20190417

NRNA अमेरिकाको निर्वाचनका सन्दर्भमा मैले यस्तो निर्णय लिएँ

Image may contain: Ram Prasad Khanalअमेरिकाको बसाई पनि ११ बर्ष पुरा भएछ । यो अबधिमा कुनै पनि राजनीतिक गतिबिधी र गुटमा नलागी बिशुध्द गीत संगीत, साहित्य, कला र सँस्कृतिका लागि आफु सक्दो योगदान दिने प्रयास गर्दै अगाडि बढेको छु जुन तपाईंहरुलाई बिदितै छ ।

समाजका केही अगुवा, विद्वान र सामाजिक हैसियत बनाएका मित्रहरुको आग्रहमा मैले NRNA अमेरिकाको हुन गैरहेको निर्वाचनमा उमेदवारी दिने सोँच घोषणा गरेको थिएँ । केही समय यता मैले हेरिरहेको छु पोटोम्याक नदीमा धेरै पानी बगिसकेको छ र मैले पनि हाम्रो नेपाली अमेरिकी समाजलाई नजिक बाट नियालिरहेको छु । यहाँ पनि त्यही नेपालको फोहोरी राजनीति, गुटबन्दी, पदको मात्र बार्गेनिङ, कुण्ठाहरु देखे पछि मैले NRNA अमेरिकामा जाने मेरो पूर्व निर्णय म आफै बदर गर्ने निर्णय गरेँ ।

आफ्नो स्वाभिमान, नैतिकता, स्वतन्त्रतामाथि प्रश्न उठ्ने गरी मलाई नेपालका राजनीतिक पार्टीहरुका अमेरिका स्थित भगिनी संगठनहरु सँग मिलेर,  प्यानल बनाएर, गुटबन्दी गरेर चुनावमा जान पटक्कै मन लागेन । NRNA अमेरिकाको निर्वाचनमा यसरी प्यानल बनाएर जाँदा समाजमा झनै फुट आउने, NRNA बिबादमा पर्ने देखेकोले NRNA संस्थालाई राजनीतिक गुटबन्दी बाट अलग राख्न सम्बध्द सबै पक्षलाई यसो नगर्न हार्दिक अनुरोध गर्दै, आफु उमेदवारी बाट अलग भएको घोषणा गर्दछु ।

अब नेपाल तिर पनि बसाई अलिकती बढाउने र केही गर्ने सोंचमा रहेको म संस्थामा रहेर भन्दा बाहिर बसेर पनि आफु सक्दो योगदान दिनुपर्छ, दिन सकिन्छ भन्ने मान्यता राख्दछु । आफु अब बाँकी जीवन पनि राजनीतिबाट पूर्ण अलग रही स्वतन्त्र रुपमा गीत संगीत, साहित्य, कला, सँस्कृती र पत्रकारितामै बिताउने प्रण गर्दछु ।     

 NRNA लाई निर्बिबाद र सबै नेपालीहरुको साझा संगठन बनाउन मेरो सदैब सत्प्रयास हुनेनै छ । धन्यवाद ।

- रामप्रसाद खनाल                           

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक