20170430

अख्तियार पछि सर्बोच्च अदालतलाई अघोसित रुपमा पछि सम्मका लागि निरिह बनाउने बज्र प्रहार, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता

नेपाल प्रहरीको प्रमुखमा आफ्नो मान्छे राख्न अदालतले नदिए पछि रन्थनिएका शेर बहादुर देउबाले प्रचण्ड सँग मिलेर एक महिना मात्र कार्यकाल बाँकी रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्न मात्र लगाएनन उनीहरुले सर्बोच्च अदालतलाई अघोसित रुपमा पछि सम्मका लागि निरिह बनाउने बज्र प्रहार गरेका छन । अख्तियार प्रमुख लोकमान सिँह कार्कीलाई प्रधानन्यायाधीश सुशीला कार्की सँगै मिलेर सिध्याएका हरु अहिले शुशीलालाई नै सिध्याउन अग्रसर भए । ६०१ जना जनताको करमा पालिएका भेंडा बाख्रा जस्ता कथित सभासदहरु देश बनाउने काममा प्रयोग नभए पनि कहिले मध्यरातमा म्याद थप्न, कहिले अख्तियार प्रमुख सिध्याउन, कहिले संबिधान र नियम कानूनको खिल्ली उडाउँदै नेपाल आमालाई
सिध्याउन मात्र प्रयोग भएनन प्रधान न्यायाधिश सिध्याउन र देशलाई थप अराजकता तर्फ धकेल्न अहिले फेरी प्रयोग भएको राजनीतिक पन्डितहरुको ठम्याइछ । अदालतको सेवामा प्रबेश गरे देखि धेरै राम्रा फैसलाहरु गरेर वाहवाही कमाएकी प्रधानन्यायाधीश सुशीला कार्की पछिल्लो पटक भने प्रचण्ड, शेरबहादुर र केपी ओली सँगै मिलेर न्यायाधीशहरुको नियुक्तीमा दलीय भागबन्डा कायम गराएर चुकेको देखिएको थियो । अहिले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भैसकेकोले उनी आजैका मिती देखि कानून अनुसार निलम्बनमा परेकी छन र अख्तियार पछि सर्बोच्च अदालतमा अराजकहरुको बिजय भएको छ । स्थानिय निकायको निर्वाचनकै मुखमा चालिएको अनेपेक्षित यो कदम नेपालको ईतिहासमा अर्को एउटा कलंक बनेर रहिरहनेछ र मुलुकमा अराजकता, अधिनायकबाद अरु मौलाउने आँकलन गर्न सकिन्छ भने न्यायालय अरु कमजोर बन्ने बनाइने त्रास उत्पन्न भएको छ । के के भनेर प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भयो त हेर्नुस् जस्ताको तस्तै:

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक