20180803

श्रीमतिलाई नै लगेर श्रीमानको कुर्सीमा भरे पनि हुन्छ !

कमरेड,  
तिमी सँग सेटिङ्ग मिले 
तिमी सङ्ग डेटिङ्ग मिले 
नक्कलीलाई सक्कली भनिदिए पनि हुन्छ 
नालायकलाई लायकमा गनिदिए पनि हुन्छ 
यदी सेटिङ्ग मिलेन भने
सक्कलीलाई नक्कली भनिदिए पनि हुन्छ 
लायकलाई नालायकमा गनिदिए पनि हुन्छ 
जे मन लाग्यो त्यो गरे हुन्छ 
यस पहिला पनि भएको यही हो 
अहिले पनि भएको यही हो 
भोली हुने पनि त्यही हो 
पहिला पहिला बरु दुई तिहाई थिएन 
अहिले त तिमीसँग दुई तिहाई छ 
गाईलाई गोरु गोरुलाई गाई गने पनि हुन्छ 
गधालाई घोँडा भने पनि हुन्छ 
पहिलै गन्हाईसकेका 
मिलिजुलीवाला दाईको कुरा कसले सुन्छ 
गर गर कमरेड जे जे मन लाग्छ गरे हुन्छ 
अब श्रीमतिलाई नै लगेर 
श्रीमानको कुर्सीमा भरे पनि हुन्छ 
किन कि तिमीसँग दुई तिहाई छ 
मुर्दा शान्ति छाएको समाज बुझेकै छौ 
जे जे मन लाग्छ गरे हुन्छ 
डराउनै पर्दैन
उखान टुक्का भनी भनी 
अहँ कसैसँग कराउनै पर्दैन
स्वतन्त्र र बिरोधीलाई छानी छानी डाम्नुपर्छ 
उपकुलपतीलाई बालुवाटारमा थुनेर 
थामे जस्तै थाम्नुपर्छ 
श्री ३ भनेर तिम्रो अपमान गर्नेलाई 
श्री ६ बनेर देखाउनै पर्छ 
नेपालको ईतिहासमा नाम पनि लेखाउनै पर्छ
किनकी तिमीसँग दुई तिहाई छ कमरेड !          
गर गर जे जे मन लाग्छ गरे हुन्छ 
श्रीमतिलाई नै लगेर 
श्रीमानको कुर्सीमा भरे पनि हुन्छ !
- रामप्रसाद खनाल, अगस्त ३, २०१८, हाल अमेरिका

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक