएका अरु माननीयज्यूहरुलाई थाहा होला । टिकापुर काण्डका खलनायकले संसदीय समितिमा वामदेव गौतमलाई गरेको च्यालेन्जको आशय यस्तो थियो रे – “मैले टिकापुरमा साम्प्रदायिक भाषण गरेकै हो । लौ हिम्मत भए मलाई कारवाही   गर ।” जब खुल्लमखुल्ला हिंसात्मक भाषण गरी मधेशी र पहाडी जनतालाई भडकाउनेहरुमाथि कुनै कारवाही हुँदैन, फेरी पनि गौर, टिकापुर र राजविराजकाण्ड घटित भैरहन्छन् ।
साम्प्रदायिक सदभाव बिथोल्ने अधिकार कसैलाई पनि हुँदैन । नेपालको संविधानले कसैलाई पनि देश, जनता र साम्प्रदायिक सदभावका विरुद्ध बोल्ने अधिकार दिएको छैन । जब संविधानको बर्खिलापमा जानेहरुमाथि कुनै कारवाही हुन्न तब उनीहरुको मनोबल बढ्ने नै भयो ।
अभिव्यक्ति स्वतन्त्रता नै दलीय स्वतन्त्रताको मूल मर्म हो । लोकतन्त्र भनेकै संविधानको बर्खिलाप नहुने गरी राजनीतिक गतिविधि गर्न पाउनु हो । कसैलाई शान्तिपूर्ण सभा गर्न पाउन्नस् भन्नु तानाशाही हो । अझ गृहमन्त्रीजस्तो पदमा बसेर “एमालेलाई तराइबाट खेद्ने” भनेर भाषण गर्नु त राष्ट्रद्रोह नै हो ।
जनता प्रश्न गर्न चाहन्छन् नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई– “तपाईं लोकतन्त्रवादी हो कि होइन ? हो भने तत्काल विमलेन्द्र निधिलाई गृहमन्त्रीबाट फिर्ता बोलाउनुस् ।
नेपालको आम सञ्चार जगत धेरै बलियो छ । सञ्चारजगतको यो शक्ति जनताको बलिदानी संघर्षबाट नै प्राप्त भएको हो । धेरै गोप्य रहस्य पत्ता लगाएर जनतालाई सुसूचित गर्ने हैसियत नेपाली सञ्चारकर्मीहरुसंग छ भन्ने कुरा धेरैपटक प्रमाणित भएको छ । नेपाली जनता पत्रकारमित्रहरुबाट जान्न चाहन्छन् – “तपाईंहरु टिकापुरमा उत्तेजक भाषण गर्नेहरुको भिडियो किन सार्वजनिक गर्नुहुन्न ?टिकापुरमा उत्तेजक भाषण गर्नेहरुले नै अहिले राजविराजकाण्ड गराएका हुन् भन्ने  सबैलाई थाहा छ । पत्रकार मित्रहरुले गृहमन्त्रीको उत्तेजक भाषणको भिडियो किन सार्वजनिक गर्नुहुन्न ? कम्तिमा जनतालाई यो देशका खलनायकहरुको अनुहार चिन्ने मौका त मिलोस् ।

(१) तराईका जनतालाई पहाडी जनताका विरुद्ध भडकाइरहने । यसो गरेर यी जमिनदारहरुले “फुटाउ र राज गर” भन्ने अंग्रेजहरुको नीति लागू गर्न चाहन्छन् । यिनीहरुले तराईका जनतालाई पहाडका जनतासंग मिल्न नदिएमा नै आफ्नो लूटको शासन सफल हुने ठानेका छन् ।    (२) तराईका जनताका बीचमा मधेशी र पहाडी भन्ने गलत भावना फैलाएर आफ्नो गुमेको राजनीतिक मार्केट कब्जा गर्ने र फेरी पनि चुनाव जित्ने आधार तयार गरिरहने । हरेक तहका चुनाव सधैं जमिन्दारहरुले जित्ने, तराईको गरिबलाई कहिल्यै उठ्न नदिने ।

टिकापुर काण्ड गराउनेहरुको मनोबल बढेकै कारणले हिंसात्मक र भडकाउ भाषण गर्नु “शान”को विषय भएको छ ।
यदी राजविराज काण्ड गराउनेहरु राजनीतिको छाता ओढेर फेरी पनि सुरक्षित भए भने यो देशमा हिंसा गर्नेहरु सम्मानित हुने संस्कृति विकसित हुने छ ।
तराईमा कुनै पनि शान्तिपूर्ण गतिविधि हुन नदिनु भनेको तराईमा लोकतन्त्रको जरो उखेल्नु हो । अहिले एमालेलाई तराईमा गतिविधि गर्नबाट रोक्नेहरुले भोलिका दिनमा माओवादीलाई रोक्ने छन् (विगतमा रोकेकै हुन्) । त्यसपछि कांग्रेसलाई रोक्ने छन् । देशका प्रमुख राजनीतिक पार्टीहरुलाई तराइमा काम गर्नबाट रोक्नु भनेको तराइका जनतामाथि तानाशाही लाद्नु हो । मधेशका जमिन्दारहरुले नै विगतमा त्यहाँका जनतामाथि तानाशाही लादेका हुन् । मधेशका महान नेपाली जनताले अब त्यहाँका जमिन्दार र ठालुहरुलाई चिन्नै पर्दछ । हिँजोका जमिन्दारहरुले बनाएका पार्टीहरुले कुनै हालतमा पनि मधेशी जनताको हित गर्ने छैनन् ।
तराईका जनतालाई चुस्न पल्केका जमिन्दार र ठालूहरुले कहिल्यै तराईको विकास हुन दिने छैनन् । यी जमिन्दारहरुले दुईतरिकाले तराईका जनतालाई लुट्ने योजना बनाएका छन्– (१) तराईका जनतालाई पहाडी जनताका विरुद्ध भडकाइरहने । यसो गरेर यी जमिनदारहरुले “फुटाउ र राज गर” भन्ने अंग्रेजहरुको नीति लागू गर्न चाहन्छन् । यिनीहरुले तराईका जनतालाई पहाडका जनतासंग मिल्न नदिएमा नै आफ्नो लूटको शासन सफल हुने ठानेका छन् ।    (२) तराईका जनताका बीचमा मधेशी र पहाडी भन्ने गलत भावना फैलाएर आफ्नो गुमेको राजनीतिक मार्केट कब्जा गर्ने र फेरी पनि चुनाव जित्ने आधार तयार गरिरहने । हरेक तहका चुनाव सधैं जमिन्दारहरुले जित्ने, तराईको गरिबलाई कहिल्यै उठ्न नदिने ।
अहिले एमालेको कार्यक्रममा “मधेशी मोर्चा”द्वारा योजनाबद्धरुपमागरिएको आक्रमणबाट यदि माओवादी केन्द्र र नेपाली कांग्रेस भित्रभित्रै खुसी भएका छन् भने त्यो उनीहरुको धेरै ठूलो भूल हुनेछ  । हाम्रो तराईमा उखानै छ– “बछडु खाए वाले पँडरु नाहिँ छोडिहें ” (बाच्छो खानेले पाडो बाँकी राख्ने छैन) ।
एमालेको अगाडि मेची–महाकाली राष्ट्रिय अभियानलाई पुरा गर्नु प्रतिष्ठाको विषय बनिसकेको छ । यो जसरी पनि पुरा गर्नै पर्दछ । यदि प्रायोजित हिंसाबाट एमाले पछाडि हट्यो भने त्यसले तराईमा जमिन्दारी शासन चलाउन चाहनेहरुलाई नै मद्दत गर्ने छ । एमालेको अभियान सफल बनाउनु तराइका जनताको हितमा छ ।
( लेखक डा. बिजय पौडेल एमालेका पोलिट्ब्युरो सदस्य हुन - सम्पादक )
***************
हामी सबैलाई चेतना भया !
- भुपनारायण घर्तिमगर

नेपालमा स्थानीय तहको निर्वाचन घोषणा संगसंगै धेरथोर शंकाका बिच पनि आम नेपालीमा सकारात्मक आशा जागेको थियो। राजनैतिक सुझबुझको माध्यमबाट समस्याहरूको निदान गर्दै अगाडी बढ्नु पर्नेमा दुबै पक्षको दम्भ र हठको कारण फेरी निर्दोष नेपालीहरूको ज्यान गएको खबरले दुखित हुनु पर्यो।त्यो भन्दा पनि दुखको कुरा सामाजिक सञ्जालहरूमा सबैले आ आफ्नै डम्फू बजाएको देखियो। मानवीय समवेदना सम्म झल्कीएन। जो मरे पनि हाम्रै नेपाल आमाकी सन्तान मर्यो भन्ने भाव झल्कीएन र वेदना देखिएन।कसै कसै उपबुज्रुकहरूले त घुमाउरो पाराले मृत्युको जायजता पुष्ट्याई गरेको देखियो।
चार जात छत्तीस वर्णको मूल मर्मलाई सम्झदै सबैलाई समेट्ने राष्ट्रवाद नभएर अतिवाद,अन्धो राष्ट्रवाद, क्षेत्रीयवाद र साम्प्रदायिकवाद मात्र हावी भयो भने नेपाल र नेपाली कसैलाई फाईदा गर्ने छैन। हामी सबैले छांतीमा हात राखेर सोचौं र सोही अनुरूप ब्यबहार गरौं। विभीषणले सीतालाई फर्काउन अनुनय गर्दा रावण हाँसे झैं, देवकीले ममताको भीख माग्दा कंश उन्माद भए झैं,रोम जलिरहंदा नीरो बाँसुरी बजाउन ब्यस्त भए झैं हामी आ आफ्नो डम्फू बजाउदै हाँस्दै उन्माद नबनौ। आ आफ्नो राजनैतिक विचारबाट माथी उठेर पुर्खाले आर्जेको नेपाल बचाउन लागौं।अन्यथा भोलि पश्चाताप बाहेक केही बाँकी रहने छैन।
हामी सबैलाई चेतना भया !
 ******************************

बम पड्काएर अझ धेरै मान्छे मार्ने योजना थियो, सेनाले किन निश्क्रिय पार्यो ?



शान्तिपूर्ण रुपमा आफ्ना विचार जनतासमक्ष राख्ने र जनताले ती विचारको सत्यता परीक्षण गर्ने ब्यवस्था लोकतन्त्र हो । मेची–महाकाली अभियान लिएर हिजो सप्तरीको राजविराज पुगेको एमालेको सभा बिथोल्न मधेसी मोर्चाको ब्यानरमा ४ जनाको ज्यान गयो । एमालेले आफ्ना कुरा जनतालाई सुनाउन पाउनु हुँदैन भन्ने माग राख्दै मधेसी मोर्चाले सुरु गरेको बमबारीपछि ती चार जना मारिएका हुन् । प्रतिपक्षमा रहेको दललाई सभा गर्न निषेध गर्न केहीसय हतियारधारी र बमधारी दस्ता चलाउने सत्तासीन दल विश्वब्यापी लोकतान्त्रिक मान्यताले फासीवाद भन्छ । यतिबेला मोर्चाको फासीवाद अनुमोदन गर्न दिने हो भने यसलाई लोकतन्त्र भन्न सकिंदैन । 

यहाँ स्पष्ट के छ भने एमालेको कार्यक्रम बिथोल्न मधेसी मोर्चाले एमालेको कार्यक्रमस्थल नजिक बम राख्यो, सुरक्षाकर्मीले डिस्पोज गर्यो । एमालेको कार्यक्रम सकिएर निस्कंदै गर्दा मधेसी मोर्चाले कार्यक्रमस्थल बाहिर पेट्रोलबम प्रहार गर्यो । यहीँ प्रश्न उठेको छ अव नेपाली राजनीतिमा शान्तिपूर्ण सभा गर्नेलाई त्यहाँ सभा गरेको भन्दै दोष लगाउने कि बम हान्नेलाई ? तर, यहाँ ‘प्रचलित र ब्यवसायिक केही बुद्धिजीवी’हरु त्यहाँ एमालेले कार्यक्रम नै गर्नु हुँदैनथ्यो भन्ने उपदेश छाँट्दै आएका छन् । तर, के पेट्रोलबमले राजनीति नियन्त्रण गर्ने फासिवादसामु लोकतन्त्रलाई पराजित गर्न खोजिएको हो ? त्यस्तो मत राख्दै आएका केही ‘बौद्धिक’हरुमाथि पत्रकार राजकुमार रेग्मीले आफ्नो फेसबुक मार्फत केही प्रश्न खडा गरेका छन् । पत्रकार रेग्मीले सप्तरी काण्डबारे उठाएका प्रश्नहरु जस्ताको तस्तै ।

राजकुमार रेग्मी लेख्छन्–
एमालेले सभा गर्नै हुन्नथ्यो । सभा गरे पनि मोर्चाका कार्यकर्तालाई ढुंगा हान्न प्रहरीले छुट दिनुपथ्र्यो । मोर्चाका कार्यकर्ता कता छन् भनेर खोज्दै गएर एमाले नेताहरुले टाउको थाप्नु पथ्र्याे र मोर्चाका कार्यकर्ताले लाठी हान्न पाउनु पथ्र्याे । ढुंगा र लाठी हान्दा मोर्चाका कार्यकर्ताको हात दुख्यो भने एमालेले जिम्मेवारी लिनु पथ्र्याे । फुटेको टाउकोको रगत लाठी हान्नेको लुगामा लाग्यो भने एमालेले नै धुनु पथ्र्याे । लाठी भाँचियो भने सरकारले क्षतिपूर्ति तिर्नु पथ्र्याे । लाठी र ढुंगा हान्दा प्रतिकार गर्ने यो मधेस विरोधी नश्लवादी सरकार हो ।

सभामा ओलीले किन भाषण गरे ? अहँ, उनले भाषण गर्नै हुँदैनथ्यो । मुख बन्द गर्नु पथ्र्याे । भाषण गर्नु नै थियो भने पनि मोर्चाका माग सबै मान्छु भन्दै कान समातेर उठबस गर्नु पथ्र्याे । मोर्चाको आदेशबिना एक वाक्य बोल्दिनँ, एक पाइला सार्दिनँ भनेर थचक्क भुईंमा बस्नु पथ्र्याे । यस्तो नगर्ने यी ओली मधेस विरोधी नश्लवादी हुन् ।

मधेसका जनता मोर्चाका रैति हुन्, कमैया हुन्, यिनले अरुको कुरा सुन्नुहुन्न सिर्फ मोर्चाको आदेश सुन्नुपर्छ । मोर्चाको अनुमति बिना मधेसका जनता माझ आफ्ना कुरा राख्न एमाले किन गयो ? एमालेबाट ठूलो अपराध भयो । एमालेको सभामा सहभागी भएर हजारौं मधेसी थारु जनजातिले झन् ठूलो अपराध गरेका छन् । एमालेको सभामा हजारौं मधेसी र थारु हुने मोर्चाले जम्मा गरेको ग्याङमा बम र गोलावारुद बोकेका केहीसय मात्रै हुने ? त्यसैले सजाय दिँदा चार जना मरेका छन् ।
सभामा एउटा बम फेला पर्यो । सेनाले किन निश्क्रिय पार्यो ? बम पड्कन दिनु पथ्र्याे । बम पड्किएर मान्छे मर्न दिनु पथ्र्याे । त्यो नपड्किएको बमको क्षतिपूर्ति पनि सरकारले नै मोर्चालाई दिनुपर्छ । आइन्दा अरुको सभा विथोल्न आवश्यक बम र लाठी सरकारले नै मोर्चालाई दिनु पर्छ ।

मोर्चाले सभा नगर्न एमालेलाई मात्र आदेश दियो भनेर अरुले दुख मनाउ नगर्नुहोला । सभा नगर्नु भनेर भविष्यमा कांग्रेस, राप्रपा र अरु पार्टीलाई पनि आदेश आउनेछ । पालो सबैको आउँछ, सबैले मोर्चाको आदेश मान्नुपर्छ । किनभने देश पनि मोर्चाको हो, मधेस पनि मोर्चाको हो । सिंगो भारत नै उसको हो, जाबो नेपालको के कुरा भो ?
केरे केरे ? मोर्चाको आदेश नमान्ने रे ? के भन्या तपाईंले ? एमाले निर्दाेष, मोर्चा चाहिँ दोषी रे ? धत्, त्यसो हो भने तपाईं पनि नश्लवादी हो, मधेसी विरोधी हो, पहिचान र अधिकार विरोधी हो । तपाईंलाई हाम्ले जान्याछम् ! अब हामी थप हिंसा मच्चाएर देखाइदिन्छम् !!
- chakrapath

त्यसै हानिएको हैन सप्तरीमा गोली, यी हुन सप्तरी घटनाका डिजाइनर

एमालेको सभा सफलतापूर्वक सम्पन्न भएपछि गोली चल्नु रहस्यमय

एमालेको कार्यक्रम सकिएपछि किन र कस्को स्वार्थमा गोली हानियो ? सुरक्षाको दृष्टिले जटिल मानिएको सप्तरीमा कार्यक्रम सकिएपछि कुन गोली हानिन्थ्यो ? यो गोली काण्ड गराएर ध्यान अन्यत्रै मोड्ने चाल हो ।

- गणेश पाण्डे 
२०७३ फागुन २४ गते ११:३८


लेखक

समाचार टिप्पणी

सप्तरीमा सोमबार भएको अनपेक्षित घटनाले यतिबेला नेपाली राजनीति तरंगित भएको छ । घटनापछि विभिन्न खाले प्रतिक्रिया पनि आइरहेका छन् । तर, धेरै प्रतिक्रियाहरु हेर्दा सतही खाले देखिन्छन् । सप्तरी घटना त्यसै भएको होइन । यो घटनाका सन्दर्भमा टिकाटिप्पणी गर्नुपहिले यसका केही पृष्ठभूमिलाई केलाउन जरुरी छ । किनकी सप्तरी गोलीकाण्डका पछाडि धेरै पूर्वाग्रह र इशाराहरु लुकेका छन् ।
नेकपा एमालेलाई केही समययता मधेश विरोधी आरोप लाग्दै आएको छ । खासगरि संविधान निर्माणका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिएका चट्टानी अडान र त्यसपछिका भूमिकालाई लिएर उनीमाथि धारे हात लगाउनेहरु धेरै छन् । आवरणमा मधेशी मोर्चा ओलीको कट्टर आलोचक बनेर देखिएको छ । तराई-मधेशकै झापामा हुर्किएका र त्यहींका जनताले जिताएर पठाएका ओलीलाई उनीहरु जनताको प्रतिनिधि नै मान्दैनन् । ओलीलाई घेराबन्दीमा पार्न उनीहरुले संसदमा खेलेको भूमिका नै पर्याप्त छ ।
एमालेको अभियानलाई जसरी पनि बिथोल्ने र मधेशमा छिर्नै नदिने खाले जुन हर्कतहरु भए त्यसैको परिणाम हो, सोमबारको सप्तरी काण्ड । आवरणमा केही एमाले र मधेशी मोर्चाबीचको लडाईंझैं देखिए पनि यसको पछाडि ठूलै समूह सक्रिय छ ।
एमालेले आफूमाथिको भ्रम चिर्न र देशव्यापी निर्वाचनको माहौल बनाउन मधेश केन्द्रीय कार्यक्रम गर्नु स्वभाविक थियो । शान्तिपूर्वक सभा, सम्मेलन गर्नु र जनतामाझ पुग्न पाउनु उसको अधिकार पनि हो । मधेशविरोधी पार्टी भन्नेहरु त एमालेको अभियानबाट खुसी पर्दथ्यो । किनकी एमाले मधेशी जनताको माझमा गएर आफ्ना कुरा स्पष्ट राख्न खोज्दै थियो । आफूमाथिका आरोपलाई चिर्दै मधेशका जनतासँग भावना साँट्दै थियो । तर, एमालेको अभियानलाई जसरी पनि बिथोल्ने र मधेशमा छिर्नै नदिने खाले जुन हर्कतहरु भए त्यसैको परिणाम हो, सोमबारको सप्तरी काण्ड । आवरणमा एमाले र मधेशी मोर्चाबीचको लडाईंझैं देखिए पनि यसको पछाडि ठूलै समूह सक्रिय छ ।
त्यसको प्रमुख नायक हुन्, गृहमन्त्री विमलेन्द्र निधि । उनले फागुन १५ गते सिरहाको लहानमा एमालेलाई बढार्ने गरी लाग्न कार्यकर्ताहरुलाई आदेश दिएका थिए । एमालेविरुद्ध भण्डाफोर अभियान चलाउन अन्य दलसँग पनि सहकार्य गर्ने उनको उद्घोष थियो । देशको गृहप्रशासन सम्हालेको व्यक्ति कुनै एउटा पार्टीको मात्र हुन सक्दैनन् । राष्ट्रिय सुरक्षा, अखण्डता जोगाउँदै शान्ति सुव्यवस्था कायम गर्ने उनको दायित्व हो । तर, पदीय मर्यादाविपरीत उनले जसरी अभिव्यक्ति दिए त्यसले मधेशी मोर्चाका कार्यकर्तालाई झनै उत्तेजक बन्न प्रेरित गर्यो । मेची– महाकाली अभियानमा निस्कनुअघि नै एमालेले विज्ञप्ति जारी गरी गृहमन्त्रीको भनाइप्रति ध्यानाकर्षण जनाएन, अप्रिय घटना भए जवाफदेही हुनुपर्ने सचेत गराइसकेको थियो । भलै गृहमन्त्री निधिले आफूले त्यस्ता कुरा नबोलेको भन्दै ढाकछोप गर्दै आएका थिए ।
सबैभन्दा रहस्यमय कहाँनिर छ भने एमालेको सभा सफलतापूर्वक सम्पन्न भएपछि गोली चलेको छ । सरकारी गोली लागेर मधेशी जनता मरेका छन्, तर दोष भने प्रतिपक्षी दल एमाले र त्यसका अध्यक्ष केपी ओलीलाई लगाइएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादीका शीर्ष नेता नारायणकाजी श्रेष्ठको भनाइलाई आधिकारिक मान्ने हो भने प्रधानमन्त्रीले गोली चलाउने आदेश नदिँदा नदिँदै कस्को आदेश र इशारामा गोली चलाइयो ?
यहीबीचमा गौर हत्याकाण्डमार्फत राजनीतिमा उदाएका उपेन्द्र यादव र बाबुराम भट्टराईको पार्टीबीचको साँठगाँठ एवं उनीहरुका अभिव्यक्ति पनि घटनामा जिम्मेवार छन् । एमालेमुक्त मधेश बनाउन अपिल गर्ने बाबुराम भट्टराईसँग उपेन्द्रको पार्टीले केही दिन अघिमात्रै सहकार्यका लागि सहमति जनाएका थियो । एमालेलाई स्थायी दुष्मन ठान्ने उपेन्द्र यादवका पार्टीका जिल्ला अध्यक्षले नै सोमबार सप्तरीको एमालेविरुद्धको जुलुसको नेतृत्वकर्ता थिए ।
कार्यक्रम गर्न पाउनु एमालेको अधिकार हो भने त्यसलाई शान्तिपूर्वक विरोध गर्न पाउनु मोर्चाको पनि अधिकार हो । तर, सबैभन्दा रहस्यमय कहाँनिर छ भने एमालेको सभा सफलतापूर्वक सम्पन्न भएपछि गोली चलेको छ । सरकारी गोली लागेर मधेशी जनता मरेका छन्, तर दोष भने प्रतिपक्षी दल एमाले र त्यसका अध्यक्ष केपी ओलीलाई लगाइएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादीका शीर्ष नेता नारायणकाजी श्रेष्ठको भनाइलाई आधिकारिक मान्ने हो भने प्रधानमन्त्रीले गोली चलाउने आदेश नदिँदा नदिँदै कस्को आदेश र इशारामा गोली चलाइयो ? प्रश्न गम्भीर छ । प्राप्त भिडियो र तस्वीरहरु हेर्ने हो भने पनि स्थिति सम्हाल्नै नसक्ने अवस्थामा देखिन्न । एमालेको कार्यक्रम अवधिभर पनि जुलुसहरु भएकै थिए । एमाले नेता-कार्यकर्तालाई लक्षित गरी प्रहार पनि गरिएको थियो । तर, एमालेको कार्यक्रम सकिएपछि किन र कस्को स्वार्थमा गोली हानियो ? एमालेलाई फसाउने र कार्यक्रम बिथोल्नमा गृह प्रशासन नै लागेको आशंकालाई यसले पुष्टि गरेको छ । गृहमन्त्रीको उत्तेजक अभिव्यक्ति र सप्तरी घटनाको बीचमा तालमेल देखिन्छ । एमालेको अभियानबाट आत्तिएको काँग्रेस र त्यसका गृहमन्त्री निधि यो घटनाका मुख्य जिम्मेवार हुन् । नत्र सुरक्षाको दृष्टिले जटिल मानिएको सप्तरीमा कार्यक्रम सकिएपछि कुन गोली हानिन्थ्यो ? गोली काण्ड गराएर ध्यान अन्यत्रै मोड्ने यो गृहमन्त्रीको चाल हो । एमालेको अभियानलाई जसरी पनि रोक्ने, मधेशी समुदायमा एमालेप्रति आक्रोश थप्ने गृहमन्त्रीको कुचेष्टा यसले पुष्टि गरेको छ । एमाले र मधेशी मोर्चालाई आमनेसामने पारेर आफ्नो राजनीतिक अभिष्ट प्राप्त गर्ने निधिको खेल सप्तरी काण्डले उदांगो पारेको छ । किनकी मधेशमा एमालेको प्रतिस्पर्धा मधेशी मोर्चासँग होइन्, काँग्रेससँग नै हो । मधेशी मोर्चाको काँधमा बन्धुक राखेर मधेशकै जनता मार्ने र त्यसको दोष एमालेलाई थुपार्ने उनको चाहना सफल भएको छ । तर, लासको राजनीतिले कहिलेसम्म उनको कुर्सी टिक्ला ?
जहाँसम्म एमालेमाथिको आरोपको कुरा छ । के एमालेले शान्तिपूर्वक सभा सम्मेलन नै गर्न नपाउने ? एमालेले मधेशमा सभा गर्न नपाउने अनि मधेश केन्द्रीत दलले हिमाल-पहाडमा गर्न नपाउने भन्ने हुन्छ ? एमालेका केही नेताहरुको अभिव्यक्तिको विषयमा समिक्षा हुन सक्ला । तर, एमालेलाई रोक्ने, कार्यक्रम नै गर्न नदिने, कार्यक्रम बिथोल्न आदेश दिने यो कस्तो लोकतान्त्रिक चरित्र हो ? यसैका लागि ल्याइएको हो सयौंको बलिदानीबाट लोकतन्त्र ? - Daniknepal
 ***********************

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक