20190924

तपाईंको सत्र बर्से छोरा मारिएको भए तपाईं के गर्नुहुन्थ्यो हँ ??

सत्रबर्से आफ्नो कलिलो छोरालाई प्रचण्ड र बाबुरामका जल्लादहरुले हत्या गरेपछि हत्यारालाई कानुनी कार्वाहीको माग गर्दै अनशनमा बसेका बाबु नन्द प्रसाद अधिकारी मरे । उनको लाश बाकसमा बरफ भित्र चिसिरहेको बर्सौँ बित्यो । सतगत भएको छैन । सँगै अनशनमा बसेकी आमा लाई सत्ताधारी प्रचण्डका जल्लादहरुले अहिले पनि प्रहरी प्रशासनको दुरुपयोग गरेर नजरबन्दमै राखेर, अनशनमा बसेकी ति अबोध आमालाई नशाबाट सलाइन मार्फत जबर्जस्ती खाना खुवाएर मर्नु न बाँच्नु बनाइरहेका छन । मारिएको आफ्नो भाईको हत्यारालाई कार्वाहीको माग गर्दा दाजु लाई अनेक मुद्दा लगाएर जेल हालेका छन सत्ताधारीहरुले । हिंजो नन्द प्रसाद र गंगामाया आमालाई हामी छौं भन्दै उछाल्ने केपी ओलीहरु, योगेश भट्टराईहरु जल्लादहरुको नाइके प्रचण्ड सँग एकता गरेर तैँ चुप मै चुप छन । मानबाधिकारका नाममा बिजनेश गर्नेहरुको बिजनेश कता चल्दैछ अहिले गंगामाया आमालाई कुनै अत्तो पत्तो छैन । मनबाधिकार आयोग के गर्दैछ भगवान जाने । महिला अधिकारवादीहरु को के कुरा गर्नु र खोइ शायद उनुह्रु गंगामाया लाई चिन्दैनन होला !  ठुला ठुला डिङ हाँक्ने नेपाली पत्रकारिता र पत्रकारहरु यस्तो समबेदनशील कुरामा खोज पत्रकारिता गर्न आबस्यक देख्दैनन । एकथरिलाई प्रचण्ड र केपी ओलीहरुको अर्काथरिलाई शेर बहादुरको नुनको सोझो गर्दा फुर्सद छैन । न्याय मरेको देश, अपराधीहरु र जल्लादहरुले चलाएको देशमा यहाँ सत्य न्याय धर्म कर्म सबै बिकी सकेको छ । अझ लोकतन्त्र र गणतन्त्र फलाक्न लाज नलाग्ने नकचरा शाशकहरु, सत्ता पक्ष  र नपुँसक बनेको प्रतिपक्षी काङ्रेसहरुलाई गंगामाया आमाको आँशुले कसरी बाटो देला हेर्न बाँकी नै छ । पापी दुस्टहरुहो ! सत्ता, शक्ती र भक्ती सधै स्थायी हुन्न ख्याल गर ।  कुनै दिन तिमीहरु अन्तराष्ट्रिय कठघरामा अभिनुपर्ने दिन आउनेनै छ चेतना भया । * रबिन्द्र मिश्रजी, भिमार्जुन आचार्यजी, ओम प्रकाश अर्यालजी, रवि लामिछानेजी, ज्ञानेन्द्र शाहीजी, बिष्णु भट्टराईजी, बाल कृष्ण न्यौपानेजी, सुरेन्द्र भण्डारीजी लगायतका अहिले नेपाल र नेपालीका लागि बोलिरहेका भनिएका बोलीहरुलाई यि न्यायको लागि लडिरहेकी आमा गंगामायाको न्यायको आवाज पनि बोल्नका लागि हामी हार्दिक आह्वान गर्दछौं । 
 - नेपाल मदर डट कम                         

मानव अधिकारका भाषणहरु पनि चर्कैरुपमा सुनिएका छन् तर ती भाषणहरुमा कतै पनि गंगामायाको वेदनाले, सुस्केराले ठाउ पाएको छैन ।

-पुरुषोत्तम दाहाल-

गंगामायाले न्यायको माग गरेको पन्ध्र वर्ष नाघि सक्यो । तर नागरिकलाई न्याय दिनु पर्ने सरकार र सत्ता भने अरु धेरै अन्याय गर्न कम्युनिष्ट दीक्षा लिन आतुर भइरहेको छ । दुईतिहाईको जनमतकासाथ लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक विधिद्वारा शासनारुढ नेपाल कम्युनिष्ट पार्टीको सरकार गंगामायाको आवाज सुन्न सक्दैन । तर एकदलीय निरंकुशताको शिक्षालाई गाउस्तरसंम पुर्याउन अरु देशको कम्युनिष्ट पार्टीसंग हारगुहार गर्दै समझदारीमा हस्ताक्षर गरिरहेको छ । न्यायमाथि अन्यायको विषवमन गर्न नियोजित रुपमा अहिले कम्युनिष्ट नेतृत्वको सरकार क्रियाशील छ ।
संयोग नै मान्नुपर्दछ गोर्खा फुजेलकी गंगामाया अधिकारीले आफ्नो छोरा कृष्णप्रसादका हत्यारालाई कार्वाही गर्न र न्यायकालागि जीवन उत्सर्ग गर्ने पति नन्दप्रसादको शवको दाहसंस्कार गर्ने अवसर ःजुटाइदिन माग गर्दै अनशन वसेको ठीक पांच वर्ष पुगेको दिन नेपालको सत्तारुढ कम्युनिष्ट पार्टी र चीनको कम्युनिष्ट पार्टी बीच कम्युनिष्ट प्रशिक्षणलाई गाउ तहसंम पुर्याउने सहमति भएको छ । जुन कम्युनिष्ट विचारद्वारा शिक्षित भएकाहरुले क्रूर आक्रमण गरी ०६१ सालमा गंगामायाका कान्छा छोरा कृष्णप्रसादको हत्या गरेका थिए । एस्एलसीको परीक्षा सकेर आफ्ना नातेदारका घर चितवन पुगेका कलकलाउदो उमेरका कृष्णप्रसादलाई माओवादीहरुले निर्ममतापूर्वक हत्या गरेका थिए ।
 आफ्ना निर्दोष छोराको हत्या गर्ने आततायीहरुलाई पक्राउ गरी कानूनको कठघरामा उभ्याउन माग गर्दै अनशन वसेका गंगामायाका पति नन्दप्रसादले करीव तीनसय चौतीस दिन पश्चात् प्राण त्याग गरेकाथिए । अहिले पनि नन्दप्रसादको शव शिक्षण अस्पतालको मुर्दाघरमा निचेष्ठ आफ्नो छोराका हत्याराहरुमाथि कार्वाही गरेको हेर्न प्रतीक्षारत छ । गंगामाया अस्पतालको शैय्यामा छिन् । 
दोषीहरुलाई कार्वाही गर्ने भनी प्रतिबद्धता जनाउन कुनै दिन अस्पतालमा गंगामायालाई आस्वासन दिन पुगेका तत्कालीन एमालेका नेता खड्गप्रसाद ओली अहिले प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुनुहुन्छ । तर उहांले अव ती सबै आस्वासनहरु विस्मृतिको गर्भमा लुकाइसक्नु भएको छ । उहांको मनमस्तिष्कमा तत्कालीन माओवादीको वैशाखीमा टेकेर सत्ताको सिढी पार गरेको दिव्य घटनामात्र स्मरण भइरहेको छ । सबै मानवीय मूल्य, मानवताका आंसु र न्यायका मागहरुलाई कुर्सीसंग विनिमय गरेपछि गंगामायाको पीडा सुन्ने, वुझ्ने, अनुभव गर्ने र कार्वाहीगर्ने चेतना समेत प्रधानमन्त्रीको गुमिसकेको अनुभव हुन्छ ।
नेपालमा नारी समानताको आन्दोलन तीव्र छ । समानताका कुरा खूव उठ्ने गर्दछन् । भाषणमा, कुर्सीमा, मञ्चमा र अघिपछि नारी समानताको चर्का नारा लगाउने नारीहरु पनि मौन छन् । यौटी आमाको पीडा सुन्न यदि नारी नेतृत्व समेत रहनुभएकी राष्ट्रपति विद्या भण्डारी गंगामायालाई सहानूभूति दिन र उनको मागलाई जायज तरीकाले समाधान गर्न किन अग्रसर हुनुहुन्न ? कि अन्यायी र पीडीत दुवैका लागि राष्ट्रपति पद समान हुने हुनाले वोल्न हुदैन भन्ने मान्यता उहांमा छ ।
 अहिले त विगतमा संक्रमणकालीन न्यायको चर्को आवाज उठाउनु हुने, नेपालको मानव अधिकार आन्दोलनको परिचित र विगतमा निरन्तर गंगामायाका पक्षमा वहस गर्नु हुने र स्थापित मानव अधिकारकर्मी सुशील प्याकुर्याल नै राष्ट्रपतिका सल्लाहकार हुनुहुन्छ । के सुविधाको भारी वोकेर सत्तामा पुगेपछि न्यायको तराजु पनि उल्टोतिर घुम्ने हुन्छ ? सुशीलजी त त्यसतो हुनुहुन्न भन्ने यो पंक्तिकारको विस्वास छ ।
 सार्वभौम सर्वोच्च स्वतन्त्र संसदमा रहेका महिलाहरु आरक्षणकालागि मात्रै हल्ला गर्ने कि नारीको न्यायमागको समर्थनमा पनि उभिने ? केही दिन सांसद र सुविधाकालागिमात्र हो भने नारी सांसदहरुको कुनै अर्थवत्ता हुदेैन । अहिले न्यायालयमा पनि महिलाहरु पुग्नुभएको छ । अझ महिला अधिकारवादीहरु पनि न्यायको कुर्सीमा विराजमान हुनुहुन्छ । के गंगामायाले तपाईहरुबाट कुनै सहानुभूति पाउने अधिकार राख्दिनन् ? के हिजोका दिनमा नारी स्वतन्त्रताका निम्ति उठाएको आवाज आफ्नो प्रगति र सुविधाकालागि मात्र थियो त ?
 यतिविधि महिला संघहरु छन्, गंगामायाको ममताको गला घोटिरहेको, उनका आंखाबाट निरन्तर वहिरहेको आंसुको कुनै मूल्य हुदैन भन्ने ठान्दछन् यी महिला संघहरु ? यौटी आमाका पक्षमा किन उभिदैनन् ? चितवनमा यौटा पत्रकारकालागि उर्लिएको जस्तो जनसमूह किन जुट्न सक्दैन ? कि वोल्नेका पक्षमा मात्र उभिने स्वार्थी समूह मात्र त्यसरी जुटिरहेको थियो ? लोकतन्त्रमा विस्वास गर्ने राजनीतिक दलहरुका अनेक भातृसंस्थाहरु छन् तिनले वोल्नु पर्नेह ो कि होइन , कि भागवण्डा र अंशवण्डाको लडाइकालागि मात्र हो ? त्यस्ता संस्थाहरु ? अनि राजनीतिक दलहरुको न्यायकालागि कुनै एजेण्डा हुनुपर्ने कि नपर्ने ?
गंगामायाको ममता निरीह देखिन्छ तर उनको बाटो कठोर छ र कहिल्यै परास्त नहुने खालको छ । अहिले चरण प्रसाई र बाबुराम गिरीहरु जस्ता मानव अधिकार आन्दोलनका अग्रणीहरुले गंगामायालाई भरथेग गरिहेको देखिन्छ । उनीहरुको यो कृत्य स्तुत्य छ । तर हामी अरुको भूमिका के हुने ? मानव अधिकार आन्दोलनका केही मसीहाहरु यतिवेला दिन कटनीका अनेक नौटंकी कर्म गरिरहेको देखिन्छ । अव मानव अधिकारको साहित्य सिर्जना हुदैछ । तर गंगामायाको चित्कारसंग त्यो साहित्य जोडिनसकेको छैन । 
मानव अधिकारका भाषणहरु पनि चर्कैरुपमा सुनिएका छन् तर ती भाषणहरुमा कतै पनि गंगामायाको वेदनाले, सुस्केराले ठाउ पाएको छैन । यसैले उनी अव आफ्नो वेदनालाई अन्तरराष्ट्रिय समुदायमा पुर्याउने प्रयासमा छिन् । आफ्नै घरमा न्याय नपाएकी एक अवला नारीको स्वर अन्तरराष्ट्रिय समुदायमा कसरी पुर्याउन सकिन्छ ? र उनले न्याय पाउने हुन् ? संम्माननीय राष्ट्रपतिजी एक महिला, एक आमाको नाताले तपाइ के कुनै तपाइ जस्तै आमाको पुकार सुन्न सक्नुहुन्छ ? गंगामायाको चित्कारले तपाइको मन छुनसक्छ कि सक्देैन ? न्यायको माग तपाइको अन्तरमनमा प्रतिध्वनित हुन्छ कि हुदैन ? कि कम्युनिष्ट पार्टीका सदस्यहरुलाई अर्को यस्तै अन्याय गर्न सहयोग पुर्याउन आरम्भ अन्तरराष्ट्रिय कम्युनिष्ट पार्टीको दीक्षालाई समर्थन गर्नुहुन्छ ? गंगामायाको माग न्याय हो मात्र न्याय हो । उनको अरु कुनै पनि माग छैन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक