20200201

जता हेर्नुस चलिरहेको छ लुटै लुटतन्त्र !!!

Image may contain: Ram Prasad Khanal- रामप्रसाद खनाल 
डिभोर्स गर्ने मान्छे खोज्दै, बोक्दै, र हाईलाईट गर्दै हिडने पत्रकार !
खाम, दाम र स्त्रीलिङ्ग खोज्दै र बोक्दै हिडने पत्रकार !!
दारु र भारु भए पुग्ने बुद्धिजिबी, लेखक, साहित्यकार !
नेताका बेडरुममै पुगेर पद हत्याउने महान कलाकार !!
न्याय निशाफ नदिने न्यायालय र न्यायाधीश !
पैसा पाए चोर, डाँका, भ्रस्टका पक्षमा पनि बहस गर्ने वकिल !!
स्कूल क्यापसमै राजनीति ओकल्ने गुरु !
पढ्न भनेर जाने सढ्न राजनीति गर्ने विद्यार्थी !!
बन्द हडताल गर्ने डाक्टर र नर्स !
जनता र देश लुट्ने लुटाहा नेता !!
अपराधीका सरदारहरुलाई पालै पालो बोक्ने दाशहरु !!
जिबन भर राष्ट्रघात, मर्ने बेला खोल ओढ्ने राष्ट्रबाद
समाजलाई उल्टो सिकाउने अभिनेता !
पार्टी र नेतालाई गाली गरुन्जेल गर्ने
अनी तिनैलाई भोट हालेर जिताउने जनता !!
चोरी डकैतिमा आफै सामेल हुने पुलिश !
राजनीतिमा तानिने, नेताको दैलोमा हानिने सेना !!
पियनले जियम थर्काउने कर्मचारी यन्त्र !
पैसा पाए आफ्नो धर्म, कर्म जे पनि छोड्ने मन्त्र !!
यस्तै यस्तै हुँदै चलिरहेको छ देशमा लुटतन्त्र !
सक्नेलाई जे गरे पनि छूटतन्त्र
नसक्नेलाई जहाँ जे मा पनि भुटतन्त्र !!
जता हेर्नुस चलिरहेको छ लुटै लुटतन्त्र !!!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक