20200116

नेपाली चलचित्र लक्का जवानको निर्माण सम्पन्न भए लगत्तै त्यसको पहिलो गीत सार्वजनिक

अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय कार्य समितिका उपाध्यक्ष, लोकप्रिय हाँस्य कलाकार शिवहरी पौड्यालद्वारा निर्देशित, सल्लाहकार एबम अग्रज हाँस्य कलाकार किरण केसी, चर्चित नायक दिलिप रायमाझी, पुराना कलाकार धुर्ब वन्त र अनुसया श्रेष्ठ वन्तद्वारा निर्मित नेपाली चलचित्र लक्का जवानको निर्माण सम्पन्न भए लगत्तै त्यसको पहिलो गीत सार्वजनिक भएको छ । धेरै कलाकारहरु समाबेश गीत रिलिज भएसँगै लक्का जवान राम्रो बनेको दर्शकहरुले प्रतिकृया दिन थालेका छन । बधाई शिवहरी पौड्यालजी सहित लक्का जवान सम्पूर्ण टिम लाई ।     


गीत रिलिज सँगै निर्देशक शिवहरी पौड्यालले भन्नुभएको छ - " २९/३० बर्षको कलायात्रामा सानो दिमाग भएपनि आफ्नै लेखन र निर्देशनमा बिज्ञापन फिल्म, डकुमेन्ट्री भिडीयो, म्यूजिक भिडीयो, टेलिफिल्म, हजारौं स्टेज शोहरू निर्माण र अभिनय गर्दै यो स्टेज सम्म आईपुगेकोछु जुन कुरामा दर्शक महानुभावहरूको मायांनै प्रमुख हो । अब गर्नपर्ने वांकी काम यही एउटा थियो आफ्नै लेखन र निर्देशनमा ठूलो पर्दाको चलचित्र निर्माण गर्ने, आज आएर त्यो काम पनि पूर्ण भएकोछ “(लक्का जवान)” जुन चलचित्र चैत्रको २१ गतेदेखि प्रदर्शन हुंदैछ । यो चलचित्र निर्माण गर्ने जिम्मेवारी प्रदान गर्नुहुने आदरनिय ध्रुव वन्त दाई र अनसुया श्रेष्ठ वन्त भाउजु प्रति आभारी छु । मलाई प्रेरणा, साथ, सहयोग र हौसला प्रदान गरि मेरा हरेक कठिनाईमा सान्त्वना दिंदै संधै छेऊमै उभिदिने मेरा आदरनिय किरण के.सि. दाई र दिलिप रायमाझी भाई अनि शुटिंग अवधिभर मेराे कामलाई आफ्नै सम्झीएर सहयोग र हौसला प्रदान गर्नुहुने आदरनिय मित्र पुरूषोत्तम प्रधान, सुदिप कुंवर, कविराज गहतराज, सिने जोन र सिने जोनका रजत बुढाथोकी, विशाल पहाडी लगायत सम्पूर्ण सिने जोन र सिने फोकस परिवार अनि व्याक ग्राउण्ड स्कोरमा शुजिल कर्माचार्य , एडीटर मित्र डि.गुरूंग, सुदन भतिज, निरजजी, अनन्तजी, सुनिता श्रेष्ठ, रोयल भिमसेन लगायत यस्मा छुट हुनुभएका ज्ञात अज्ञात सम्पूर्ण सम्वन्धित प्राविधिक लगायत सहयोगी हातहरूलाई हार्दिक क्रितज्ञता ज्ञापन गर्दछु । कलाकारहरू तर्फ : संधै समयमानै उपस्थीत भैदिएर उत्क्रिष्ट अभिनय गरि चलचित्रलाई सुन्दर वनाउन सहयोग गरिदिनुहुने सिनियर जुनियर सम्पूर्ण आदरनिय कलाकार महानुभावहरूलाई विशेष सम्मान सहित हार्दिक धन्यवाद अर्पण गर्दछु । त्यसैगरि मेरो व्यक्तित्वलाई उच्च बनाई, क्यारियरलाई शुभकामना प्रदान गर्दै हाम्रो अनुरोधलाई सहस्र स्विकारी यस चलचित्रमा अभिनय गरिदिनुहुने मेरो मुटुको ढुकढुकी हामी सवैको प्रेरणा महका मं अर्थात Madankrishna Shrestha दाजुको गुण मं सदासर्वदा शिरोपर गरि राख्नेछु, कहिल्यै विर्सिनैछैन, भाई प्रतिको मायां दर्शाईदिनुभएकोमा । साथै दाजुको सुस्वास्थ्य र शुखमय जिवनकोलागी भगवानसंग प्रार्थना समेत गर्दछु । लक्का जवानको पहिलो गीत (Title song) सार्वजनिक गर्दै हौसलाको अपेक्षा पनि राखेकाछौं । जय लक्का जवान जय दर्शक महानुभाव । जय वगलामुखी आमा । जय माघे संक्रान्ती २०७६ । "
Image may contain: text
Image may contain: 3 people, including Kiran KC and Shivahari Paudyal, people smiling, outdoor
                        Image may contain: Shivahari Paudyal

Image may contain: 5 people, people smiling, people standing and indoor
Image may contain: 9 people, people smiling, people standing and indoor
Image may contain: 9 people, including Shivahari Paudyal, people smiling

Image may contain: 2 people, including Kiran KC, people standing
Image may contain: 10 people, including Deepa Shree Niraula, Shivahari Paudyal and Kiran KC, people standing and shoes
Image may contain: 3 people, people smiling, people standing

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक