
फेब्रुवरी २९, २०२० शनिवारको दिन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आईएस) बैठक निम्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।
१. बैठकले कुवेतमा काम गर्दा गर्दै बालुवाले पुरिएर मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जिलि व्यक्त गरेको छ । साथै गम्भिर घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत बैठकले गरेको छ । बैठकले मृतकहरु र घाईतेहरुको उचित क्षतिपूर्ती दिलाउनका साथै मृतकका शब यथाशिघ्र नेपाल पठाउनको लागि पहल गर्न नेपाल सरकार संग माग गरेको छ । दुर्घटनामा परि मृत्यु भएका परिवार र गम्भिर घाईते भएका नेपालीहरुको लागि अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुले सहयोग स्वरुप जनही रु. १ लाख प्रदान गर्ने निर्णय बैठकमा गरिएको छ ।
२. संघको केन्द्रिय कार्यालय रहेको बालुवाटारको घरजग्गा सम्बन्धि विवाद मिलाउन कानुनी लगायत अन्य पहल भईरहेको र विश्वभरीका एनआरएनए सदस्यहरुको सहयोग तथा लगानी खेर जान नदिन आवश्यक छलफल र पहल भईरहेको जानकारी बैठकमा गराईएको थियो । यस सम्बन्धमा अध्ययन गर्न बनेको समितिलाई सकेसम्म छिटो अध्ययन प्रतिवेदन पेश गर्न बैठकले अनुरोध गरेको छ ।
३. यस कार्यकालका लागि गठन हुने विभिन्न समितिहरुलाई १५ दिन भित्र पुर्णता दिने निर्णय बैठकले गरेको छ ।
४. गोरखा जिल्लाको भिमसेन थापा गाउंपालिका वडा नम्वर ५ बगुवामा बन्दै गरेको एकीकृत मिलन नमूना वस्तीलाई गैरआवासीय नेपाली संघले करीव ३० लाख बराबरको जस्तापाता उपलब्ध गराएकोमा नमूना वस्तीको निर्माण कार्य अघि बढ्न लागेकोमा बैठकले खुशी जाहेर गरेको छ ।
५. दोश्रो पुस्ता (Second Generation) का एनआरएनहरुलाई नेपाल संग जोड्न र उनीहरुलाई सामाजिक तथा सांस्कृतिक रुपमा आबद्ध राखी मातृभूमी प्रति जिम्मेवारी बोध गराउन सो सम्बन्धी एउटा छुट्टै समिति बनाउने र गैरआवासीय नेपालीहरुलाई आफू बसेको मुलुकमा समेत राजनैतिक र सांस्कृतिक रुपमा सक्रिय बनाउन बैठकले एक वेग्लै समिति बनाउने निर्णय पनि गरेको छ ।
६. नेपालका दुर्गम वस्तीका छात्राहरुको शौचालय निर्माणको सहयोगको लागि मार्च ८ तारिखका दिन काठमाडौंमा गर्न लागिएको च्यारिटि डिनर कार्यक्रममा सहयोग गर्न सबै एनसिसिहरुलाई बैठकले अनुरोध गरेको छ ।
७. विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाईरसबाट बच्न उच्च शतर्कता अपनाउन सबैलाई अपिल समेत बैठकले गरेको छ ।
डि.बि क्षेत्री
प्रवक्ता
आइसिसि एनआरएनए
मिति : १ मार्च २०२०
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक