20170511

एच बि लाई बाल्टिमोर काउन्टि द्वारा Asian American Excellence award प्रदान, बधाई एच बि तर कोठे राजनीतिको घेराबाट बच्नु !


अमेरिकाको बाल्टिमोर निवासी युवा एच बि भण्डारी नेपाली समुदायमा केही गर्छु भनेर अगाडि आए तर अपसोच यिनलाई छेवाङ शेर्पा लामा जस्ता नेपाली समुदायका केही भिलेन र केही आफुलाई काङ्रेस एमाले हौं भन्नेहरुले किनारा पनि लाए । तर अमेरिकन राजनीतिमा पनि छिरेका र डेमोक्र्याट ट्याग भिरेका यि उत्साही युवाले तिनै भिलेनहरुबाट अदालतमा हामी सँगै मुद्धा मामिला पनि खाए । पछी न्यायको जित भयो उनले हामी सँगै सफाइ पनि पाए । अहिले त हुँदा हुँदा यिनले बाल्टिमोर काउन्टी बाट पुरस्कार पनि खाए । भिलेन छेवाङ शेर्पा र उनका मतियारहरु लुक्दै लुक्दै कोलोराडो तिर लाए !! ए सब सब टाइम टाइम कि बात है ! भन्नु पर्ला ।
                           नेपाली समुदायमा राम्रो भबिस्य बोकेका एच बि भण्डारी अमेरिका आए,  यिनी पढेलेखेका केही गर्न सक्ने क्षमता भएका र अमेरिका नआएका भए  नेपाल मै बसेर पनि केही गर्न सक्ने खुबी भएका युवा हुन तर उनी कहिले काही थोर बहुत चिप्लिन्छन पनि । अमेरिकामा हुने काङ्रेसी कोठे राजनीतिमा जान्न भन्ने तर जाने र आफ्नो हाइट लाई अलिकती आफै खाने गरेका छन एच बि । यदी यो कोठे राजनीतिबाट अलिकती मात्र अलग रहन सके भने यिनले अमेरिकी नेपाली समुदायमा केही गर्छन् शँकै छैन । तर फेरी कोठे राजनीतिको घेरामै परे भने पछाडि पर्छन त्यो पनि शँकै छैन ।
एच बि लाई बाल्टिमोर काउन्टिले भर्खरै Asian American Excellence award प्रदान गरेको छ । उनको यो एचिभमेन्ट प्रती नेपाल मदर डट कम गर्ब गर्दछ । उनलाई हृदय देखी
नै बधाई र उज्ज्वल भबिस्यको कामना ।  उनी नेपाली समुदायका तर्फ बाट अमेरिकी राजनीतिमा अगाडि बढुन, नेपालको फोहोरी राजनीतिलाई अमेरिकामा ल्याउने र यहाँ पनि समाज भाड्नेहरुलाइ केही सिकाउने र राम्रो लाइनमा ल्याउने एउटा पथ प्रदर्शक बन्न सकुन हाम्रो हार्दिक कामना पनि छ । एच बि र केही गर्न खोज्ने एच बि हरु जस्ताको लागि हाम्रो सदैब साथ रहनेछ।  फेरी पनि बधाई छ एच बि !  














        

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक