20200403

अमेरिकामा ६१०० जनाको, संसारभर ५४,४६३ को कोरोना भाईरसका कारण ज्यान गयो, त्रासको अवस्था !

अमेरिका लगायतका देशहरुमा बाहिर देशबाट पढ्न आएका विद्यार्थीहरुको अवस्था चौपट
Harvard expert says coronavirus likely now 'gathering steam ...Breaking News
अमेरिकामा मात्र अहिले सम्म ६१०० जनाको कोरोनाले ज्यान लिइसकेको छ भने २४५,४४२ मा पोजिटिभ देखिएको छ । १०,४११ लाई निको भएको पनि छ । यसैगरी संसार भर यो पङ्ती लेख्दा सम्म ५४,४६३ को कोरोना भाईरसका कारण ज्यान गैसकेको छ । १,०३४,०९८ लाई कोरोना पोजिटिभ देखिएको छ भने २२०,०२३ लाई निको भएको रेकर्ड सार्वजनिक भैसकेको छ ।

अमेरिकामा मात्र एक लाख देखी दुई लाख चालिस हजार सम्मको ज्यान जानसक्ने अनुमान गरिएको छ भने संसार भर के हुन्छ ? त्रासको अवस्था छ । संसारभर कोरोना आतंक छाएको छ । कैयौं देशहरु लक डाउनमा छन भने कैयौं देशहरुमा मानिसहरुलाइ घर भित्रै बस्न आग्रह गरिएको छ ।
कोरोनाका कारण अर्थतन्त्र धराशायी बन्दै गैरहेकोछ भने संसार भर बेरोजगारी समस्या व्हात्तै बढेको छ । अमेरिकामा पनि बेरोजगारहरुको सँख्या करिब सात मिलियन पुगेको छ ।

अमेरिका लगायतका देशहरुमा बाहिर देशबाट पढ्न आएका विद्यार्थीहरुको अवस्था चौपट बनेको छ । बाहिरी देशबाट आएका विद्यार्थीहरुले न त नागरिक सरह सरकारी राहत पाउँछन् न त उपचार । पार्ट टाइम काम गरेर जिबिको चलाऊने र कलेजको फि चलाउनेहरुको बिजोग हुन थालेका समाचार आउन थालेका छन ।


नेपालमा हाल सम्म ६ जनामा कोरोना भाईरस पोजिटिभ देखिएको छ भने सरकारले कसैको मृत्‍यु नभएको बताइरहँदा मान्छेहरु भने भटाभट मर्न थालेको समाचार आइरहेको छ । तर मान्छेहरुमा कोरोना भाईरसका लक्षण देखिए निजी अस्पतालले लिँदै नलिने र टेकुमा पठाइएका बिरामीको टेस्ट धेरैजसो नेगेटिभ भन्दै गर्दा जनमानस मा अबिश्वास बढ्दै गैरहेको देखिन्छ ।             

यसै बिच अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भिजिट भिसा र विद्यार्थी भिसामा अस्ट्रेलियामा रहेका विदेशीहरुलाई आ–आफ्नो देश फर्किने बेला भएको बताएका छन् । आज मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्री मोरिनले विभिन्न भिसा लिएर अस्ट्रेलियामा रहेका र आफ्नो सुरक्षा गर्न नसक्ने विदेशीहरुको लागि आफ्नो देश फर्कने विकल्प रहेको बताएका हुन् ।

‘अस्ट्रेलियाले आफ्ना नागरिक र यहाँका स्थायी बासिन्दामा बढी ध्यान केन्द्रित गर्नुपर्ने भएको छ ताकि उनीहरुलाई दिइने आर्थिक सहायता बढाउन सकियोस्’ उनले भने । प्रधानमन्त्री मोरिसनले ‘क्रिटिकल स्किल’ भएकाहरुका लागि भने यो लागू नहुने बताएका छन् । ‘अस्ट्रेलियामा रहेका ती विदेशीहरु जो डाक्टर वा नर्स हुन्, अथवा जोसँग विशेष क्षमता छ जसले हामीलाई यो महामारीको बेला सहयोग गर्न सक्छ, उनीहरुको हकमा भने यहाँ अवसर हुनेछ’ प्रधानमन्त्री मोरिसनले थपे ।

एबीसी डटनेटका अनुसार प्रधानमन्त्रीले आफ्नो प्राथमिकता अस्ट्रेलियाली नागरिक र स्थायी वासिन्दामा केन्द्रित हुने प्रस्ट पारेका छन् । मोरिसनले अझै पनि भिजिट भिसामा आएका मानिसहरु ठूलो संख्यामा अस्ट्रेलियामै रहेको बताए । अहिले अस्ट्रेलियामा रहेका विदेशी विद्यार्थीहरुले संघीय सरकारको ‘जबसिकर पेमेन्ट’ सुविधा पाइरहेका छैनन् । यही बीचमा उनीहरुले अस्ट्रेलियाका नागरिक र स्थायी वासिन्दाले पाउने आर्थिक सुरक्षाको सुविधा पनि नपाएरै कोरोनाभाइरसको महामारीसँग जुधिरहनु परेको छ ।

अस्ट्रेलियामा ५ लाख भन्दा धेरै विदेशी विद्यार्थीहरु अध्ययनरत छन् । सिड्नी मर्निङ हेराल्डका अनुसार गएको अक्टोबरमा मात्र यहाँ ५२ हजार नेपालीहरुले विद्यार्थी भिसामा अध्ययन गरिरहेका थिए । विद्यार्थीबाहेक अन्य समेत गर्दा यहाँ लाखौंको संख्यामा नेपालीहरु छन् । यद्यपि प्रधानमन्त्रीको अहिलेको निर्णय सबै नेपालीको हकमा भने लागू हुँदैन । अस्ट्रेलियामा स्थायी बसोवास अनुमति पाइसकेका नेपाली यसबाट प्रभावित हुँदैनन् । तर, विद्यार्थी भिसा र भिजिट भिसामा रहेका नेपालीहरु भने यसबाट प्रभावित हुनेछन् ।

   यस्तो छ संसार भरी कोरोना माहामारीको असर 
     

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक