20171125

"वाशिङटन डिसीका कवि र कविता" बारेको जरुरी सूचना ! साथमा वाशिङटन डि.सी. साहित्यिक सँगमको सादर निमन्त्रणा !

अनेसास वाशिङटन डिसी मेट्रो कमिटीले आफु अन्तरगत रहेका आजिबन सदस्य, कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारज्यूहरु र वाशिङटन डिसी वरपर रहनुहुने कवि कवयित्रीहरुको तस्वीर सहितको एक पेज लामो संक्षिप्त परिचय र एक कविता वा तोकिएको रचना सहितको कृति "वाशिङटन डिसीका कवि र कविता" प्रकाशन प्रकाशन गर्ने निर्णय गरेको छ । जसका लागि सुदीपभद्र खनाल, नीरा शर्मा र दुर्गा रिजाल रहेको सम्पादक मण्डलले आफ्नो काम सुरु गरिसकेको छ । कृपया माथि उल्लेखित मापदण्ड भित्र रही समसामयिक बिषयमा लेखिएका कविता, गीत, गजल, मुक्तक, हाँस्यब्यङ्ग सहितका साहित्यिक रचना पठाउनुहुन सबन्धित सबैमा बिनम्र अनुरोध गरिन्छ । उक्त पुस्तक प्रकाशन भए पछि कृतिमा रचना समाबेश भएका सबै लेखकहरुलाई दुई दुई प्रति पुस्तक निशुल्क प्रदान गरिने भएकोले सबै लेखकज्यूहरुमा २० डलरका दरले पुस्तक प्रकाशनार्थ सहयोगका लागि आह्वान गर्ने निर्णय भएको ब्यहोरा पनि सादर अनुरोध छ ।
कृपया कृति प्रकाशित भए पछि त्यसको महत्व हुने भएकाले स्तरिय रचना पठाउनुहुन र रचना सँगै inls को नाममा २० डलरको चेक लेखी तल उल्लेखित महासचिब भूप नारायण घर्तिमगरको ठेगानामा हुलाक मार्फत वा वहाँ सहित संस्थाका कुनै पनि पदाधिकारी वा सदस्य हरुलाई प्रत्यक्ष दिन हुन पनि बिनम्र अनुरोध गरिन्छ । सँकलित सबै रचना सम्पादक मण्डललाई उपलब्ध गराइने र स्वीकार गर्ने नगर्ने, सम्पादन गर्ने अधिकार वहाँहरुमा निहित रहने छ । रचना डिसेम्बर ३० तारिख भित्र अाइपुग्नुपर्ने छ ।  
रचना र २० डलरको चेक पठाउने ठेगाना :
Bhup Narayan Gharti Magar 
8276 Humphrey Lane
Manassas VA 20109
अनुरोधक :
अनेसास वाशिङटन डिसी मेट्रो कमिटी अमेरिका
ईमेल : inlsdc@gmail.com

वाशिङटन डि.सी. साहित्यिक सँगम - सादर निमन्त्रणा !

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको पूर्ण बैठकको निर्णय अनुसार वाशिङटन डि.सी. मा हरेक महिना आयोजना गरिने "वाशिङटन डिसी साहित्यिक सँगम" अन्तर्गत आगामी डिसेम्बर ३० तारिख शनिवार बिहान ११:३० बजे भर्जिनियाको को Manassas अबस्थित Bull Run Library (Address: 8051 Ashton Ave, Manassas, VA 20109) मा वाशिङटन डिसी साहित्यिक सँगमको पहिलो बिशेष साहित्यिक कार्यक्रम आयोजना गरिएको छ ।
उक्त वाशिङटन डिसी साहित्यिक सँगमको पहिलो बिशेष साहित्यिक कार्यक्रममा अनेसासका आजिबन सदस्यहरु, बोर्ड अफ ट्रस्टीज, केन्द्र, च्याप्टरहरुमा आबद्ध सबै सहित वाशिङ्टन डिसी मेट्रो एरियामा बस्नुहुने इच्छुक सबै महानुभाबहरुलाई पनि कविता, गीत, गजल, मुक्तक, वा कुनै पनि प्रकारको साहित्यिक रचना सहित हार्दिक निमन्त्रणा गरिएको छ । रचना हुनेले सुनाउने गरी र रचना नहुनेले सुन्ने गरी आउनुहुन अनुरोध गरिन्छ ।
कृपया उक्त दिनका लागि आ आफ्ना काममा बिदा मिलाउन, क्यालेन्डर मार्क गर्न र सो दिन अर्को कार्यक्रम नजुधाइदिन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।
उक्त दिन बिबिध कविता, गजल, गीत, नाच, उखान टुक्का देखि हास्यब्यँगको बहार हुने छ । आउनुस सहभागी हुनुहोस । थप जानकारीका लागि वाशिङ्टन डिसी मेट्रो कमिटी महासचिब भुपनारायण घर्तिमगरको ५७१-२१७-६७८२ मा वा पदाधिकारी एबम सदस्यज्युहरु सँग संपर्क गर्न सक्नुहुनेछ ।
प्रबेश निशुल्क
Bull Run Library (Address: 8051 Ashton Ave, Manassas, VA 20109)
आयोजक:
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,
वाशिङ्टन डिसी मेट्रो कमिटी समस्त परिवार
( नोट: उक्त दिन प्रस्तुत हुने र सम्पादक मण्डलले छानेका रचनाहरु केही समय भित्रै प्रकाशन हुन लागेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,
वाशिङ्टन डिसी मेट्रो कमिटीको "वाशिङटन डिसीका कवि र कविता" नामक पुस्तकमा प्रकाशन गरिने छन )

संपर्क:
रामप्रसाद खनाल
होमनाथ सुबेदी
अरूण रूपाखेती
बिमला निरौला
रजनी श्रेष्ठ
भुपनारायण घर्तिमगर
नीरा शर्मा
पुष्कर पन्त
अनिल खनाल
रबीन्द्र श्रेष्ठ
दुर्गा रिजाल
पुष्पा घिमिरे
नीलकण्ठ सुबेदी
कृष्ण अधिकारी
बृहस्पति लम्साल
शकुन्तला अधिकारी
गोमा न्यौपाने
लोक कुमारी सुबेदी
बिकास अधिकारी
खेम भट्टचन
संगीता पन्त
सुजना ढकाल
सुनीता खत्री
बिना घर्तिमगर
मनिषा प्रसाई
अम्बिका गुरुङ
बिश्वराज थापा
डा. गुण सुबेदी
डा. रघुनाथ अर्याल
डा. अनिल सुवाल
डा. राजेश सुबेदी
डा. सुरेश बस्नेत
डा. सुनिल शर्मा
डा. राजु बिक
डा. जुडी फ्रेडिक्सन
डा. नन्दिता सुबेदी
डा. रेहा पोखरेल
डा. कबिता घिमिरे
डा. होम बहादुर थापा
अशोकनाथ तिवारी
मन कुमारी थापा
सुजीत अर्जेल
गोबिन्द मैनाली
प्रेम सङ्रौला
मोनिका माली
हरि घिमिरे
बिजया शाह
प्रकाश नेपाल
भीम रेग्मी
मन्जु कार्की
सुदीपभद्र खनाल
राजिब मैनाली
डा. गोपी उप्रेती
चेतन सिटौला
सीता पाण्डे
पुरु सुबेदी
खिमानन्द आचार्य
दीप्ती शर्मा
कृष्ण मुरारी पुडासैनी


*******************************************************************************

नोट: यो जानकारी अमेरिकाका कानूनत: स्थाई बासिन्दाहरुका लागि मात्र हो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक