20181114

माइक्रोसफ्टका सहसंस्थापक पावलले एलन सोमबार ६५ वर्षको उमेरमा मृत्यु

 माइक्रोसफ्टका सहसंस्थापक पावलले एलन सोमबार ६५ वर्षको उमेरमा मृत्यु भएको छ । बिल गेट्ससँग मिलेर उनले सन् १९७५ मा माइक्रोसफ्टको स्थापना गरे। उनी क्यान्सरहरू लडिरहेका थिए। उनको परिवार
द्वारा जारी बयान मा उनकी बहिनी ले भनिन “पल एलन सबै स्तर मा एक असाधारण व्यक्ति थिए।
अधिकांश मानिसहरू एक प्रविधिविज्ञ मान्छन, तर मेरो लागि उनी सबै भन्दा राम्रो भाइ र मित्र थिए।” पावल एलन दुई हप्ता हॉजकिन्स लिम्फोमा९एक प्रकारको क्यान्स० भएको छ । उनले यो क्यान्सको यो भन्दा पहिले पनि उपचार गराइरहेका थिए ।
माइक्रोसफ्ट संस्थापक बिल गेटसले ट्विट गर्दै पाँल एलन उनको सबै भन्दा प्रिय र पुरानो साथी भएको भन्दैं उनको मृत्युले आफु स्तब्ध भएको प्रतिकृया दिएका छन । उनले एलन नभएको भए आज संसारमा व्यक्तिगत कम्प्युटर (पीसी) को अस्तित्व असंभव भएको गेटसले बताएका छन । पावलले व्यक्तिगत कम्प्युटरको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।
विश्वभर २० करोड डिभाइसमा माईक्रोसफ्ट विण्डोज १० प्रयोग
काठमाण्डौ । माइक्रोसफ्टले विश्वभर २० करोड सक्रिय डिभाइसहरुमा विण्डोज १० (Windows 10) प्रयोग भएको जानकारी दिएको छ । यो विवरण वासिंगटन डिसीमा रहेको कम्पनी रेडमोण्डले गत अक्टोबरमा दिएको रिपोर्टको ११ करोड भन्दा बढि हो । पछिल्ला तीन महिनाहरुमा नयाँ विण्डोज १० मा डिभाइसहरु थप गरेको थियो भने ब्ल्याक फ्राई डे (Black Friday) पछि मात्र ४० प्रतिशतभन्दा डिभाइसहरु सक्रिय गरिएको थियो ।
माइक्रोम्याक्सले लेखेको एक ब्लग पोस्टमा भनेको छ, विण्डोज १० द्रूतरुपमा वृद्धि भईरहेको अपरेटिंग सिस्टम हो । यो विण्डोज सेभेनभन्दा १ सय ४० प्रतिशत तथा विण्डोज ८ भन्दा ४०० गुणा बढि हो । कम्पनीले अर्को विषय पनि खुलासा गरेको छ, कम्पनीका ७६ प्रतिशतभन्दा बढि इन्टरप्राइज कस्टमरहरुले अहिले सक्रियरुपमा विण्डोज १० प्रयोग गरिरहेका छन् । त्यसैगरी विश्वभर प्रयोग भईरहेका कम्पनीको अपरेटिंग सिस्टम चलाउने डिभाइसहरुमध्ये इन्टरप्राइज तथा एजुकेशन कस्टमरहरुले २२ लाख प्रयोग गरिरहेका छन् । त्यसैगरी कम्पनीले धेरै जानकारीहरु पनि सार्वजनिक गरेको छ ।
कम्प्युटर दुनियाँका अनटोल्ड सुपरहिरो
विश्वमा धनीहरुको सुचीमा एकक्षत्र राज गरिरहेका छन्– बिल गेट्स । कम्प्युटरमा अपरेटिङ सिस्टम विन्डोज बेचेर नै उनी धनी भएका हुन् भन्दा अन्यथा हुँदैन । किनकि अपरेटिङ सिस्टम नै कम्प्युटरको मुख्य सफ्टवयर हो जसमा अरु दैनिक जिवनमा चाहिने सफ्टवयर चल्छन। यदि तपाई म्याक प्रयोगकर्ता होइन भने सायद अहिले तपाई विन्डोज अपेरेटिङ सिस्टम भएको कम्प्युटरबाट यो आलेख पढ्दै हुनुहुन्छ । तर, संसारमा म्याक र विन्डोज बाहेक पनि अरु धेरै अपेरेटिङ्ग सिस्टम छन । ‘लिनक्स’ त्यस्तै सिस्टममध्ये एक हो । तर, के विश्वस्त हुनुस् भने तपाईंले विन्डोज नै प्रयोग गरे पनि कुनै न कुनै रुपमा यो सिस्टम पनि प्रयोग गर्दै हुनुहुन्छ । लिनक्स १९६९ डिसम्बर २८ मा फिनल्याण्डको हेलसिन्कीमा जन्मिएका लिनस टोरभाल्ड्सले बनाएको अपरेटिङ सिस्टम हो। पत्रकारिता पृष्ठभूमिको परिवारमा जन्मिएका लिनसलाई कम्प्युटर दुनियाँमा गरेको क्रान्तिका लागि र यो क्षेत्रको नजिरमा ल्याइदिएको परिवर्तनका लागि विश्वकै महान सफ्टवेयर डेभलपर मानिन्छ । रसायन विज्ञानमा नोबेल पुरस्कार पाएका वैज्ञानिक लिनस पाउलिङबाट प्रभावित भएर यी डेभलपरको नाम नै परिवारले लिनस रखिदियो ।
लिनसले रसायन विज्ञानमा त चासो देखाएनन् तर अपरेटिङ सिस्टममा नयाँ क्रान्ति ल्याइदिए । उनले लिनक्सको विकास गरे र त्यसलाई सित्तैमा प्रयोगकर्तालाई दिए । झट्ट सुन्दा विश्वास किन नलाग्ला भने अर्का व्यक्ति गेट्स चाहिँ यस्तै अपरेटिङ सिस्टम बेचेर विश्वका धनी भए, लिनसले चाहिँ लिनक्सका लागि पैसा खर्च गरेनन् । गाउँगाउँमा फेसबुक खोल्नु कम्प्युटर बुझ्नु हो ? अमेरिकी संसदलाई नेपाली इन्जिनियरका प्रश्न के हो फ्रिलान्स ? कसरी गर्ने काम ? १० वर्षमा हजुरबुवाको कमोडोर भिक २० नामक कम्प्युटरमा प्रोग्रामिङ गर्न सुरु गरेका उनले १९९१ मा लिनक्सको पहिलो भर्सन निकाले । त्यो बेला एमसडस, मिनक्स र युनिक्स ओपेरेटिङ सिस्टम चर्चामा थिए। लिनसले युनिक्स प्रयोग गर्न चाहेका थिए तर उनीसँग पर्याप्त पैसा थिएन। यही कुराले उनलाई दुखी बनायो र उनले आफ्नै अपरेटिङ सिस्टम बनाउने संकल्प लिए । आखिर पूरा गरेरै छाडे पनि । उनले मास्टर्सको थेसिस नै ‘लिनक्सः पोर्टेबल अपरेटिङ सिस्टम’ माथि गरे ।
र, यसलाई तुरुन्तै सित्तैमा बाँडिदिए । अपेरेटिङ्ग सिस्टमको मुख्य चुरो ‘कर्नेल’ हो जो ट्रोभाल्टले बनाए । उनले सुरुमा प्रोजेक्टको नाम लिनक्स बनाए र प्रयोग गर्न साथीहरुलाई दिए। धेरै पछि मात्र उनलाई आफ्नो नाम प्रोडक्टमा राख्नु उचित लागेन । तर, त्यतिबेला सम्म उनका साथीहरुले ‘लिनक्स’ नाममा नै डाउनलोड गर्ने फोल्डर बनाइसकेका थिए। टोरभाल्ड्सको वस चल्थ्यो त उनले यो प्रोडक्टको नाम फ्रेक्स राख्ने थिए । के बुझ्नुपर्छ भने कम्प्युटर जगतको विकास भनेको राम्रो प्रोडक्ट आउनुमात्र होइन, ठूला कर्पोरेट हाउसले त्यसलाई स्वीकार गर्नु हो । माईक्रोसफ्टको राज रहेको अमेजनलगायतका ठूला कम्पनीमा लिनक्सको प्रयोग भएमात्र टोरभाल्ड्सको सफलता मानिन्थ्यो । यसको सुरुवात गर्यो ‘अपाचे’ कम्पनीले जसले ‘अपाचे’ नामको वेबसाइट राख्ने सफ्टवयर लिनक्स प्रयोग गरेर बनायो। अहिले विश्वका करिब ७० देखि ९० प्रतिशत वेबसाइटले ‘अपाचे’ प्रयोग गर्छन् । जसै सन् २००० तिर विश्वका लगभग ठूला कम्पनीले ‘लिनक्स’ आधिकारिक रुपमा प्रयोग गर्न थाले, यसको प्रयोग निकै बढ्यो ।
पथ्र्योदास प्रमिल स्टिभ जब्सको निम्तो छोटो समयमा नै टोरभाल्ड्सले विश्वमा यस्तो प्रभाव पारे, एक से एक टेक कम्पनी उनलाई आफूमा समाहित बनाउन चाहन्थे । यस्तैमा विश्वविख्यात एप्पल कम्पनीका संस्थागत अध्यक्ष स्टिभ जब्सले पनि टोरभाल्ड्सलाई आफूसँग काम गर्न बोलाए । तर, चुम्बकको विपरित धुव्रजस्ता यिनीहरुको सिद्दान्त नै फरक थियो, कहाँ हरेक प्रोडक्टमा नाफा खोज्ने जब्स, कहाँ खुल्ला सफ्टवेयर वादशाह टोरभाल्ड्स । टोरभाल्ड्सले जब्सको प्रस्ताव ठाडै अस्वीकार गरे । टोरभाल्ड्स कुनै पनि कम्पनीमा आवद्ध भएनन् जागिरका लागि । तर, विश्वभरीबाट प्राप्त सुझाव र कोड संकलन गरे । नयाँ भर्सनहरुमा काम गरे । अहिले पनि हरेक दिन टोरभाल्ड्स यसको विकासमा दिनहुँ काम गरिरहेका छन् । व्यक्तिगत स्वभाव र प्रेम टोरभाल्ड्स शान्तीप्रेमी हुन् । उनी यति शान्त वातावरणमा काम गर्छन् कि आफ्नै कम्प्युटरको आवाजले डिस्टर्ब नगरोस् भनेर अर्को कोठामा किबोर्ड र मनिटरमात्र लिएर काम गर्छन् । कम बोल्ने यिनले कार्यकर्ममा आफै बोल्न समेत रुचि राख्दैनन। टेड टकमा पनि उनले कार्यकर्म संचालकसँग प्रश्नोतर शैलीमा कुरा गरे ।
सन १९९३ तिर जतिबेला टोरभाल्ड्सले हेलसिन्की विश्वविद्यालयमा प्राध्यापन गर्थे, विद्यार्थीलाई यिनले इमेल निर्माण गर्ने जिम्मा दिए। यो असजिलो काम थियो, तर टोभ मोनी नामकी विद्यार्थीले सबैभन्दा पहिले काम गरिन् । यही कुराले गर्दा टोरभाल्ड्स मोनीसँग प्रेममा परे । सन् १९९७ मा उनले मोनीसँगै विवाह गरे । फेरि अर्को सफलता विश्वभरका डेभलपरले काम गर्न लिनक्स डेभलपरहरुले बिटकिपर नामको सफ्टवेयर प्रयोग गर्थे । तर, २००५ पछि यसले सित्तैमा प्रयोग गर्ने सुविधा हटाइदियो। टोरभाल्ड्सले यसैको लागि अर्को प्रोडक्ट बनाए ‘गिटः भर्सन कन्ट्रोल’ । गिट विश्वका सबै टेक कम्पनीको मुख्य रोजाइ बन्यो। यो यति चर्चित छ कि सामान्य कम्पनिमा काम गर्न पनि यसको प्रयोग जसै जान्नै पर्ने अवस्था छ।
लिनक्स र यसको प्रयोग लिनक्सले अहिले त ठूलो फड्को मारिसकेको छ। सन् २०१५ पछि माईक्रोसफ्ट स्वयमले आफ्ना सर्भरमा लिनक्स प्रयोग गर्न दिन थालेको छ। करिव ९० प्रतिशत क्लाउड कम्प्युटर भनेको नै लिनक्स छन् । हामीले हरेक दिन हेर्ने वेबसाइट, रिमोट एप्लिकेसन ले लिनक्सकै कुनै न कुनै स्वरुप प्रयोग गर्छन।
घरायसी तथा अफिसियल प्रयोगमा पनि यसको प्रयोग बढ्दो छ। थोरै मेमोरीमा पनि चल्ने तथा अनावश्यक सेटिङ नभएको लिनक्स प्रयोग गर्न रमाइलो पनि छ । कम्प्युटर प्रोगामरहरु लिनक्सलाई नै आफ्नो पहिलो रोजाइमा राख्छन। सामान्य प्रयोगकर्तालाई यो सुरुमा असजिलो मान्न सक्छन् । यसमा थोरैमात्र ग्राफिक्स प्रयोग गरिएको हुन्छ, अर्थात विन्डोज कम्प्युटरमा जस्तो क्लिक गर्दै सेटिङ गर्न नमिल्न सक्छ। र, अन्त्यमा लिनक्सबारे छुटै ब्लग आवश्यक परे पनि, टोरभाल्ड्स धेरै कमलाई थाहा भएका ‘अनसङ हिरो’ हुन् । विश्वका कति ठूला सफ्टवेयर त लिनक्समा मात्र चल्छन जसलाई सामान्य प्रयोगकर्ताले अनुभूत गर्न पनि पाउँदैन । कतिसम्म भने विश्वकै चर्चित प्रोग्रामिङ्ग ल्यांवेजलाई यिनी वाईयात भन्छन भने, नभिडिया ग्राफिक्स कम्पनीले त यिनको कमेन्ट सुनेर लिनक्सलाई बिशेष सपोर्ट नै गर्न थालेको छ। कम्प्युटर इञ्जिनियरिङ्गका ‘आइकन’ टोरभाल्ड्सलाई सलाम।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक