20200106

रक्तदान एक पर्व : विश्व रक्तदाता अर्जुन मैनाली

Image may contain: 12 people, people smiling, indoor
न्यूयोर्कमा मानवीय जीवन बच्चाउन हरेक दिन करीब २ हजार पोका रगत चाहिन्छ। यहाँ बसोबास गरी रहेका नेपालीहरुले उक्त जटिल अवस्थालाई सहज बनाउन आफ्नो ब्यस्त काम काजका बाबजुत पनि केही समय निकालि बिगत दश बर्षदेखी नियमित रुपमा रक्तदान गर्दै आएका छन ।


आज जनवरी ५, २०२० का दिन लङग आईल्याण्ड नेपाली समाज, न्यूयोर्कले आयोजना गरेको कार्यक्रममा ४ दर्जन महानुभावहरुले रक्तदान गर्नुभयो । नेपालीहरुले आयोजना गरेको कार्यक्रममा नै रक्तदान गर्न एक घण्टा टाढाको मोर्टर बाटोबाट आएर तुलसी आचार्यले रक्तदान गर्नुभयो । उहाँले डिसेम्बर २३ मा धादिङ नेपाली समाजले आयोजना गरेको कार्यक्रममा उच्च रक्तचाप भएका कारणले रक्तदान गर्न पाउनु भएन । तुलसिले अढाइ महिना पछि पुन मार्च २२ मा रिजऊड नेपाली समाजमा रक्तदान गर्ने हुनु भएको छ ।

रामकुमार ढकालले डबल रेडसेल डोनेसन गर्नुभयो । उहाँले एक पटक दान गरेको रगतबाट नौ जनासम्मलाई बचाउन सहयोग हुनेछ । रामकुमारजीको छोरीले शारिरिक तौल कम भएकाले रक्तदान गर्न पाइनन । रक्तदाता नरेन्द्र सुबेदीलाई हौषला प्रदान गर्न उहाँको बुबा र छोरी नै साथमा आउनु भएको थियो । आज रक्तदान गर्दा गर्दै हेमन्त सिंहलाई थोरै गाह्रो परेको थियो । उनले अधिल्लो दिन देखि नै प्रशस्त पानी पिउन पाएका रहेनछन । बिगतका दिनमा रक्तदान गर्छु भन्दा भन्दै पनि समय मिलि रहेको रहेनछ । आज सबै काम छोडेर भए पनि रक्तदान गरेँ, एन आर एन न्यू योर्कका महासचिब महेश खड्काले भन्नुभयो ।

तेह्र महिनाकी सुत्केरी महिला बिमला डाँगी दुधे बालकलाई काखीमा च्याप्दै ‘म पनि रक्तदान गर्छु' भनेर नाम लेखाउनु भएको थियो । अहिले बच्चा साह्रै सानो छ अर्को बर्ष रक्तदान गर्नु भन्दै स्वास्थ्य कर्मीहरुले फिर्ता पठाउनु भयो ।

समाजकी अध्यक्ष कल्पना थापा रक्तदान गर्न आउनेहरुलाई ब्यबस्थित बनाउदै सबै प्रति कृतज्ञ देखिनु भयो ।     

समाजका अग्रज ब्यक्तित्व; विश्वराज बास्तोला, दिवाकर पाण्डे, टिका ढकाल, विश्व रक्तदाता अर्जुन मैनाली लगायत धेरैले उपस्थित भएर हौषला प्रदान गर्नु भएको थियो । न्यू योर्कमा गत एक बर्ष यता करीब छ सय जनाले रक्तदान गरिसक्नु भएको छ । त्यति नै परिमाणमा हौषला दिन अरु गन्यमान्य ब्यक्तिहरुको उपस्थित हुनुले रक्तदान कार्यक्रम पर्व जस्तै हुने गरेको छ । रक्तदान गर्नु हुने सबैमा धन्यवाद छ ।

अब अर्को रक्तदान कार्यक्रम नेपाली पब्लिक रेलेसन कमिटी लङग आईल्याण्ड च्याप्टरले फेब्रुअरी ९, २०२० मा राखेको छ ।
Image may contain: 8 people, people smiling, people standing and indoor
Image may contain: 3 people, people sitting
Image may contain: 2 people, people sitting and text
Image may contain: Tulsi Acharya, sitting

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक