20190908

कुलपति प्रा. उप्रेती र प्राज्ञ सदस्य डा. पौडेललाई भर्जिनियामा सम्मान


नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य, काव्य विभाग प्रमुख  डा. हेमनाथ पौडेललाई भर्जिनियामा सम्मान गरिएकोछ । अनेसास, वाशिङ्गटन डि सी डिसी मेट्रो कमिटीद्वारा आयोजित साहित्यिक तथा प्राज्ञ सम्मान कार्यक्रममा वहाँहरुलाई सम्मान गरिएको हो । उक्त कार्यक्रमको अध्यक्षता अनेसास, वाशिङ्गटन डि सी डिसी मेट्रो कमिटीका अध्यक्ष भूप नारायण घर्ति मगरले र सँचालन उपाध्यक्ष पुस्कर पन्त, तथा महासचिब मुकुन्द कोइरालाले गर्नुभएको थियो ।

सम्मान पछि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वरिष्ठ विद्वान ब्यक्तित्व डा.गंगाप्रसाद उप्रेती तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य, काव्य विभाग प्रमुख  प्राज्ञ डा. हेमनाथ पौडेलले नेपाल प्रज्ञा प्रतिष्ठानले गरिरहेका काम कारवाहिका बिषयमा प्रकाश पार्नुभयो । वहाँहरुले स्वागत र सम्मानका लागि आयोजकहरुलाई धन्यवाद पनि ब्यक्त गर्नुभयो । 

७ सेप्टेम्वर, २०१९ शनिवार तन्दूरी नाइटूस फेयरफ्याक्समा आयोजित कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की, महाबाणिज्यदुत अग्रज लोक गायक एबम अन्तर्राष्ट्रिय कलाकार मञ्चका सल्लाहकार प्रेमराजा महत, अन्तर्राष्ट्रिय कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एबम अग्रज लोक तथा दोहोरी गायक रामप्रसाद खनाल र अनेसास, वाशिङ्गटन डि सी डिसी मेट्रो कमिटीका अध्यक्ष भूप नारायण घर्ति मगर चारै जनाले आफ्नो मन्तब्य राख्दै नेपाल प्रज्ञा प्रतिष्ठानले कुलपति वरिष्ठ विद्वान लेखक, साहित्यकार डा.गंगाप्रसाद उप्रेतीको
नेत्रित्वमा राम्रा काम गरिरहेको र आगामी दिनमा अझ धेरै राम्रा काम को आशा गरिएको बताउनुभयो । उलपती उप्रेती र अर्का प्राज्ञ हेमनाथ पौडेललाई अमेरिकामा स्वागत र सम्मान गर्न पाउँदा आफुहरु  खुशी र गौरवान्वित भएको पनि वहाँहरुले बताउनुभयो ।

खनालले सम्मानित दुबै ब्यक्तित्वका बारेमा परिचय राख्नुभयो । अन्तर्राष्ट्रिय कलाकार मञ्चका तर्फबाट पनि कुलपती उप्रेती र प्राज्ञ पौडेललाई सम्मान गरिएको उक्त कार्यक्रममा केही कविहरुका कविताहरु पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका तस्वीरहरु आफै यसरी समाचार बोल्छन ।




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक