20170827

पप सम्राट ओम बिक्रम बिष्टको मृगौलामा समस्या, सक्दो आर्थिक सहयोग सहित शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाले गर्‍यो सहयोगका लागि अपिल

नेपाली पप  गायन क्षेत्रका हस्ती,  पप सम्राट ओम बिक्रम बिष्ट मृगौलामा समस्या अाइ  न्युयोर्कको आम्सरडम सेन्ट मेरिज हस्पिटलमा दुई हप्ता डाइलोसिस गरी हाल निवासमा आराम गरिरहनुभएको छ । वहाँलाई हालको लागि चिकित्सकहरु
ले यात्रा नगर्न सल्लाह दिएका छन । वहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाका अध्यक्ष एबम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनालले सबै सँग सहयोगको आह्वान गर्नुभएको छ । गायक बिष्टको जिबन रक्षा गर्नु समाजको दायित्व भएको बताउँदै आध्यक्ष खनालले यस्तो कठिन घडीमा सहयोग का हात अगाडि बढाउन सबै सँग आग्रह गर्दछु भन्नु भएको छ ।      
मृगौला प्रत्यारोपणको लागी डोनरको खोजी कार्य जारी छ ।
यदी कसैले वहाँलाई दान गर्न चाहेमा वहाँ सँग संपर्क गर्न पनि हामी आग्रह गर्दछौँ ।   हामी सबैको सानों सहयोगले हाम्रो देशको सांगीतिक क्षेत्रका एक होनाहार गायकको जिबन बच्न सक्छ । आउनुहोस, हाम्रो देशका सांगीतिक क्षेत्रका धरोहरको जिबन रक्षाका लागी सबैले सहयोग गरौं भन्दै अध्यक्ष खनालले अन्तरराष्ट्रिय कलाकार मँचले पनि आफु सक्दो आर्थिक सहयोग गरिसकेको बताउँदै थोपा थोपा मिलेर नदी र नदी नदी मिलेर समुन्द्र बन्न सक्छ तसर्थ आफु सक्दो सानो ठुलो जे जस्तो सकिन्छ सहयोगका लागि म अन्तरराष्ट्रिय कलाकार मँचको तर्फ बाट सबै सँग अपिल गर्दछु खनाल को बिज्ञप्तीमा उल्लेख छ । वहाँ लाई आफु सक्दो सहयोग गर्न तलको लिंकमा क्लिक गर्न सक्नुहुन्छ ।
 https://www.gofundme.com/4aso5fs
 बिष्ट सँग संपर्कमा रहन र वहाँको स्वास्थ्यलाभको कामना गर्न चाहनुहुने महानुभाबहरुले
वहाँ सँग 518-557-9784 मा फोन संपर्क पनि गर्न सक्नुहुने छ ।



    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक