20200204

देख्न यत्ति मात्र बाँकी थियो यो पनि देखियो !

Image may contain: 10 people, people smiling, people on stageदेख्न यत्ति मात्र बाँकी थियो यो पनि देखियो ! अब मरियो भने पनि कुनै घिड्किसो बाँकी नरहने भयो । बरु अर्का कार्यकारी अध्यक्ष कता बसेर ढोल पिट्दै हुनुहुन्छ वा बाँसुरी बजाउँदै हुनुहुन्छ कुन्नी ? त्यो पनि देखाएका भए राम्रै हुन्थ्यो ! अरु मन्त्री र साँसदलाई छक्का नाच नचाएको भए अझ बेश हुन्थ्यो यहाँ ।


कोरोना भाईरसको आतंकले सयौं मानिस चाइनामा उध्दार नपाएर रुँदै बन्द कोठाभित्रबाट गुहार माग्दैछन तर सरकार त्यो रुवाई सुन्दैन ।

धुर्मुस र सुन्तली बिचरा हास्यब्यङ्ग छाडेर, खाई नखाई बिकास निर्माण, रङ्गशाला निर्माणमा अहोरात्र खट्ने त्यो पनि महायज्ञ गरेर र सहयोग उठाएर तर प्रधानमन्त्री र नेताहरु बाँसुरी र सारङ्गी बजाएर हाँस्दै मजाक गर्दै .... ।

अब हामी गायक गायिका, बाद्यबादकहरुको पनि औचित्य सकिए जस्तै छ ।
यसै सन्दर्भमा लोकप्रिय गायक राज सिग्देल भाईले मेरो एउटा स्टाटसमा कम्मेन्ट गर्दै भन्नुभएको एउटा कुरा याद आयो - "दाई यो देश, देश होइन, बजार हो !"

तपाईंलाई कस्तो लाग्छ कुन्नी !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक