20200324

यस्तो अमानबिय काम तुरुन्त बन्द गर । यो त अति भो !



रोजगारीका लागि भारत गएका केही नेपालीहरु कोरोना भाईरस आतंक पछि अत्तालिंदै आफ्नो घर फर्किँदै गर्दा नेपालका सीमा क्षेत्रहरुमा रोक्ने, लाठीचार्ज गर्ने, बिचल्लीमा पार्ने काम अत्यन्त अमानबिय, क्रुर र खेदजनक छ । लकडाउन होस या कर्फ्यु वा जे सुकै होस कुनै पनि नागरिक आफ्नो घर फर्किन पाउँछन्, आफ्नो देश फर्किन पाउँछन् त्यो अन्तरराष्ट्रिय मानबिय सिध्दान्त हो । मानबाधिकार हो । नेपाल सरकारले त्यस्तो मा गर्नुपर्ने के थियो भने ठीक छ तपाईं आउनुभयो तर कोरोनाको यस्तो प्रकोप छ त्यसैले तपाईंहरु सरकारले तोकेको क्वारेन्टाइन मा वा आइसोलेशनमा बस्नु पर्दछ । ति नबुझ्नेका सोझासाझा, अशिक्षित र कोरोनाको त्रासले आतँकितहरुलाई  यदी यस्तो अवस्थामा तपाईं घर जानुहुन्छ भने तपाईं मात्र होइन तपाईंको परिवारकै सदस्यलाई, समाजलाई खतरा हुन्छ भनेर राम्ररी सम्झाएर बुझाएर राख्नुपर्ने थियो, नमान्नेलाई नियमानुसार कार्वाही गर्नुपर्ने थियो तर प्रहरी प्रशासन रोक्नका लागि लाठीचार्ज र दमनमा उत्रेको देख्दा अत्यन्त दु:ख लाग्यो । यस्तो संसारमा कही पनि हुन्न । अहिले सँसारका १९४ देशमा कोरोना आतंक छ, तर लक डाउन देखी कर्फ्यु सम्म लगाएका कुनै पनि देशले आफ्नो देशको नागरिकलाई प्रबेश गर्न बन्देज लगाएको छैन, र लगाउन पनि पाइन्न । नेपाल सरकार यस्तो अमानबिय काम तुरुन्त बन्द गर । यो त अति भो !
यो समाचार तयार पार्दा पार्दै प्राप्त पछिल्लो समाचार अनुसार लकडाउनका कारण सीमामा अलपत्र परेकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल आउन दिने निर्णय गरेछ । यो स्वागतयोग्य छ तर अन्तरराष्ट्रिय मानबिय सिध्दान्त अनुसार कुनै पनि नागरिकलाई आफ्नो देश प्रबेश गर्न दिन्न भन्न पाइन्न सरकारलाई चेतना भया । 
                                                          Image may contain: 5 people, crowd and text
Image may contain: one or more people, crowd and outdoor

कोरोना महामारीकै अर्को युद्ध मैदान अमेरिकाबाट नेपाल र नेपालीहरुको नाममा !


Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक