20200414

नेपालमा पनि सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय

Modi extends world's largest lockdown as coronavirus cases surpass 10,000
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनको अबधी लम्ब्याउने घोषणा गरे लगत्तै हालसम्म १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको नेपालमा पनि सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको छ । कोरोना
भाइरसको संक्रमण रोकथामका लागि भन्‍दै सरकारले चैत ११ देखि लकडाउन गरेकाे हाे । सुरुमा एक हप्ताका लागि गरिएको लकडाउन बढाउँदै वैशाख ३ गतेसम्म कायम राखिएको थियो । लकडाउनको समयमा खाद्यवस्तु किन्न र आकस्मिक कामले अस्पताल जान दिने तर अन्य कामका लागि बाहिर निस्कन प्रहरीले रोक्ने गरेको छ । पछिल्लो समय मंगलबार काठमाडौं पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक