20200328

फुर्ती नगर मान्छेहरू !

Image may contain: Ram Prasad Khanalएउटा सानो पाजी भाइरस
जसलाई हेर्न माइक्रोस्कोप चाहिन्छ
त्यस्तो फिस्टे भाइरसले
संसार हावा कावा पार्न सक्ने
छिन भरमै मान्छे खार्न सक्ने
जो कसैलाई पनि
कुनै पनि बेला मार्न सक्ने
मै हुँ भन्नेलाई गलाउन सक्ने
थाहै नदिएर थलाउन सक्ने
राजा, युवराज नभन्ने
प्रधानमन्त्री, नेता, कसैलाई नगन्ने
उ,
आज संसार छाएको छ
प्राथमिकता पाएको छ
हामी मान्छे,
ठुला भएर के नापियो ?
देख्न सक्ने भएर के नापियो ?
आखिर मन्दिर, मस्जिद र चर्चहरूमा
घुँडा टेकेर प्रार्थना गर्नै पर्ने रहेछ !
त्यसैले फुर्ती नगर मान्छेहरू !
घमन्ड नगर तिम्रो पद, पैसो र शक्तिमा
किनकि नदेखिने भाइरस
तिमी भन्दा कयौँ गुणा शक्तिशाली रहेछ
छिन भरमै तिमीलाई उडाउन सक्दो रहेछ
तिम्रो धन दौलतले भरिपूर्ण सहरबाट
तिमीलाईनै आतङ्कित बनाउँदै
तिमीलेनै उजाड बनाएका
ती गाउँ घर र बस्तीहरूमा
कुँदाउन सक्ने रहेछ !
हेर त त्यो नदेखिने भाइरस,
तिमी भन्दा कति शक्तिशाली रहेछ !
त्यसैले छोडिदेऊ तिम्रो र मेरो भनेर मरीहत्ते गर्न
तोडिदेऊ तिम्रा घमन्ड र आशक्तिहरू
किन कि,
तिमी नदेखिने भाइरस भन्दा पनि कमजोर छौ !
कति हो कति कमजोर छौ
फुर्ती गर्दै नगर
घमन्ड गर्दै नगर
मर्दिन भन्ने भ्रममा पर्दै नपर !
बरु सक्छौ भन्ने पुण्य काम गर
असल बन्ने प्रयास गर !

- रामप्रसाद खनाल, भर्जिनिया अमेरिका, मार्च २८, २०२०

Related news links:

अमेरिका कोरोना भाइरस प्रभावितमा पनि नम्बर वान देश, एक लाख पाँच हजार जनामा कोरोना भाइरस सङ्क्रमण, एक हजार सात सय आठको ज्यान गयो !

*********


*********


गीतहरु शुरु गर्नुभन्दा पहिला म र मेरी श्रीमती दुबै तपाईं हामी सबैको सुस्वास्थ्यका लागि, कोरोना भाईरस आतंकको अन्त्यका लागि भगवान सँग प्रार्थना गर्दछौं      

                                FOR MORE SONGS AND VIDEOS PLEASE CLICK THIS LINK BELOW:
HTTPS://WWW.YOUTUBE.COM/USER/RAMPDKHANAL/VIDEOS?VIEW=0&SORT=P&FLOW=GRID&VIEW_AS=SUBSCRIBER



Go to Home Page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक