20200111

उनले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्नेहरुले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैन

Image may contain: one or more people
पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । उनले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्नेहरुले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैन।नेपाल राष्ट्र निर्माणमा उनलाई सबै जातजाति र समुदायका मानिसहरूले साथ दिएको भए पनि नेतृत्व र भिजन उनकै हो। हरेक देशका साँझा सम्पदा हुन्छन् । राष्ट्रिय एकता दिवस हाम्रो यस्तै एउटा सम्पदा थियो र हो । विदेशीका सामु आफ्नो स्वाभिमान
बेचिसकेकाहरुका लागि यसको महत्व हुने कुरै भएन । बरू उनीहरु यसलाई धुमिल बनाउन लागि रहे। यसका लागि उनीहरुले राष्ट्रिय एकता दिवसलाई सरकारी क्यलेण्डरबाट झिकिदिए। पृथ्वीनारायण शाहको मूर्ति फोडन लगाएँ। जातजातिका बीचमा द्वेष सिर्जना गराए। तथापि, उनीहरुले देश बिखण्डन गर्ने सम्मको लक्ष्य अझै प्राप्त गर्न सकेका छैनन् । उनीहरूलाई परास्त गर्न पनि राष्ट्रिय एकता दिवस धुमधामले मनाउँनु पर्छ र पृथ्वीनारायण शाहलाई अझ धेरै सम्मान गर्नु पर्दछ । यो उपलक्ष्यमा म सबै नेपालीहरु बीचको एकता अझै मजबुत हुदै जाओस् भन्ने कामना गर्दछु । जय राष्ट्रिय एकता दिवस ! - भीमार्जुन आचार्य 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक