20200119

रवि लामिछाने, युबराज र उर्लिएको जनलहर सत्य थिए, अदालतले सफाइ दियो, न्याय दियो । खुशी लाग्यो ! बधाई रविजी र सम्बध्द सबैलाई !

No photo description available.
चितवन जिल्ला अदालतको फैसला पछि प्रचण्डका बाबुछोरी र उनका शिशुपाल प्रहरी उपरिक्षक दान बहादुर र रवि, युबराजलाई फसाउन चाहने  बिरोधिहरुलाई ठुलो चोट पुगेको महसुस गरिएको छ । उनिहरु अब रवि बिरुद्ध पुनराबेदन जाने सम्भावना पनि रहेको रेणु निकट श्रोतले जनायो ।  
https://www.facebook.com/rabi.nikitalamichhane/videos/2496522440559913/
Image result for rabi lamichhane yubaraj kandel





No photo description available.
No photo description available.
Image may contain: text
Image may contain: text
Image may contain: text
No photo description available.
Image may contain: text
No photo description available.
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेसहितका तिनै जना प्रतिवादीले सफाइ पाएका छन् ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलाशले आइतबार लामिछानेसहित न्यूज २४ टिभिका पत्रकार युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई सफाइ दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा लामिछानेसहित कँडेल र कार्कीविरुद्ध ८ भदौ २०७६ मा जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले लामिछानेसहित तीनै जनाविरुद्ध अधिकत्तम ५ वर्षसम्म कैद र जनही ५० हजार रुपैयाँ जरिवाना मागदाबी गरेको थियो ।

चितवन जिल्ला अदालतले गत भदौ ९ गते थुनछेक आदेश जारी गर्दै सञ्चारकर्मी लामिछानेसँग ५ लाख तथा कँडेलसँग ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो भने कार्कीलाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भनेको थियो ।

यसबीचमा वादी नेपाल सरकार र प्रतिवादी लामिछानेसहितका ३ जना प्रतिवादी जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत समेत गएका थिए ।

तर, उच्च अदालत पाटनको हेटौंडा इजलाशले जिल्ला अदालत चितवनकै थुनछेक आदेश सदर गर्दै अन्तिम आदेश सुनाएको थियो ।

मुद्दाका साक्षी र घटनासँग सम्बन्धित व्यक्तिको बयान, बकपत्र र वादी प्रतिवादीहरुको बयानका आधारमा अदालतले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछाने, कँडेल र कार्कीले आत्महत्या गर्न दुरुत्साहन गरेको मान्न नसकिने ठहर गरेको हो ।

पत्रकार पुडासैनी गत साउन २० गते चितवनको नारायणगढस्थित होटेल कंगारुमा मृत फेला परेका थिए । प्रहरीका अनुसार पुडासैनीले आत्महत्या गरेका थिए ।

पुडासैनीको शवसँगै फेला परेको उनको मोबाइलमा भेटिएको भिडियोसहित अन्य प्रमाणका आधारमा प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछाने, न्यूज २४ टेलिभिजनमा कार्यरत कँडेल र नर्स अस्मिता भनिने रुकु कार्कीलाई गत साउन ३० गते (बिहीबार) काठमाडौंबाट पक्राउ गरेको थियो ।

प्रहरीले करिब १० दिन अनुसन्धान गरेपछि उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहन गरेको कसुरमा मुद्दा दर्ता भएको थियो ।

पत्रकार पुडासैनीले आत्महत्या पूर्व रेकर्ड गरेको भिडियोलाई प्रमुख प्रमाण मान्दै प्रहरीले लामिछाने, कँडेल र काकीविरुद्ध अनुसन्धान थालेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले पनि सोही भिडियोलाई प्रमुख प्रमाणको रुपमा अदालतमा पेश गरेको थियो । उक्त भिडियोमा पुडासैनीले अस्मिता भनिने रुकु कार्कीको प्रयोग गरी सञ्चारकर्मी लामिछाने र कँडेलले आफूलाई ‘ब्ल्याकमेल’ गरेका कारण आत्महत्या गर्न विवश रहेको आशय उल्लेख गरेका थिए ।

तर, जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलेको इजलाशले भने पुडासैनीको उक्त भिडियोलाई नै अन्तिम सत्य र अकाट्य प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने ठहर गरेको खबर हबले लेखेको छ ।

अदालतले फैसलामा भनेको छ, ‘…उल्लेखित अवस्थाका आधार, प्रमाण र सन्दर्भ समेतका तथ्ययुक्त बस्तुस्थितिबाट मृत शालिकराम पुडासैनी आफू मर्नभन्दा पहिले आफ्नो मृत्युका सम्बन्धमा निजले ब्यक्त गरेको भनाई ‘मृत्युकालीन घोषणा’लाई यी प्रतिवादीहरु रवि लामिछाने र युवराज कँडेल समेतको कार्य, व्यवहार, आरण र अभिव्यक्ति समेतले सन्निकट सम्बन्ध जनाउने कुनै विश्वसनिय प्रमाण, भौतिक तथ्य र निजहरुको भौतिक उपस्थ्तिि समेत नदेखिएको र निजहरुको मृतकका प्रति कुनै षडयन्त्रपूर्ण दृष्टिकोण र आपराधिक दुरासय नदेखिएको अवस्थामा घटना, घटनास्थल र प्रतिवादीहरुको कार्यका बीच अन्तरसम्बन्ध स्थापित गर्ने प्रमाण कागजहरु संलग्न रहेको अवस्था नदेखिँदा मृतकले व्यक्त गरेको भिडियो कथनलाई मात्र अन्तिम सत्य र अकाट्य प्रमाणको रुपमा ग्रहण गर्न मिलेन । तसर्थ प्रतिवादीहरु रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीले शालिकराम पुडासैनीलाई आत्महतया गर्न दुरुत्साहन गरेको भन्ने अवस्था नदेखिदा निजहरु तीनै जनाले प्रस्तुत अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । बादी नेपाल सरकारको दाबी पुग्न सक्दैन ।’



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक