20180313

अमेरिका विश्वको सबैभन्दा शक्तिशाली, रुस दोस्रो, चीन तेस्रो र भारत चौथो !

विश्वमा देशहरूको आधुनिक बल तथा सैन्य शक्तिको विश्लेषण गर्ने संस्था ग्लोबल फायर पावरले सन् २०१७ को १ सय ३३ देशको सूची जारी गरेको छ। उक्त सूचीमा अमेरिका विश्वको सबैभन्दा शक्तिशाली सैन्य शक्तिका रूपमा सबैभन्दा माथि नै रहेको छ। त्यसै गरी अमेरिकालाई पछ्याउने क्रममा परम्परागत प्रतिद्वन्द्वीका रूपमा रहेका रुस दोस्रो र तेस्रो स्थानमा चीन रहेका छन्। यस सूचीमा फ्रान्स र बेलायतलाई उछिन्दै भारत विश्वमा चौथो सबैभन्दा ठूलो सैन्य शक्ति बनेको छ। शक्तिशाली सैन्य बलको यस सूचीका लागि पारम्पारिक युद्ध हतियार र उपकरणजस्ता सैन्य हतियारको मात्र विश्लेषण गरिएको छ। यसमा परमाणु हतियारलाई समावेश
गरिएको छैन।
यस सूचीमा पाकिस्तानलाई विश्वको १३औं शक्तिशाली सैन्य शक्तिमा राखेको छ। रक्षाबलका मामिलामा पाकिस्तानले विगत केही वर्षको तुलनामा सन् २०१७ मा आफ्नो शैन्य बलमा बढोत्तरी गरेको छ र शीर्ष १५ देशको सूचीमा स्थान बनाएको छ।
सैन्य खर्चको हिसाबले पनि अमेरिका नै सबैभन्दा ठूलो सैन्य बजेट छुट्याउने देश हो। अमेरिकाको रक्षा बजेट ५ खर्ब ८७ अर्ब डलर रहेको छ। यस वर्ष चीनले रक्षा बजेट १ खर्ब ६१ अर्ब डलर छुट्याएको थियो। चीनमा सक्रिय सैनिक संख्या २२ लाख रहेको छ भने रिजर्ब सैनिक संख्या १४ लाख रहेको छ। सैन्य संख्याको हिसाबले चीन सबैभन्दा धेरै सैनिक भएको देश हो। ऊसँग ३ हजार लडाकू विमान र ६ हजार ५ सय ट्यांक रहेको छ।
यद्यपि चीन, अमेरिका र रुसभन्दा सैन्य बलमा पछि नै रहेको छ। तर तिव्ररूपमा सैन्य शक्तिलाई अत्याधुनिक बनाउने दिशामा भइरहेको विकाशले ऊ चाँडै नै दोस्रो स्थानमा पुग्न सक्ने अनुमान गर्न थालिएको छ। भारतको तुलनामा चीनको रक्षा बजेट ३ गुणाभन्दा ठूलो छ। भारतको रक्षा बजेट ५१ अर्ब रहेको छ।
ग्लोबल फायर पावरका अनुसार अमेरिकासँग १३ हजारभन्दा धेरै सैन्य विमान छन्। जसमा लडाकू विमान, पारवहन तथा हेलिकप्टर संलग्न छन्। चीनसँग करिब ३ हजार लडाकू जहाज छन््। भारतसँग लडाकू सैन्य विमानको संख्या २ हजारभन्दा धेरै छ। सक्रिय सैनिकको संख्या १३ लाखभन्दा धेरै छ। त्यो बाहेक २८ लाख रिजर्ब जवान पनि छन्, जसले आवश्यक परेको समय फौजलाई मद्दत गर्न सक्छन्।
भारतसँग करिब ४ हजार ४ सय ट्यांक छन्। त्यसै गरी युद्धपोतको संख्या ३ बताइएको छ। यसमा कम्तिमा १ युद्धपोतलाई समुद्रबाट हटाइसकेको छ। विश्वमा १३औं शक्तिशाली सैन्य शक्ति बनेको पाकिस्तानको रक्षा बजेट ७ अर्ब डलर मात्र रहेको छ। उसको सक्रिय सैन्य संख्या ६ लाख ३७ हजार छन्। करिब ३ लाख रिजर्भ सैनिक रहेको छ। हेलिकप्टर र पारवहन विमानसहित लडाकू विमानको संख्या करिब १ हजार र ट्यांकको संख्या करिब ३ हजार रहेको छ। पाकिस्तानसँग युद्धपोत छैन। तर अन्य प्रकारका नौसैनिक जहाज करिब २ सय संख्यामा रहेको छ। यस सूचीमा ८१ लाख आवादी रहेको देश इजरायल नवौं स्थानमा छ। ऊसँग ६ सय ५० लडाकू विमान र साढे २ हजारभन्दा धेरै ट्यांक रहेको छ।z

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक