20180616

नत्र युवाहरू यसरी नै तात्तो न छारो ओमार, चमार मेस्सी र रोनाल्डो भन्दै भकुन्डोसँगै उत्तेजनामा गुडिरहने छन्

( मणी भट्टराईको कलम मिठो छ । यिनले कुनै पनि कुरा तर्क सहित पेश गर्छन् पाठकको कठघरामा । छोटो र मिठो यिनको प्रस्तुती कसलाई पो मन नपर्ला र ! अहिले जता ततै फुटवलको रन्को छ । यिनको यो छोँटो टिप्पणी हामीलाई मन पर्‍यो । धन्यवाद मणीजी - सम्पादक )     
नेपालीहरू कति बेरोजगार त्यो वर्ल्ड कपले सावित गर्यो ।
तै पनि अधिकांसलाई खान लाउन समस्या छैन । यसर्थ नेपाल स्वर्ग हो 😊 - मणी भट्टराई
परिवारको एक दुई जनाले विदेशमा दु:ख गर्दा बाबुदेखि नाती सम्मका सबैलाई खान पुगेको छ । घरमा श्रीमती, भाउजु, सानी भतीजी र सत्तरी काटेकी आमालाई समेत घरमा काममा पेलाएर चोकमा बेरोजगार युवा भएर सरकारलाई गाली गर्दै हुल बनाएर हल्लिंदै हिंड्दा पनि युवाहरूलाई पुगेकै छ ।
मोदी कै भाषामा राज्यले देशको पानीमा मात्र हैन युवाहरूको जवानीमा पनि ध्यान देओस् । श्रम जति मूल्यवान बस्तु केही छैन । जनतालाई रोजगारी सृजना गरेर आम्दानीको आधारमा करको प्रतिसतमा बृद्दि गर्दै राजस्व बढाएर सरकारले सडकहरू सम्याओस् । धारामा पानी खसाओस् । शिक्षा र स्वास्थ्यको गुणस्तर बृद्दि
गरोस् । हरेक बर्ष बर्षामा आउने तराईको बाढीको बारेमा हिऊँदमै सोचोस्
नत्र युवाहरू यसरी नै तात्तो न छारो ओमार, चमार मेस्सी र रोनाल्डो भन्दै भकुन्डोसँगै उत्तेजनामा गुडिरहने छन् । दिनभर काम गरेका आमा दिदी बैनी र भाउजुहरूले राती समेत सुत्न पाउने छैनन् । तिनीहरूले भातको चप्परीसँग नाता नभएका, गुन्द्रुकको झेलसँग साइनो नपर्ने खेलाडीको नाम रटेर, ऊनिहरूको समर्थनमा उफ्रेर परिवारका कामदारहरूको नींद हराम गर्नेछन् ।
पर्याप्त रोजगार सिर्जना गर्ने, कर प्रणाली डिजिटलाइज गर्ने र हरेक उपभोग्य कुरामा झ्याप्प कर लगाउने, राजस्व बढाउने र फटाफट सबलाई व्यस्त बनाएर युद्दले भाँचिएका देशका करंग मर्मत गर्ने । विरोध पनि हुँदै जान्छ विकास पनि देखिंदै जान्छ । सुती सुती खाएर खाट मात्र कमजोर पार्नेहरूका निम्ति लौ त सरकार केही गरौं । यिनीहरूलाई प्रयोग गर्न सकिएन भने त देशै कमजोर हुन्छ के !😊
नत्र यस्तो बनाइसके कि वर्लडकप भरी फेसबुक नै बन्द गरौ जस्तो पारिसके । सरकारलाई थाहै छ फेरी म फेसबुक विना कसरी दिन काटौंला ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक